खेलकुद

खेलकूद सामाग्री हस्तान्तरण

हिमालय क्लव पोखरा १६ बाटुलेचौरलाई नेपाल भारत मैत्री युवा सोसाइटीले बिहीबार क्लवलाई खेलकुद सामाग्री प्रदान गरेको छ । फूटबल, भलिबल, ह्याण्डबल, स्कोर बोर्ड, टि–सर्ट, भलिवल नेट सोसाइटीका सल्लाहकार युवा राजनितिकर्मी गुरु बरालले क्लबका अध्यक्ष मोहनबहादुर थापालाई हस्तान्तरण गरेका हुन् । खेल मैत्री समाज निर्माणमा हाम्रो अभियान भन्ने मूल नाराका साथमा आफूले खेलकुद सामाग्री वितरण गरी युवाहरुलाई खेलकुद तर्फ लाग्न अभिप्रेरणा जाइराखेको र यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहने युवा नेता गुरु बरालले… पुरा पढौ

विश्व र्‍याफ्टिङ च्याम्पियनसिपको स्प्रिन्टमा नेपाल कुन स्थानमा रह्यो ?

विश्व र्‍याफ्टिङ च्याम्पियनसिपको स्प्रिन्टमा नेपाल पाँचौ भएको छ। अष्ट्रेलियाको क्विन्सल्यान्ड बिहीबार भएको प्रतिस्पर्धामा नेपाल ८२ अंकसहित पाँचौ स्थानमा आएको हो । प्रतिस्पर्धामा ब्राजिल पहिलो भएको छ। जापान दोस्रो हुँदा रसियाले तेस्रो स्थानमा हात पार्यो। चौथोमा स्थानमा न्युजिल्यान्ड रह्यो भने नेपाल भन्दा पछि आयोजक अस्ट्रेलिया भयो। नेपाली टिममा शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाँले पुरुष खुला टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षकमा सुरज गुरुङ रहेका… पुरा पढौ

मनाङ र पन्जाब बराबरीमा

एएफसी कप फुटबलअन्तर्गत् समूह चरणको चौथो खेलमा नेपालको लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लबले भारतको मिनेर्वा पन्जाब फुटबल क्लबसित बराबरीको खेल खेलेको छ । बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेल १–१ को बराबरीमा सकिएको हो । खेलको ३९औं मिनेटमा थोइबा सिंहले गोल गर्दै पन्जाबलाई अग्रता दिलाएका थिए । ८१औं मिनेटमा मनाङका साहिद अजिजले हेडमार्फत् गोल फर्काएका थिए । मनाङले खेल अवधिभर फितलो प्रदर्शन गरेको थियो ।खेलको ४५औं मिनेटमा दोहोरो पहेंलोकार्ड… पुरा पढौ

बिश्व पौडी च्याम्पियनसिपका लागि नेपाली खेलाडी छनोट,को को परे छनौटमा ?

कोरियाको ग्वाङ्गजु सहरमा आयोजना हुने १८ औं फिना बिश्व पौडी च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुको नेपाल पौडी संघले छनोट गरेको छ । नेपाल पौडी संघले बिज्ञप्ती जारी गरि बिश्व च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुको छनोट भएको जानकारी गराएको हो । उक्त च्याम्पियनसिपमा महिला तर्फ गौरिका सिंह र सोफिया गादेगाद शाह तथा पुरुष तर्फ शुभम श्रेष्ठ र एलेक्सजेन्डर गादेगाद शाहले सहभागिता जनाउने छन् । आठौं राष्ट्रिय खेलकुद अन्तरगत सम्पन्न २१ औ राष्ट्रिय… पुरा पढौ

भण्डारढीक रंगशाला परिसरमा खुल्ला व्यायामशाला बनाइने

चार तीन महिनाको पक्रियापछि अब सर्वसाधारणले पार्क मै व्यायाम गर्न पाउने छन् । केही साताभित्रै पार्कमा सामान जडान गरिने छ । सामान पोखरा आईपुगेको छ । प्राविधिकको सहयोगमा जडान गरिने छ । जडानपछि सर्वसाधारणले साँझ र विहान दुवै समयमा आफनो अनुकुल व्यायाम गर्न सक्ने महानगरपालिकाले जनाएको छ । पोखरा महानगरपालिकाले स्वास्थ्य नागरिकको परिकल्पनासहित तीन महिना अघि देखि नै शुरु गरिएको थियो । फागुनमा टेण्डर आह्वान गरिएको थियो । सामान मंगलबार… पुरा पढौ

ग्रीजम्यानले किन छाडे एथलेटिको म्याड्रिड ?

