ताजा समाचार

खेलकुद

एन्फाको भद्रगोल तालिका : २ महिनामा २५ प्रतियोगिता

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्न खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले आगामी फागुन र चैतका लागि मंगलबार मोफसलमा २५ प्रतियोगिता सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो । सुनसरीमा ४ झापामा ३ तथा पोखरा, मकवानपुर, चितवन र धनगढीमा २–२ प्रतियोगिता हुनेछ । यस्तै बुटवल, इलाम, बागलुङ, सर्लाही, वीरगञ्ज, नेपालगञ्ज, सिमरा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौँमा १–१ प्रतियोगिता हुने एन्फाले जनाएको छ । मनकामना फागुन… पुरा पढौ

पीपीएलमा आज लिग चरणको अन्तिम खेल, विराटनगरलाई मौका

पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा आज (बुधबार) लिग चरणको अन्तिम एक खेल हुदैछ ।अन्तिम खेलमा वुटवल ब्लास्टर्स र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुदैछ । खेल पोखरा रंगशालामा बिहान साढे ११ बजे सुरु हुनेछ । यसअघिनै प्लअफमा स्थान पक्का भएको वुटवललाई अन्तिम खेलको नतिजाले फरक पार्ने छैन । तर अन्तिम खेलमा फराकिलो जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावना विराटनगरलाई अझै छ । सोही कारण वुटवललाई हराउँदै प्लेअफमा पुग्ने लक्ष्य सहित विराटनगरले लिग चरणको… पुरा पढौ

मेसीलाई उछिन्दै लेवान्डोस्की बने सर्वाधिक गोल गर्ने खेलाडी

जर्मन क्लब बायर्न म्युनिखका स्ट्राईकर रोबर्ट लेवान्डोस्की सन् २०१९ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । विश्व फुटबलमा शीर्ष श्रेणी खेल्ने खेलाडीमा लेवान्डोस्की अगाडी आएका हुन् । पोल्यान्ड राष्ट्रिय टोलीका उनले राष्ट्र र क्लबका लागि कूल ५४ गोल गरेका छन् । उनले ५८ खेलबाट ५४ गोल पुर्याएका हुन् । यसअघि शीर्ष स्थान कब्जा गर्दै आएका अर्जेन्टिना एवं बार्सिलोनाका स्टार लियोनल मेस्सी दोस्रो स्थानमा छन् । मेस्सीले कूल ५० गोल… पुरा पढौ

विराट कोहलीको त्यो ऐतिहासिक दिन…

दाहिने हातका ब्याट्सम्यान विराट कोहली आज क्रिकेटका किंग मानिन्छन् । उनी एक समय नयाँ थिए जसरी अन्य खेलाडीहरु हुन्छन् ।  २००८ अगस्टमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका विराट कोहलीको लागि डिसेम्बर २४ विशेष र अविस्मरणीय दिन हो। १८ अगस्ट २००८ मा एकदिवसीय क्रिकेटमा विराट कोहलीले मिडल अर्डरमा भारतीय टीमबाट खेल्ने अवसर पाइरहेका थिए। खेलमा धेरै पटक उनले आफ्नो शतक पूरा गर्ने सम्भावना थियो, तर कहिले उनी आउट भए, कहिले अन्य कुरा… पुरा पढौ

राष्ट्रिय टेनिस प्रतियोगिता पुस १० देखि

पर्यटकीय शहर पोखरामा आगामी पुस १० देखि १४ गतेसम्म ‘पोखरा ओपन तथा भेट्रान्स’ राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरा रंगशालास्थित टेनिस कोर्टमा १७ औं संस्करणको प्रतियोगिता गर्न लागिएको हो । अघिल्लो संस्करणसम्म भेट्रान्समात्रै रहँदै आएकोमा यस पटकदेखि ‘ओपन’ गरिने र प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष दोर्जे लामाले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा पुरुष… पुरा पढौ

नेपाल १८ औं स्थानमा यथावत्

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको एक दिवसीय वरियतामा नेपाल १८ औं स्थानमा यथावत् रहेको छ । नयाँ वरियतामा नेपालले १९ रेटिङ अंक पाएको छ । अघिल्लो महिनाको वरियतामा नेपाल १ स्थान तल झर्दै १८ औं स्थानमा पुगेको थियो । हाल नेपालभन्दा तल संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी रहेको छ । युएई १९ तथा पपुवा न्युगिनी २० औँ स्थानमा छन् । नयाँ वरियतामा इङल्यान्ड शीर्ष स्थानमा छ… पुरा पढौ

चितवनको अपराजित यात्रासँगै फाईनलमा

नमस्ते पोखरा प्रिमियर लिग फ्रेन्चाईज टी–२० क्रिकेट प्रतियोगितामा चितवन राईनोजले अपराजित यात्रालाई कायम राख्ने क्रममा मंगलबार काठमाडौं गोल्डेन्स वारियर्सलाई ६० रनले पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा प्ले अफको ढोका खोल्ने सम्भावना काठमाडौंको लागि हारसँगै कमजोर बनेको छ । फराकिलो रनको हारले तनाबमा रहेको काठमाडौं प्ले अफमा पुग्न बुटबलले विराटनगरलाई पराजित गरे पुग्छ । अन्यथा विराटनगरको जितले काठमाडौंको पोखरा यात्रा विट मार्ने छ । विराटनगरले बुटबललाई… पुरा पढौ

भुटानविरुद्ध नेपालको शानदार जित

अमिशा कार्कीको ह्याट्रिक तथा कप्तान प्रिति राईले दुई गोलको मद्दतले नेपाली यू–१५ महिला फुटबल टोेलीले भुटानविरुद्धको मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।  घरेलु मैदानमा अमिशा र कप्तान प्रितिले सोमबार उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली यू–१५ टोेलीले भुटानविरुद्ध ६–१ को सहज जित निकालेको हो ।  सातदोबाटोस्थित एन्फा कम्लेक्समा भएको खेलमा सुनकली राईले प्रथम गोल गरेकी थिइन् । भुटानकी कप्तान डेकी लाजोमले एक गोल फर्काइकी थिइन् ।  खेल सुरु भएको ५ औं… पुरा पढौ

काजीपोखरी बास्केटबल पुस १२ देखि

काजीपोखरी युथ क्लबको आयोजनमा चौथो काजीपोखरी बास्केटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । काजीपोखरी युथ क्लबको खेल मैदानमा हुने प्रतियोगिता पुस १२ गते सुरु हुने संयोजक किरण अधिकारीले बताए । पुस १५ गतेसम्म हुने प्रतियोगितामा विजेताले ७५ हजार र उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, प्रमाणपत्र र खादाले सम्मान गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा २० टिम सहभागी हुने… पुरा पढौ

पोखरा फेरि पराजित, लिग चरणबाटै बाहिरियो

पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० अन्तर्गत सोमबारको एक मात्र खेलमा धनगढी ब्लुजले पोखरा पल्टनलाई ५ विकेटले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ। धनगढीसंग पराजित भएसंगै साबिकको विजेता पोखरा पल्टन दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) टी-ट्वान्टीको लिग चरणबाटै बाहिरिएको छ । पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा पोखराले दिएको ८० रनको लक्ष्य धनगढीले ५ विकेट गुमाएर ९.१ ओभरमै पुरा गर्यो। धनगढीको लागि ओपनर दिपक पुनियाले… पुरा पढौ