ताजा समाचार

वैशाख ३१ गते २०७६

प्रथम मेयर कप बुद्धिचाल हुने

काठमाडौं महानगरपालिका वडा न २४ ले प्रथम मेयर कप उमेर समुह बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ ३ देखि ५ गते सम्म यू१२ छात्र तथा छात्रा र यू१६ खुल्ला बुद्धिचाल संचालन हुने जनाईएको हो ।

प्रतियोगितामा झन्डै १ सय ५० खेलाडीको सहभागिता रहने अनुमान आयोजकले जनाएको छ ।

छात्रा छात्र दुवै उमेर समुहका विजेताले ३० हजार,उप विजेताले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै प्रतियोगितामा दुवै उमेर समुहका वेष्ट खेलाडी घोषित हुनेले रु ५ हजार प्राप्त गर्ने बताईएको छ ।

आयोजकले प्रतियोगिताका लागि करिब ४ लाख ५० रुपैयाँ खर्च हुने अनुमान गरेको छ । मखन चेस क्लबले प्रतियोगिताको ब्वस्थापकीय जिम्मेवारी समाल्ने छ ।