भलिवल खेलाडी उत्पादनमा ‘शान्ता’


कास्कीको सराङ्कोट भकुण्डेस्थित शान्ता भलिवल ट्रेनिङ सेन्टरले तेस्रो भलिवल प्रतियोगिता आयोजना गर्यो । सेन्टरले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।

सेन्टरले यसअघि २ प्रतियोगिता सम्पन्न गरिसकेको छ । ७ टिम सहभागी भएको प्रतियोगितामा भकुण्डे युथ क्लब निलोले प्रथम, पामे युथ क्लबले द्वितीय र भुकण्डे युथ क्लब रातोले तृतीय स्थान हासिल गर्यो ।

प्रतियोगिताका प्रतिस्पर्धी ७ वटै टिम सेन्टरकै उत्पादन भएको बताइन्छ । सबै टिमका खेलाडीलाई भलिवलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी दिनेश चौधरीले प्रशिक्षण दिंदै आएका थिए ।

उक्त अवसरमा प्रशिक्षक चौधरीले देशले अहिले पनि राम्रा खेलाडीको उत्पादन गर्न नसकेको भन्दै मोफसलको चौतारीमा आफूहरूले राम्रा भलिबल खेलाडी उत्पादन गर्न सकेको बताए । उनले भलिबलका थुप्रै राम्रा खेलाडी मोफसलमा लुकेर बसेको उनीहरूलाई अवसर दिने वातावरण सृजना गर्नुपर्ने खाँचो औंल्याए ।

सेन्टरले ३० पुरुष र १५ महिला खेलाडीलाई निःशुल्क प्रशिक्षण दिंदै आएरहेको छ । साथै कक्षा ११ मा अध्ययरत ५ फिट ९ ईन्चका दोलखाको जिरी घर भएका एशिक नेपाली र ६ फिटका सुनिल सुनारलाई निःशुल्क खाना, बस्न र अध्ययन सुविधा मिलाइएको संस्थाले जनाएको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं