गायक राज सागर र गायिका अन्जु श्रेष्ठको आधुनिक गीत आँखा बन्द सार्वजनिक भएको छ । लामो समय देखी नेपाली संगीतमा सहकार्य गरिरहेको यो जोडीको आँखा बन्द राजधानिको दरवारमार्ग स्थित किङ्स वय गार्डेन रेस्टुरेण्टमा एक कार्यक्रमको आयोजना गरि भिडियो सहित सार्वजनिक गरिएको हो ।राज सागरको संगीत र स्वर रहेको यस गीतलाई गायिका अन्जु श्रेष्ठले लेखेकी हुन् । राज सागरको जन्मदिनमा गायिका तथा यस गीतकी गीतकार अन्जु श्रेष्ठले उपहार स्वरुप यो गीत सार्वजनिक प्रदान गरेकी हुन् ।
राज सागर र अन्जुकै अभिनय रहेको यो भिडियोलाई पासाङ योञ्जन लामाले निर्देशन गरेका हुन् । प्रेमको गहिरो भावलाई चित्रण गरिएको भिडियो सन्जीत श्रेष्ठको छायाँकन र सुशिल न्यौपानेको सम्पादन तथा दिनेश वलीको सह-सम्पादनमा हाईलाईट्स नेपालको युटुव च्यानल मार्फत भर्खरै सार्वजनिक गरिएको हो ।यस अघि ‘ढाकाटोपी’, ‘रातो साडी’, ‘रंगीयो तिजले’, ‘भेलवेट चोली’ लगायतका गीतहरुमा संगै काम गरेको यो जोडीको आज सार्वजनिक ‘आँखा बन्द’ गीत सार्वजनिक समारोहमा गायक आनन्द कार्की, राजन ईसान ,संगीतकार राजु सिंह, कलाकार निर्मल शर्मा, निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षेत्री, सुव्रत आचार्य लगायत नेपाली कला साहित्य र संगीत क्षेत्रमा आवद्ध ब्यक्तीहरु र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।