फुर्सद

सगरमाथा म्युजिक अवार्ड २०७५ सम्पन्न

“नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुल नाराको साथ  सगरमाथा म्युजिक अवार्ड २०७५ भब्य रुपमा सम्पन्न भएको छ । रेस्पोन्सिभ मिडियाको आयोजनामा मंसिर ३ गते राजधानी स्थित नेपाल सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा सम्पन्न अवार्ड कार्यक्रममा कला संगीत एवम सामाजिक क्षेत्रका दिग्गज व्यक्तित्वहरुको सहभागिता रहेको थियो । अवार्ड कार्यक्रमको उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सगरमाथाको नामबाट सुरुवात भएको अवार्डले नेपालको… पुरा पढौ

फेवा किनारमा नेपाल लिटरेचर फेस्टिभल

बुकवर्म फाउन्डेसनले आयोजना गर्दै आएको साहित्य सम्मेलनको सातौं संस्करण पुस ७ देखि १० गतेसम्म पोखरामा हुने भएको छ । ‘आइएमइ नेपाल लिटरचेर फेस्टिभल’मा विभिन्न देशका ख्यातिप्राप्त लेखक, साहित्यकार आउँदै छन् । सम्मेलनबारे जानकारी दिन काठमाडौंमा भएको पत्रकार सम्मेलनमा आइएमइका प्रबन्ध निर्देशक हेमराज ढकाल र आइएमइ लिमिटेडका कार्यकारी प्रमुख सुमन पोखरेलले सम्मेलनमा जोडिन पाउँदा आफूहरू हर्षित रहेको बताए । लेखकले पाठक भेट्ने र पाठकले आफ्नो मनपर्ने लेखक भेट्ने अवसर वरिष्ठ साहित्यकार… पुरा पढौ

लोकल सिनेमाद्वारा ६ फिल्मको घोषणा, कथा ७२ मंसिर २८ देखि

लोकल सिनेमाले ६ वटा फिल्मसहित कम्पनी सुरुवातको औपचारिक घोषणासँगै आफ्नो पहिलो फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ । लोकल सिनेमा ब्यानरमा बनेको ‘कथा ७२’ आउँदो मंसिर २८ गतेदेखि देशैभर प्रदर्शन हुने भएको छ । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा छनौट भई सहभागी भइसकेको फिल्म ‘कथा ७२’ आउँदो मंसिर २१ देखि सुरु हुने काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा नेपाल प्रिमियर हुँदैछ । त्यसलगतै मंसिर २८ देखि नेपाली फिल्म हलहरुमा प्रदर्शन… पुरा पढौ

दुधौलीमा दनुवार सांस्कृतिक महोत्सव

जिल्लाको दुधौली नगरपालिकामा नेपालमै पहिलोपटक दनुवार सांस्कृतिक महोत्सवको आयोजना हुनेभएको छ । मङ्सिर ३ गते नगरपालिका–६ हर्षाहीमा महोत्सवको आयोजना गरिने भएको हो । दनुवार जागरण समितिको दोस्रो जिल्ला अधिवेशन तथा सांस्कृतिक महोत्वसको आयोजना गर्न लागिएको समितिका जिल्ला अध्यक्ष विषमलाल अधिकारी दनुवारले जानकारी दिए । दनुवार समुदायको महानपर्व बड्की एकादशी (हरिबोधिनी एकादशी)को अवसर पारेर अधिवेशन तथा सांस्कृतिक महोत्वसको आयोजना गर्न लागिएको हो । यस क्षेत्रमा निकट भविष्यमै दनुवार सङ्ग्रहालय बनाउने योजना… पुरा पढौ

पोखरा थियटरमा अमेरिकन नाटक

शुक्रबार अमेरिकन नाटक ‘अ प्लेस इन माई हर्ट’ गन्धर्व नाटकघरमा मञ्चन सुरु भएको छ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रबारबाट मञ्चन सुरु भएको नाटकका निर्देशक रिर्चाड क्लोरीमोन्ट हुन् । माइम फर्मेटको नाटकलाई उत्कृष्ट बनाउन कलाकारले गरेको मेहनेत तारिफ योग्य भएको थिएटर सञ्चालक दीलप्रसाद गुरुङले बताए । नाटक हरेक साँझ ५ बजे नियमित सो र शनिबार दिउँसो १ बजे अतिरिक्त सो पनि मञ्चन हुनेछ । नाटकमा पोखराको प्रचारप्रसार गर्ने माध्यम कविता,… पुरा पढौ

‘समर लभ’को फर्स्टलुक पोस्टर सार्बजनिक

सुबिन भट्टराई द्वारा लिखीत चर्चित उपन्यास ‘समर लभ’ मा आधारित फिल्म ‘समर लभ’ को प्रदर्शन मिति निर्धारण भएको छ । निर्माण टीमले छायांकनमा निस्केको झन्डै १ बर्ष पछि ५ ओटा फर्स्टलुक पोस्टर सार्बजनिक गर्दै माघ २५ लाई प्रदर्शन मिति तय गरेको हो । भ्यालेन्टाईन डे अर्थात प्रेम दिवसलाई लक्षित गरेर फिल्मको प्रदर्शन मिति तय भएको हो । फिल्म रिलिजको ठिक ७ दिन पछि प्रेम दिवस छ ।सार्बजनिक पोस्टरहरुमा फिल्मका मुख्य… पुरा पढौ

‘जात्रै जात्रा’ नबन्दै नाफामा

चलचित्र 'जात्रै जात्रा'को टिजर सार्वजनिक भएसँगै विभिन्न देशमा प्रर्दशनका लागि सम्झौता हुन थालेको छ । चलचित्र बनि नसक्दै अष्ट्रेलियामा प्रर्दशन गर्नका लागि ३५ लाख रुपैँयामा सम्झौता भएको हो । होर होइन होला इभेन्ट र पप अप इन्टरटेन्मेन्टले 'जात्रै जात्रा'को सार्वजनिक टिजरमा दर्शकले दिएको उत्साहजनक प्रतिक्रिया र चलचित्र जात्राको रिर्पोट हेरेर जात्रै जात्रा अष्ट्रेलियामा प्रर्दशनका लागि सम्झौता गरिएको आयोजक मध्येका एक चिरन श्रेष्ठले जानकारी दिएका छन् ।पहिलो फिल्मले दर्शकको मन जितेको… पुरा पढौ

सरोजकी ‘कान्छी’ बनिन् सुन्दरी एलिशा राई

पछिल्लो समयकी चर्चित नायिका मोडल एलिशा राईको ब्यस्तता दिनानुदिन बढ्दो छ । यही ब्यस्तताका बिचमा पनि उनले गज्जबका भिडियोहरुमा निरन्तर अभिनय गरिरहेकी छिन् । नृत्य एवं अभिनयमा अब्बल रहेकी एलिशाले बुगीउगीका सरोजसँग रोमान्स गरेको भिडियोले अहिले चर्चा पाइरहेको छ । भिडियोमा एलिसासँग सरोजले गरेको अनस्क्रििन रोमान्समा यो जोडीको अभिनय गज्जब सुहाएको छ । गायक राजमान तामाङको गीतको भिडियोमा एलिसा अहिलेसम्मकै सबैभन्दा बढी खुलेको देख्न सकिन्छ । ‘कान्छी’ बोलको सो गीतको… पुरा पढौ

सिडी विजयलाई जिताउन अभियान

गायन रियालिटी सो द भ्वाइस अफ नेपालमा पोखराका गायक सिडी विजय अधिकारीलाई जिताउन सोमबार समिति गठन गरी अभियान सुरु गरिएको छ । अधिकारीलाई जिताउन पोखराका अग्रज संगीतकर्मी रहेको ३५ सदस्यीय सहयोग समिति गठन भएको हो । त्रिवेणी संगीतालय न्युरोड पोखराले आयोजना गरेको कार्यक्रममा संगीत प्रशिक्षक नवराज बराल, श्रीमान थुलुङ, मनकुमार श्रेष्ठ, पदमराज ढकाल, सुमन श्रापित, मेनकाजी गुरुङ, त्रिभुवन शर्मा, जीवन गुरुङ लगायत रहेको समिति गठन भएको छ । समितिले अधिकारीलाई… पुरा पढौ

पोखरा फिल्म सोसाइटीमा जीतेश प्रधान

पोखरा फिल्म सोसाइटीको अध्यक्षमा जीतेश प्रधान निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र अधिकारी, उपाध्यक्षमा सागर शाह, सचिवमा सरोज सापकोटा, सहसचिवमा नेत्र गुरुङ र कोषाध्यक्षमा दीपक बास्तोला चयन भए । सदस्यमा प्रेमबहादुर गुरुङ, प्रकाश गुरुङ ‘काश’, सन्तोष गुरुङ ‘कोन्मे’, सुरोज गुरुङ, डिलबहादुर गुरुङ,पुष्कर थापा मगर र कृष्णकुमार श्रेष्ठ छन् । पोखरालाई कर्मथलो मान्दै चलचित्र क्षेत्रमा काम गर्दै आएका कलाकार, प्राविधिक र निर्देशकको हकहितको तथा चलचित्रको विकासको लागि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं