श्रृङखलाले भित्राउँलिन् मिस वर्ल्ड उपाधी

नेपाललाई मिस वर्ल्डको उपाधी जिताउँन भोट गरौँ

चीनमा जारी मिस वर्ल्ड २०१८ को प्रतिष्पर्धामा रहेकी मिस नेपाल श्रृङखला खतिवडाले मल्टिमिडिया र व्युटी विथ प्रपोजको अवार्ड जितेसंगै उनको चर्चा एकाएक चुलिएको छ । मल्टिमिडिया अवार्ड जितेसंगै फाईनलमा प्रबेश गरेकी उनले मिस वर्ल्डकै उपाधी सरह मानिने व्युटी विथ प्रपोजको अवार्ड पनि जितेपछि उनी विश्वभर चर्चित बनिन् ।

उनलाई साथ र समर्थन नेपालीबाट मात्र होईन बंगलादेश , फिलिपिन्स , मलेसिया जस्ता राष्ट्रहरुबाट पनि मिलिरहेको छ । विश्वभरीका सुन्दरी प्रतियोगिताका प्रेडिक्टरहरुको नजरमा पनि श्रृङखला परेपछि उनलाई यस पटक दावेदारकै रुपमा हेरिएको छ । उपाधी जित्नका लागि पनि श्रृङखला निकै उत्साहित छिन् ।

छोरीको साथ र समर्थनका लागि उनको परिवार अस्ती नै चीन प्रस्थान गरिसकेका छन् । छोरीले मिस वल्र्डको उपाधी जित्न सक्नेमा उनीहरु आश्वस्त देखिन्छन् । श्रृङखलाको आमा बुवा विरोध खतिवडा र आमा मनु सिग्देल दुवै नेकपाका सांसद हुन् । पेशाले इन्जिनियर श्रृङखलाको उदेश्य भने नेपालकै पहिलो प्रधानमन्त्री बन्नेछ ।

राजनितीक पृष्ठभुमिकै कारण पनि उनीमा यस्तो सपना बोकेकी हुन् । उता मिस वल्र्डको उपाधी जित्ने पनि उनको सपना बनेको छ । जसको प्रतिष्पर्धा उनले निरन्तर गरिरहेकीछिन् । मिस वर्ल्डको अन्तिम फाईनल भोली अर्था डिसेम्बर ८ मा हुँदैछ । जसका लागि श्रृङखलालाई भोटको खाँचो छ ।  उनले मिस वर्ल्डको उपाधी जितेको हेर्न चाहाने नेपालीहरु धेरै छन् अब हेरौँ श्रृङखलालाई समय र भाग्यले कत्तिको साथ दिन्छ ।