खेलकुद

के हुदैछ भारतीय क्रिकेटमा ?

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सुनील गावस्करले विश्वकपपछि पनि विराट कोहलीलाई कप्तान बनाइराख्ने फैसलाप्रति प्रश्न चिह्न उठाएका छन् । उनले तीन फरक फम्र्याटमा फरक फरक कप्तान हुनुपर्ने बताएका छन् । उनले कोहलीलाई कप्तानमा निरन्तरता दिने विषयमा एकपटक बैठक हुनुपर्ने धारणा व्यक्त गरेका छन् । कोहलीको नेतृत्वमा भारतीय टोली ३ अगष्टदेखि ३ सेप्टेम्बरसम्म वेस्टइन्डिज भ्रमणमा रहनेछ । यो क्रममा भारतीय टोलीले ३ टी–२०, ३ वानडे र २ टेस्ट खेल्नेछ । गावस्करले… पुरा पढौ

पोखरामा फुल कन्ट्याक्ट कराँते हुने

पोखरामा ‘प्रथम नेपाल फुल कन्ट्याक्ट प्रेसिडेन्ट कप कराँते ग्रान्ड च्याम्पियनसिप’ हुने भएको छ । फुलकन्ट्याक्ट मार्फत पोखराको पर्यटनलाई थप बढोत्तरी गर्नका लागि पोखरामा खेलको आयोजना गर्ने आयोजकले जनाएको छ । भदौ १४ देखि शुरु हुने खेलमा ३२ पुरुष र ३२ महिला गरि ६४ खेलाडीको सहभागिता रहने नेपाल फुुलकन्ट्याक्ट कराते महासंघका अध्यक्ष दमन बस्नेतले जानकारी दिए । पुरुष तथा महिला खुला तौल समूहका संघमा आवद्ध खेलाडीले प्रतिस्पर्धा गर्न पाउने उनले जानकारी… पुरा पढौ

सोमपाल कामीको टिमले हरायो सन्दीप लामिछानेको टिमलाई

क्यानाडामा जारी ग्लोबल टी–२० क्रिकेट लिगमा नेपाली खेलाडी सोमपाल कामीको टोलीले सन्दीप लामिछानेको टिमलाई पराजित गरेको छ ।  सोमपालको टिम विनिपेग हक्सले सन्दीपको टोरन्टो नेशनल्सलाई ३ विकेटले पराजित गर्न  पराजित भएको छ । मंगलबार बिहान भएको खेलमा हक्स ३ विकेटले विजयी भएको हो । पहिले व्याटिङ गरेको टोरन्टोले २० ओभरमा ७ विकेटको नोक्सानीमा २१६ रन बनायो । रोड्रिगो थोमसले ६५, कायरन पोलार्डले ५२ तथा कप्तान युवराज सिंहले ४५ रन बनाएका… पुरा पढौ

विद्यालयस्तरीय व्याडमिन्टन भदौ दोस्रो साता

कास्की जिल्ला व्याडमिन्टन संघले आगामी भाद्र दोस्रो साता १८ औं सस्करणको इन्द्रबहादुर गुरुङ स्मृति विद्यालयस्तरीय छात्र तथा छात्रा व्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ । संघले आधारभूत तहमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै व्वाईज सिंगल र गल्र्स सिंगलमा प्रतिस्पर्धा गराईने छ । माध्यमिक तह तर्फ व्वाईज सिंगल र डबल्स, गल्र्स तर्फ पनि सिंगल र डबल्समा प्रतिस्पर्धा गराईने प्रतियोगिता संयोजक बबिन बग्दासले जानकारी दिए । उच्च माध्यमिक तह तर्फ पनि व्वाईज सिंगल… पुरा पढौ

क्रिकेट समर्थकसंग यसरी रिसाए पूर्व कप्तान विनोद दास

टि-२० विश्वकप छनौट यात्रा टुंगिएपछि नेपाली क्रिकेट टिमका फ्यानहरु निराश हुँदै सामाजिक संजालमा प्रतिक्रिया दिईरहेका छन्। टिम र खेलाडीहरुलाई गालि गर्दै फ्यानहरुले सामाजिक संजाल भरिरहंदा नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान बिनोद दासले नेपाली खेलाडीहरुलाई गालि नगर्न आग्रह गर्दै ट्वीट गरेका छन्। टि-२० विश्वकप छनौटमा नेपालले पहिलो खेलमा कतारसंग पराजित भए पछि मलेसिया र कुवेतलाई पराजित गरेको थियो। चौथो खेलमा सिंगापुरलाई पराजित गरे नेपाल युएईमा अक्टोबरमा आयोजना हुने टि-२० विश्वकप… पुरा पढौ

नेपालको दूर्दसा, सुम्पियो सिंगापुरलाई अबको यात्रा, समर्थक निकै निराश

बलिङ, व्याक्टिङ दुवै चल्न नसकेपछि आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा नेपाल सिंगापुरसँग पराजित भएसँगै ग्लोबल क्वालिफायर पुग्ने सपना समाप्त भएको छ । एसिया फाइनलको अन्तिम खेलमा नेपाल घरेलु टोली सिंगापुरसँग ८२ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो । सिंगापुरस्थित इन्डियन एसोसिएसनको मैदानमा १ सय ९२ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा १ सय ९ रनमा अलआउट भयो । नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाए… पुरा पढौ

अन्ततः नेपाल पराजित

नेपाल आईसीसी टि–ट्वान्टी विश्वकप एसियाका लागि छनोट हुन असफल भएको छ । घरेलु टोली सिंगापुरले दिएको १ सय ९२ रनको लक्ष्य पच्छाएको नेपाल १ सय १० रनमै सबै विकेट गमाएर आउट भयो । सिंगापुर ८२ रनले विजयी हुँदै आईसीसी टि–ट्वान्टी विश्वकप एसियाका लागि छनोट हुन सफल भएको छ । पुरा पढौ

अपडेट : नेपालको सातौं विकेट पतन

 आईसीसी टि–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले छैठौं विकेट गुमाएको छ । घरेलु टोली सिंगापुरले दिएको १ सय ९२ रनको लक्ष्य पच्छाएको नेपालले पाँचौं विकेटमा विनोद भण्डारीलाई ९ रनमा गुमाउँदा छैठौं विकेटका रुपमा करण केसी खाता नै नखोली आउट भए । त्यसअघि रोहित कुमार पौडेल ५ रनमा आउट हुँदा शरद भेषावकर ७ रनमा, कप्तान खड्का १२ रन तथा ज्ञानेन्द्र मल्ल ३९ रनमा आउट भएका थिए ।  पुरा पढौ

ताजा अपडेट : ढल्यो पारस र ज्ञानेन्द्रको साझेदारी

सिंगापुरमा जारी आइसीसी टी–२० विश्वकप छनोट क्रिकेट अन्तर्गत एसिया फाइनलको अन्तिम खेल जितका लागि नेपालले सिंगापुरबाट प्राप्त १९२ रनको विजयी लक्ष्य पछ्याइरहेको छ ।  बलिङमा चमत्कार गर्न नसकेको नेपालको भरोसा ब्याटिङमै अडेको छ । तर सुरुवात राम्रो गरे पनि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लबीचको साझेदारी ढलेको छ ।   यसअघि नेपालले खेलेका तीन खेलमध्ये दुईमा जित निकालेको थियो । मलेसियालाई हराउँदा ज्ञानेन्द्रले कीर्तिमानी अर्धसतक बनाएका थिए भने कुवेतलाई… पुरा पढौ

अपडेट : नेपाललाई विशाल लक्ष्य, पूरा गर्न सक्ला ?

टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा सिंगापुरले नेपाललाई १९२ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको हो । सिंगापुरलाई विशाल लक्ष्यमा पुर्‍याउन टिम डेभिडले ७७ रन बनाए । यसैगरी रोहनले ४९ र मनप्रित सिंहले ४२ रन बनाए । नेपालका लागि अभिनास बोहराले चार विकेट लिए । करण केसीले २ विकेट लिए । नेपालले केहीबेरमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं