ताजा समाचार

जेठ २ गते २०७६

“टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड”जेठ २४ गते


खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशद्धारा वितरण गरिने ‘टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड’ यस वर्ष पनि आयोजना हुने भएको छ ।

‘समृद्धका लागि खेलकुद’ भन्ने नाराका साथ पोखरामा आयोजना हुने उक्त अवार्ड कार्यक्रम आगामी जेठ २४ गते हुने विहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको हो ।

स्पोर्टस अवार्ड कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम, खेलाडी र्याम्पसँगै विभिन्न खेल कौसल प्रदर्शन गरिने नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले बताए । अध्यक्ष गिरीका अनुसार अवार्ड ८ विधामा प्रदान गरिनेछ । पटकको अवार्डमा पपुलर प्लेयर अवार्ड समेत समावेश गरिएको छ ।

त्यस अवार्डका लागि एस.एम.एसको आधारमा खेलाडी छनोट हुनेछन । साथै यसपालिको स्पोर्टस अवार्डमा बतास ब्रदर्श प्रालिले मञ्चको तर्फबाट लाग्ने कर छुट गर्ने भएको बतास ब्रदर्शका सेल्स प्रबन्धक सन्तोष पोखरेलले जानकारी दिए । उनले पहिलो सम्भौतामा ७५ प्रतिशत छुट गरिएको बताए ।

त्यसपालिको अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड तर्फ चाँदी जडित ट्रफि ताम्रपत्र, बर्ष खेलाडी पुरुष अवार्ड तर्फ टीभिएस अपाचे मोटरसाइकल, बर्ष खेलाडी महिला अवार्ड तर्फ बिगो स्कुटर, बर्ष उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, बर्ष पपुलर प्लेयर अवार्ड तर्फ १५ हजार रुपैया, बर्ष उत्कृष्ट खेल संस्था अवार्ड तर्फ १० हजार रुपैया साथमा ट्रफी दोसल्ला प्रदान गरिनेछ संयोजक विजय नेपालले जानकारी दिए ।

अवार्ड कार्यक्रमका लागि अध्यक्ष एकराज गिरीको संयोजकत्वमा १२ उपसमिति गठन समेत गरिएको छ । जसमा खेलतर्फ उत्कृष्ट ३ मनोयन र पत्रकार अवार्डका लागि छुट्टाछुट्टै समिति गठन गरिएको आयोजक समितिले जनाए । कार्यक्रम पोखरा सभागृह हलमा दिनको २ बजेदेखि सुरु हुनेछ ।