फुर्सद

अब साइकल चढेर राराको रौनक

कर्णाली प्रदेश सरकारले देशको सबैभन्दा ठूलो ‘रारा ताल’ आसपास क्षेत्रमा साइकल मार्ग निर्माण गर्ने भएको छ । रारा तालमा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेसँगै उनीहरूलाई भ्रमणमा सहजता ल्याउन उक्त मार्गको परियोजना ल्याइएको छ । साइकल मार्ग निर्माण भएपछि रारालाई साइकलबाट परिक्रमा गरी पर्यटकले त्यहाँको मनमोहक दृश्यलाई अवलोकन गर्न सक्नेछन् । रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने यस क्षेत्रको लम्बाइ पाँच किलोमिटर र चौडाइ तीन किलोमिटर छ । यही क्षेत्रफललाई… पुरा पढौ

किन भइन चर्चित गायिका विष्णु माझी “जेल चलान” हेर्नुहोस( भिडियो सहित)

वियोगान्त गीतहरु बजारमा कम मात्रामा लोकदोहोरी क्षेत्रमा आइरहेको अवस्थामा वियोगान्त भावका शब्दहरुलाई समेटेर मेसना डिजिटल प्रालीको प्रस्तुतीमा गायिका विष्णु माझी र विक्रम क्षेत्रीको आवाजमा रहेको गीत “ जेल चलान ” गीतको भिडियो बजारमा आएको छ । आफनी प्रेमिकाबाट विछोडिनु पर्दाको कारुर्णिक अवस्थालाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । मायाको अभावबाट नै गायिका विष्णु माझी प्रेमी प्रति असन्तुष्ट भएकी छन । विक्रम थापाको शब्द सिर्जना तथा महेन्द्र भण्डारीको लय सिर्जना गीतमा… पुरा पढौ

गर्भैबाट संगीत बोकेर आएको छु : विक्रम बराल

संगीत अनुरागीमा मात्र होइन, सबै नेपालीबीच नेपाल आइडलको चर्चा छ । एपीवान टिभीबाट सञ्चालन भएको नेपाल आइडल ४ प्रतिश्पर्धीमध्ये एक विक्रम बरालको चर्चा पनि कम छैन । शनिबार गृहनगर पोखरामा विक्रमलाई भव्य स्वागत गरियो । ‘आमाको सपना र बुबाको आशीर्वाद सफल हुनलाई यहाँहरुको साथ सहयोग भए पुग्छ,’ बरालले आत्मविश्वासका साथ भने, ‘मैले आमाको गर्भबाटै संगीत बोकेर आएको हुँ । राम्रो दिने कोशिस सदैव गर्नेछु । तर साथ हजुरहरुको चाहिन्छ है… पुरा पढौ

मेक्सिकन भनिसा मिस वल्र्ड २०१८

मेक्सिकोले यस वर्षको मिस वल्ड उपाधि जितेको छ । मेक्सिकोकी भनिसा पोन्सले उपाधि जितेकी हुन् । चीनको सान्य सहरमा भएको प्रतियोगितामा २६ वर्षिया मिस मेक्सिको भनिसा भोटमा थाइल्यान्डभन्दा पछि परेपनि निर्णायकको मन जित्दै विजेता बनेकी हुन् । मिस थाइल्यान्ड रनर अप भइन् । मिस नेपाल श्रृखला खतिवडा मिस वल्र्ड टप १२ बाट बाहिरिएकी छिन् । ‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो भएर उनी फाइनलमा पुगेकी थिइन् । नेपाली मिस वल्र्डमा सहभागी भएर… पुरा पढौ

श्रृखला मिस वर्ल्डको टप १२ मा

चीनमा जारी मिसवर्ल्ड फाइनलमा श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ मा परेकी छन् । एसियाबाट श्रृखलासँगै न्यूजिल्याण्ड र थाइल्याण्डकी सुन्दरी परेकी छन् । भारत र चीनकी सुन्दरी भने टप १२ मा परिनन् । पुरा पढौ

प्रदीप ‘कबड्डी’ निर्देशकको फिल्म गर्दै

यस वर्ष प्रदर्शनमा आएको फिल्म 'रोज' बक्सअफिसमा असफल भएपछि अहिले अभिनेता प्रदीप खड्का निर्देशक छनौटमा गम्भीर देखिन थालेका छन् । निर्देशकका कारण 'रोज' कमजोर भएको चौतर्फी आलोचना पश्चात् उनी अहिले गिनेचुनेका निर्देशकको फिल्म भटाभट साइन गरिरहेका छन् ।   भेट्रान निर्देशक उज्जवल घिमिरेसँग फिल्म 'लभ स्टेशन' गरिसकेका उनी लभस्टोरी फिल्म बनाउन माहिर मानिने हेमराज विसीको अनटाइटल प्रोजेक्टमा अनुबन्ध भइसकेका छन् । यसमा उनको अपोजिटमा अभिनेत्री साम्राज्ञी आरएल शाह हुनेछिन् । जेठबाट… पुरा पढौ

राज सागर र अन्जु श्रेष्ठको आधुनिक गीत आँखा बन्द सार्वजनिक

गायक राज सागर र गायिका अन्जु श्रेष्ठको आधुनिक गीत आँखा बन्द सार्वजनिक भएको छ । लामो समय देखी नेपाली संगीतमा सहकार्य गरिरहेको यो जोडीको आँखा बन्द राजधानिको दरवारमार्ग स्थित किङ्स वय गार्डेन रेस्टुरेण्टमा एक कार्यक्रमको आयोजना गरि भिडियो सहित सार्वजनिक गरिएको हो ।राज सागरको संगीत र स्वर रहेको यस गीतलाई गायिका अन्जु श्रेष्ठले लेखेकी हुन् । राज सागरको जन्मदिनमा गायिका तथा यस गीतकी गीतकार अन्जु श्रेष्ठले उपहार स्वरुप यो गीत… पुरा पढौ

श्रृङखलाले भित्राउँलिन् मिस वर्ल्ड उपाधी

नेपाललाई मिस वर्ल्डको उपाधी जिताउँन भोट गरौँ चीनमा जारी मिस वर्ल्ड २०१८ को प्रतिष्पर्धामा रहेकी मिस नेपाल श्रृङखला खतिवडाले मल्टिमिडिया र व्युटी विथ प्रपोजको अवार्ड जितेसंगै उनको चर्चा एकाएक चुलिएको छ । मल्टिमिडिया अवार्ड जितेसंगै फाईनलमा प्रबेश गरेकी उनले मिस वर्ल्डकै उपाधी सरह मानिने व्युटी विथ प्रपोजको अवार्ड पनि जितेपछि उनी विश्वभर चर्चित बनिन् । उनलाई साथ र समर्थन नेपालीबाट मात्र होईन बंगलादेश , फिलिपिन्स , मलेसिया जस्ता राष्ट्रहरुबाट पनि… पुरा पढौ

सिडी विजयलाई सहयोग गरौं

भ्वाइस अफ नेपाल गायन विधाको रियालिटी सोमा पोखराका सिडी विजय अधिकारी सेमी फाइनल पुगेका छन् । कान्तिपुर टेलिभिजनबाट शनिबार र आइतबार बेलुका प्रसारण हुने सोमा लोकगीत तथा आधुनिक गीतमा उत्कृष्त क्षमता प्रदर्शन गर्दै उनी सेमी फाइनलमा प्रवेश गरेका हुन् । सिडी विजय अधिकारी सहयोग समिति पोखराका संयोजक पद्मराज ढकालले कला र गलाको सम्मानमा अधिकारीलाई भोट दिएर सहयोग गर्न अनुरोध गरेका छन् । २ सय भन्दा बढी गीतमा स्वर दिइसकेका अधिकारी… पुरा पढौ

नायिका सोनालीको क्यान्सर उपचार

बलिउडका प्रख्यात कलाकार सोनाली बेन्ड्रे अमेरिकमा क्यान्सरको उपचारपछि घर फकिएकी छन् । उनी सोमबार विहान सबेरै मुम्बाई फर्किएकी हुन् । सोनालीको स्वास्थ्यमा राम्रो सुधारपछि न्युर्योकबाट मुम्बाई फर्र्र्किएको उनका श्रीमान् गोल्डी बेहलले बताए । सोनालीको स्वास्थ्यमा राम्रो सुधार भएको र अव थप उपचारको लागि न्युर्योक जानु नपर्ने बेहलको भनाइ छ । अव सोनालीको उपचार पूरा भएको र अब उनी पूर्णरुपमा स्वास्थ्य भएकी बेहलले बताए । अरु विरामीले जस्तो उनको पनि नियमित… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं