खेलकुद

सृजना कप छात्र÷छात्रा भलिबल १४ चैतदेखि

पोखरामा चैतको पहिलो साता सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा चैत ४ गतेदेखि ७ गतेसम्म सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता हुने भएको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विगत ४ वर्षदेखि शुरु भएको प्रतियोगिताको यो चौथो संस्करण गर्न लागेको आयोजक कास्की जिल्ला भलिबल संघ र सृजना… पुरा पढौ

खेलकुद पत्रकार मञ्चको अधिवेशन चैत ५ मा

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको दोस्रो अधिवेशन चैत ५ गते हुने भएको छ । मञ्चको २८ औं कार्यसमिति बैठकले पोखरामा अधिवेशन गर्ने गरी मिति तय गरेको हो । विशेषगरी खेलकुद बिटमा कलम चलाउने पत्रकारको संस्था खेलकुद पत्रकार मञ्चले महिला, आदिवासी जनजाति र दलितको सहभागिता सुनिश्चित गरेको छ । मञ्चमा प्रदेशभरका ५६ सदस्य आबद्ध छन् । ३ वर्षअघि एकराज गिरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति आएको थियो । कोरोना महामारीको विषम… पुरा पढौ

राजन बने सिनियर भेट्रान्स च्याम्पियन

राजन पौडेलले रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता २०७८ अन्तर्गत सिनियर भेट्रान्सको उपाधि जितेका छन् । आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा गोपीबहादुर भट्टराईलाई ६–७, ६–२ र सुपर टाइमा १०–५ ले पराजित गर्दै पौडेलले उपाधि जितेका हुन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको सिनियर भेट्रान्स डबल्सतर्फ गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछाने प्रथम भए । फाइनल खेलमा गोपी÷धरमको जोडी नवीन श्रेष्ठ र राजु गुरुङको जोडीमाथि… पुरा पढौ

केन्याली स्टेफन र नेपाल प्रहरीकी प्रसाँई पोखरा म्याराथन च्याम्पियन

पोखरा-सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गर्न सफल भईन् । नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६औं सस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो विदेशी धावक हुन् । १४ औं संस्करणमा जापानीज धावक योसुके ताकानासीले उपाधि जितेका थिए । केन्याली धावक कोसगेईले… पुरा पढौ

विश्वकप ग्लोबल क्रिकेटमा नेपालद्वारा ओमान पराजित

आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमीमा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको हो । कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीको उत्कृष्ट बलिङको मद्दतमा नेपालले ओमानमाथि सहज जित निकालेको हो । एक सय १८ रनको विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा सबै विकेट… पुरा पढौ

पोखरा म्याराथन सफल बनाउन पर्यटन व्यवसायीले साथ दिने

पोखरा । पोखरामा पछिल्लो समय यता खेलकुद गतिविधिमा पर्यटन व्यवसायीहरुले साथ दिने क्रम बढ्दै गएको छ । खेलकुद मार्फत पर्यटन प्रवद्र्धनको सम्भावनालाई मध्यनजर गर्दै पर्यटन व्यवसायीहरु समेत पोखरामा हुने खेलकुद गतिविधिलाई साथ र सहयोग गर्ने प्रचलन समेत बढ्दै गएको हो । यहि सिलसिलामा आगामी फागुन ७ गते हुने नेपालकै जेठो म्याराथन पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई समेत पोखरेली पर्यटन व्यवसायीहरुले साथ दिने जनाएका हुन् । पोखरेली पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन… पुरा पढौ

टाइगर कपः साबिक उपाधि विजेता गण्डकी बाहिरियो

पोखरा रंगशालामा जारी दोस्रो टाइगर कप आमन्त्रित खुला क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ साबिक उपाधि विजेता गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । अन्य टिमको फाइनल पुग्ने सम्भावना कायमै रहेपछि प्रतियोगिता रोचक बनेको छ । बिहीबार पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लब र टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले लगातार जित निकाल्दै फाइनल पुग्ने सम्भावना कायमै राखेका हुन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा आर्मीले साबिक विजेता गण्डकी… पुरा पढौ

सहारा क्लबलाई युकेबाट सिल्ड, मेडल र ट्रफी

२० औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताका लागि सहारा क्लब युकेले आयोजकलाई सिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेको छ । पोखरामा बिहीबार आयोजित समारोहमा सहारा युकेका सहकोषाध्यक्ष जगन गुरुङले सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लाई विभिन्न विधाका सिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेका हुन् । विजेता, उपविजेता, बेस्ट प्लेयर, स्ट्राइकर, डिफेन्डर, मिडफिल्डर, कोच, किपर, प्रत्येक म्याचको म्यान अफ दि म्याचलाई सहारा युकले विगत ६ वर्षदेखि नगदसहित सिल्ड, मेडल… पुरा पढौ

टाइगर कप भलिवल ः पुरुषतर्फ डिफेण्डिब च्याम्पियन गण्डकी र महिलातर्फ आयोजक टिम पराजित

पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा दोश्रो टाइगर कप आमन्त्रित भलिवल प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा पुरुषतर्फ डिफेण्डिब च्याम्पियन गण्डकी प्रदेश र महिलातर्फ आयोजक टाइगर ग्रुप पराजित भएको छन् । मंगलबार सम्पन्न पुरुषतर्फको खेलमा डिफेण्डिब च्याम्पियन गण्डकी विभागिय क्लव नेपाल पुलिस संग ३–० को सोझो सेटमा पराजित भएको छ । एपिएफ संग पहिलो खेल जितेर उत्साहका साथ मैदान उत्रिएको गण्डकीलाई पुलिसले २५–२२ ले जित्दै पहिलो सेटबाटै दवावमा राख्दै… पुरा पढौ

आहा रारामा १० टिम

आहा रारा गोल्ड कपको २० औं संस्करणमा १० टिम सहभागी हुने भएका छन् । आयोजक सहारा क्लब पोखराले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । प्रतियोगितामा संकटा क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल एपिएफ क्लब, मनाङ्ग मर्‍याङ्गदी क्लब र सहारा क्लब पोखरा सहभागी हुँदै छन् । प्रतियोगितामा बिवाइएसी मिनेसोटा अमेरिका पनि सहभागी हुने भएको छ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं