द भ्वाइस अफ नेपाल’ को उपाधि पोखराका सिडी विजय अधिकारीले जितेका छन् । शुक्रबार कतारमा नेपाली समय अनुसार राती १० बजे भएको द भ्वाइस अफ नेपाल’ को ग्रान्ड फिनालेमा हास्यकलाकार एवं सामाजिक अभियन्ता धुर्मुस सुन्तलीले अधिकारीलाई विजेता घोषणा गरेका थिए ।
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको गायन रियालिटी सो ब्याटल राउन्डमा आफ्ना कोचको पहिलो रोजाइमा नपरेका सिडी विजय अधिकारी अन्ततः पहिलो ‘दि भ्वाइस अफ नेपाल’को विजेता बन्न सफल भए ।
अधिकारीले ‘दि भ्वाइस अफ नेपाल’को टाइटलसँगै २५ लाख रुपैयाँ नगद, ब्रान्ड न्यु कार, २० लाख बराबरको एल्बम कन्ट्रयाक र विश्व भ्रमणको अवसर प्राप्त गरेका छन् ।
उनलाई कोच दीप श्रेष्ठले स्टिल गरेर आफ्नो टिममा ल्याएका थिए । अन्य ३ प्रतिस्पर्धीलाई पछि पार्दै अधिकारीले ‘दि भ्वाइस अफ नेपाल’को टाइटलसँगै २५ लाख रुपैयाँ नगद, ब्रान्ड न्यु कार, २० लाख बराबरको एल्बम कन्ट्रयाक र विश्व भ्रमणको अवसर प्राप्त गरेका छन् ।
फिनालेमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी विजय अधिकारी, टिम प्रमोद खरेलबाट श्रिजे थपलिया र टिम अभया सुब्बाबाट कुशल आचार्य पुगेका थिए । सनुप पौडेलको चर्चित गीत ‘दैव हे’ बाट ‘द भ्वाइस अफ नेपालमा प्रवेश गरेका सिडीले ‘भीरमा उन्यु’ गीतबाट लाइभ राउन्डमा देखिएका थिए भने सेमी फाइनल राउन्डमा ‘मैले’ बोलको गीतबाट आएका थिए ।
विजेता अधिकारीले जीतको खुसीसँगै सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
सानै उमेरदेखि संगीत क्षेत्रमा दख्खल राख्दै आएका सिडी विजय वल्र्डभिजनद्वारा प्रकाशित क्यासेट एल्बम ‘आभाष’को आधा दर्जन गीतमा स्वर दिई गायन यात्रा प्रारम्भ गरेका उनले २ सय भन्दा बढी गीतमा आवाज भरिसकेका छन् ।