खेलकुद

किन घुमिन ट्रफी बोकेर सडकमा निता ?

आईपीएल २०१९ को बिजेता टीमकी मालिक निता अम्बानी ट्रफी बोकेर सडकमा घुमेकी छिन् । आइतबार आईपीएलको फाइनल खेलमा मुम्बई इन्डियन टीमले चेन्नई सुपर किङ्ग्सलाई १ रनले पराजित गरि ट्रफी जीतेपछि खुसिले ट्रफी बोकेर उनी सडक घुमेकी हुन् । मुम्बईले योसमेत चार पटक ट्रफी जितिसकेको छ । भारतीय मिडियाका अनुसार मुम्बई टीमकी मालिक निता अम्बानी खेल अवधिभर मन्त्र जप गरिरहेकी थिइन् । खेल अवधिभर निकै तनावमा देखिएकी निता अम्बानी खेल सकिएपछि… पुरा पढौ

हाईअल्टिच्युड एडभेन्चर प्रतियोगिताको पुरुषतर्फ आर्मी र महिलातर्फ एपिएफ च्याम्पियन

दोश्रो प्रधान सेनापती हाईअल्टिच्युड ट्राई एडभेन्चर राष्ट्रिय प्रतियोगितामा दुई बिभागीय टोलीले आफ्नो बर्चश्व कायम राख्दै च्याम्पियन बने ।नेपाली सेनाद्धारा सोमबार मुस्ताङको जोमसोममा आयोजित प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव पुरुष टोली र शसस्त्र प्रहरीको एपिएफ क्लवको महिला टोली पहिलो स्थान हासिल गर्न सफल भए । जोमसोम देखि पश्चिमतर्फको धाकार्जुङ डाडाँ उक्लने एक सय मिटर रकक्लामिङ ,धाकार्जुङ डाडो देखि शसस्त्र प्रहरी क्याम्प हुँदै पान्डाखोला सम्म दौडिने ४.७५ किमी रनिङ र पान्डा… पुरा पढौ

इंगलिश प्रिमियर लिग म्यान्चेस्टर सिटीलाई, लिभरपुललाई पीडा

इंगलिश प्रिमियर लिग फुटबलमा लगातार दोस्रो पटक म्यान्चेस्टर सिटीले उपाधि जितेको छ । लिगको अन्तिम खेलमा आइतबार राति ब्राइटनलाई ४–१ गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो ।  सिटीलाई ब्राइटनको मैदानमा जिताउन सर्जियो अगुएरो, आइमेरिक लापोर्ते, रियाद महरेज र इल्काये गुन्डोगानले १–१ गोल गरे ।  ग्लेन मुरेले खेलमा ब्राइटनका लागि सुरुआती अग्रता दिलाएका थिए । सिटीले जितसंगै ९८ अंकसहित उपाधि जितेको हो ।  दोस्रो स्थानको लिभरपुलले ९७ अंकसहित उपविजेतामै… पुरा पढौ

मुम्वई बन्यो आइपिएल च्याम्पियन

आइपिएल टी–२० क्रिकेटको १२ औं संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति भएको फाइनलमा चेन्नाई सुपर किंगसलाई १ रनले पराजित गर्दै मुम्बर्ईले सर्वाधिक ४ पटक उपाधि जित्न सफल भएको हो ।  १५० रनको चुनौती लिएर मैदानमा उत्रिएको चेन्नाईले ७ विकेटको नोक्सानीमा १४८ रन बनाएपछि मुम्बई १ रनले विजयी भएको हो ।  शेन वाटसनले अन्तिम ओभरमा रनआउट हुनुपूर्व ५९ बलमा ८० रन जोडे । फाफ दु प्लेसिसले १३ बलमा… पुरा पढौ

गण्डकी प्रदेशलाई तेस्रो पाथीभरा पुरुष भलिबल उपाधि

तेस्रो पाथीभरा पुरुष भलिबल प्रतियोगिता गण्डकी प्रदेशले उपाधी चुमेको छ । ईलाममा जारी प्रथम ईलाम आमन्त्रित खुल्ला पुरुष नकअउट भलिबलको उपाधि गण्डकी प्रदेशले विजेको हो । गण्डकी प्रदेशले ईन्डियान खेलाडी सम्मिलित विमान ट्रेडस बिर्तामोडलाइ २५-१७, २५-१३ र २५-२१ ले सोझो ३ सेटमा पराजित गरेको थियो । विजेता गण्डकी प्रदेशले १ लाख ५० हजारको पुरस्कार हात पारेको छ । गण्डकी प्रदेशको भलिवल टिममा सन्जु बिक्रम शह टिम (कप्तान), राजन दर्लमी मगर,… पुरा पढौ

नेइमारलाई फेरि अर्को कारबाही !

