![](https://nepaldut.com/wp-content/uploads/2018/12/Miss_World_2018_winner.jpg)
मेक्सिकोले यस वर्षको मिस वल्ड उपाधि जितेको छ । मेक्सिकोकी भनिसा पोन्सले उपाधि जितेकी हुन् ।
चीनको सान्य सहरमा भएको प्रतियोगितामा २६ वर्षिया मिस मेक्सिको भनिसा भोटमा थाइल्यान्डभन्दा पछि परेपनि निर्णायकको मन जित्दै विजेता बनेकी हुन् ।
मिस थाइल्यान्ड रनर अप भइन् ।
मिस नेपाल श्रृखला खतिवडा मिस वल्र्ड टप १२ बाट बाहिरिएकी छिन् । ‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो भएर उनी फाइनलमा पुगेकी थिइन् ।
नेपाली मिस वल्र्डमा सहभागी भएर उत्कृष्ट १२ मा पर्न सफल भएको यो पहिलो पटक हो ।