पोखराको उधौलीमा साकेला र च्याब्रुङ

पूर्वबाट पोखरा आई बसोबास गर्ने किराँतहरुले शनिबार उधौली मनाए । किराँत सेवा समाज कास्कीले पोखरामा उधौली पर्व मनाउने अवसर मिलाएको हो ।


नेपाल कम्युनिस्ट पार्टीका सचेतक शान्ता चौधरीले आदिवासी जनजातिको पहिचान र संस्कृतिको संरक्षणका लागि सक्दो सहयोग गर्ने बताइन् । पूर्वमा बसोबास गर्ने किराँत समुदायले पश्चिम पोखरामा रहेर पनिसंस्कृतिलाई जोगाउने उद्देश्यले कार्यक्रम गरेकोमा धन्यवाद दिइन् । चौधरीले आदिवासी जनजाति पछिल्लो क्रममा रमाइलोमा भुल्ने क्रम बढ््दो भएकोमा चिन्ता व्यक्त गरिन् ।

कार्यक्रममा चौधरीलाई कमलरी प्रथादेखि सांसदसम्म संघर्ष गरेकोमा सम्मान गरिएको छ ।
समाजका सल्लाहकार मनोज किरातीले किरातको सभ्यता भनेकै उधौली भएको बताए । खेतीपाती भिœयाएर लेकमा रहेका गोठ बेसीमा सार्ने र नयाँ वर्षको रुपमा उधौली मनाउने गरिन्छ ।

ह्योल्मो समाज कास्की अध्यक्ष पूर्ण ह्योल्मो लामाले सरकारले पछिल्लो समय आदिवासी जनजातिको हक अधिकारलाई कुण्ठित गर्दै साकेला, उधौली, उभौली, ल्होसार, माघी जस्ता पर्वका बिदा कटौती गरेको बताए ।


उनले आदिवासी जनजातिको संस्कृति र पहिचानलाई झल्काउने पर्वलाई सरकारले प्रवद्र्धन गर्नुको साटो बिदा कटौती गर्नु गलत भएको उनको भनाइ छ ।


बिरामी उपचार सहयोग कोषमा सहयोग गर्ने बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाट र समाजको विभिन्न भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्नेहरुलाई पनि सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष लोकेन्द्रकुमार चाम्लिङ राइको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा तनहुँकी नेतृ भगवती न्यौपाने, स्वतन्त्र पत्रकार महासंघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, किराँत समाजका सल्लाहकार दीपेन्द्र राइ, पूर्वाञ्चल सेवा समाजका अध्यक्ष डिबी राई, निवर्तमान अध्यक्ष गजेन्द्र सुब्बा लगायतले बोलेका थिए ।

कार्यक्रममा साकेला र च्याब्रुङ नाचसमेत प्रस्तुत गरिएको थियो ।