फ्रान्सका स्टार फुटबलर एन्टोनी ग्रीजम्यानले यस सिजनपछि एथलेटिको म्याड्रिड छोड्ने घोषणा गरेका छन् । ग्रीजम्यानले एक भिडियो संदेश जारी गर्दै आगामी शनिबार हुने एथलेटिकोको लेभान्तेविरुद्धको खेल एथलेटिकोबाट आफ्नो अन्तिम खेल हुने घोषणा गरेका हुन् । गत सिजनमा क्लबमा ५ बर्षका लागि आफ्नो सम्झौता नवीकरण गरेका २८ बर्षिय ग्रीजम्यानले क्लब छोड्ने घोषणा गरेका हुन् । ग्रीजम्यानको एथलेटिको म्याड्रिड छोड्ने घोषणा सँगै उनको बार्सिलोना जाने चर्चा शुरु भएको छ । बार्सिलोना र… पुरा पढौ

भलिवल खेलाडी उत्पादनमा ‘शान्ता’

कास्कीको सराङ्कोट भकुण्डेस्थित शान्ता भलिवल ट्रेनिङ सेन्टरले तेस्रो भलिवल प्रतियोगिता आयोजना गर्यो । सेन्टरले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरेको हो । सेन्टरले यसअघि २ प्रतियोगिता सम्पन्न गरिसकेको छ । ७ टिम सहभागी भएको प्रतियोगितामा भकुण्डे युथ क्लब निलोले प्रथम, पामे युथ क्लबले द्वितीय र भुकण्डे युथ क्लब रातोले तृतीय स्थान हासिल गर्यो । प्रतियोगिताका प्रतिस्पर्धी ७ वटै टिम सेन्टरकै उत्पादन भएको बताइन्छ । सबै टिमका खेलाडीलाई भलिवलका राष्ट्रिय… पुरा पढौ

प्रथम मेयर कप बुद्धिचाल हुने

काठमाडौं महानगरपालिका वडा न २४ ले प्रथम मेयर कप उमेर समुह बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ ३ देखि ५ गते सम्म यू१२ छात्र तथा छात्रा र यू१६ खुल्ला बुद्धिचाल संचालन हुने जनाईएको हो । प्रतियोगितामा झन्डै १ सय ५० खेलाडीको सहभागिता रहने अनुमान आयोजकले जनाएको छ । छात्रा छात्र दुवै उमेर समुहका विजेताले ३० हजार,उप विजेताले १५ हजार र तेस्रो हुनेले १०… पुरा पढौ

किन घुमिन ट्रफी बोकेर सडकमा निता ?

आईपीएल २०१९ को बिजेता टीमकी मालिक निता अम्बानी ट्रफी बोकेर सडकमा घुमेकी छिन् । आइतबार आईपीएलको फाइनल खेलमा मुम्बई इन्डियन टीमले चेन्नई सुपर किङ्ग्सलाई १ रनले पराजित गरि ट्रफी जीतेपछि खुसिले ट्रफी बोकेर उनी सडक घुमेकी हुन् । मुम्बईले योसमेत चार पटक ट्रफी जितिसकेको छ । भारतीय मिडियाका अनुसार मुम्बई टीमकी मालिक निता अम्बानी खेल अवधिभर मन्त्र जप गरिरहेकी थिइन् । खेल अवधिभर निकै तनावमा देखिएकी निता अम्बानी खेल सकिएपछि… पुरा पढौ

हाईअल्टिच्युड एडभेन्चर प्रतियोगिताको पुरुषतर्फ आर्मी र महिलातर्फ एपिएफ च्याम्पियन

दोश्रो प्रधान सेनापती हाईअल्टिच्युड ट्राई एडभेन्चर राष्ट्रिय प्रतियोगितामा दुई बिभागीय टोलीले आफ्नो बर्चश्व कायम राख्दै च्याम्पियन बने ।नेपाली सेनाद्धारा सोमबार मुस्ताङको जोमसोममा आयोजित प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव पुरुष टोली र शसस्त्र प्रहरीको एपिएफ क्लवको महिला टोली पहिलो स्थान हासिल गर्न सफल भए । जोमसोम देखि पश्चिमतर्फको धाकार्जुङ डाडाँ उक्लने एक सय मिटर रकक्लामिङ ,धाकार्जुङ डाडो देखि शसस्त्र प्रहरी क्याम्प हुँदै पान्डाखोला सम्म दौडिने ४.७५ किमी रनिङ र पान्डा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं