बिश्व पौडी च्याम्पियनसिपका लागि नेपाली खेलाडी छनोट,को को परे छनौटमा ?

कोरियाको ग्वाङ्गजु सहरमा आयोजना हुने १८ औं फिना बिश्व पौडी च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुको नेपाल पौडी संघले छनोट गरेको छ ।

नेपाल पौडी संघले बिज्ञप्ती जारी गरि बिश्व च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुको छनोट भएको जानकारी गराएको हो ।

उक्त च्याम्पियनसिपमा महिला तर्फ गौरिका सिंह र सोफिया गादेगाद शाह तथा पुरुष तर्फ शुभम श्रेष्ठ र एलेक्सजेन्डर गादेगाद शाहले सहभागिता जनाउने छन् । आठौं राष्ट्रिय खेलकुद अन्तरगत सम्पन्न २१ औ राष्ट्रिय पौडी च्याम्पियनसिपमा खेलाडीहरुले प्राप्त गरेको उत्कृष्ट समयका साथ फिना अंकलाई आधार मानि खेलाडी छनोट गरिएको पौडी संघले जनाएको छ ।

महिला तर्फ बैकल्पिक खेलाडीका रुपमा टिषा शाक्य रहेकी छिन् । डुवाना लामाले ४०० मिटर फ्रिस्टायलमा ४ मिनट ५०.४७ सेकेन्डमा दूरी पार गर्दै ५२६ अंक प्राप्त गरेता पनि फिनाको नियमानुसार च्याम्पियनसिपमा सहभागी हुन १४ बर्ष पुरा हुनु पर्नेमा उनको उमेर १३ बर्ष ५ महिना १७ दिन मात्र भएकोले उमेरका आधारमा च्याम्पियनसिपमा सहभागी हुन नसकेको संघले जनाएको छ ।