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार नेइमारलाई फ्रान्स फुटबल संघले फेरि तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । फ्रेन्च कपको फाइनलमा रेनेससँग पराजित भएपछि एक समर्थकलाई मुक्का हानेका कारण संघले नेइमारलाई कारबाही गरेको हो । नेइमार एक साताको बीचमा दोस्रो पटक कारबाहीमा परेका हुन् । यसअघि पनि च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णय प्रति आपत्तिजनक प्रतिक्रिया दिएका कारण नेइमारलाई युरोपियन फुटबल… पुरा पढौ

खेल क्षेत्रमा छुट्टिएको बजेट सदुपयोग हुन सकेन

गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङले खेल क्षेत्रमा राज्यको बजेटको ठूलो हिस्सा ओगट्ने भए पनि त्यसको सहि सदुपयोग हुन नसकेको बताएका छन । भूतपूर्ब खेलाडी मंच नेपालको १० औं वार्षिक साधारण सभामा बोल्दै मन्त्रि गुरुङले यस्तो बताएका हुन् । खेल क्षेत्रको बिकासका लागि अन्य देशको सहयोग पनि जारी रहेको बताउँदै मन्त्रि गुरुङले बजेटलाई सहि ठाउँमा प्रयोग गर्नु पर्ने कुरामा समेत जोड दिए । मन्त्रि गुरुङले एक प्रसङमा… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : मुस्ताङमा टेबलटेनिस, मनाङमा बुद्धिचाल

दुई वर्षपछि आयोजना गरिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि अधिकांश खेल पोखरामै खेलाईने निर्णय गरिएको छ । केही खेल भने गण्डकी प्रदेशका जिल्लाहरुमा सञ्चालन हुने छन् । खेलकुदको पुर्वाधार विकाससँगै खेलकुदको प्रवद्र्धन गर्ने उद्देश्यसहित विभिन्न जिल्ला तहमा खेलहरु सञ्चालन गरिने तयार गरिएको हो । सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि विभिन्न जिल्लामा खेलहरु सञ्चालन गरिएको थियो । प्रतियोगिता विभिन्न जिल्लातहमा सञ्चालन गरिदाँ उदघाटन र समापन समारोहमा खेलाडीको उपस्थिति न्युन… पुरा पढौ

चेन्नाई आठौं पटक आइपिएलको फाइनलमा, यसरी बाहिरियो दिल्ली

चेन्नाई सुपर किङ्स आइपिएल टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नाई फाइनलमा पुगेको हो। १ सय ४८ रनको विजयी लक्ष्य चेन्नाईले १९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो । फाफ डु प्लेसिस र सेन वाट्सनले समान ५०–५० रन बनाउँदै चेन्नाईलाई जिताए ।  दुवैबीच पहिलो विकेटका लागि ८१ रनको साझेदारी भएको थियो। यसअघि, विशाखापट्नममा भएको खेलमा टस जितेर चेन्नाईले फिल्डिङ रोजेपछि… पुरा पढौ

सन्दीप लामिछानेलाई खेलाए दिल्ली बलियो !

इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा आज शुक्रबार राति डिफेन्डिङ च्याम्पियन  चेन्नई सुपर किंग्स र पहिलो पटक प्लेअफको कुनै खेल जितेको दिल्ली क्यापिटल्स भिड्दैछन्। भारतीय राष्ट्रिय टिमको कप्तानी सम्हालिसकेका महेन्द्रसिंह धोनीको चेन्नई र गत सिजनमा आधादेखि दिल्लीको कमाण्ड पाएका श्रेयस अएरको दिल्ली क्यापिटल्सबीच आजको खेलमा पाको अनुभव र नवीन जोशबीच प्रतिष्पर्धा हुनेछ। उमेर छँदा भारतीय टोलीबाट धेरै अनुभवी खेलाडीलाई यूवाद्वारा प्रतिस्थापन गराएका धोनी उमेर ढल्किन थालेपछि भने  आफूजस्तै अनुभवी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं