सिडी विजयलाई सहयोग गरौं

भ्वाइस अफ नेपाल गायन विधाको रियालिटी सोमा पोखराका सिडी विजय अधिकारी सेमी फाइनल पुगेका छन् ।

कान्तिपुर टेलिभिजनबाट शनिबार र आइतबार बेलुका प्रसारण हुने सोमा लोकगीत तथा आधुनिक गीतमा उत्कृष्त क्षमता प्रदर्शन गर्दै उनी सेमी फाइनलमा प्रवेश गरेका हुन् ।

सिडी विजय अधिकारी सहयोग समिति पोखराका संयोजक पद्मराज ढकालले कला र गलाको सम्मानमा अधिकारीलाई भोट दिएर सहयोग गर्न अनुरोध गरेका छन् ।

२ सय भन्दा बढी गीतमा स्वर दिइसकेका अधिकारी यसअघि पृथ्वीनारायण क्याम्पसको स्वर्ण महोत्सवको अवसरमा आयोजित गायन प्रतियोगितामा प्रथम भई पिएनसी आइडल, विग एफएमको गायन प्रतियोगितामा विग आइकनको उपविजेता बनेका थिए ।