खेलकुद

१६ औं सहारा खेलकुद पत्रकारिता पुरस्कार परियारलाई

यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट दीपक परियार पुरस्कृत हुने भएका छन् । उनी १६ औं संस्करणको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएका हुन्। सहारा क्लवले प्रदान गर्ने उक्त पुरस्कार कान्तिपुर राष्ट्रिय दैनिकमा आवद्ध परियारलार्ई क्लवको २३ औं बार्षिकोत्सवको अवसरमा यही भदौं ३० गते प्रदान गरिने भएको सहारा क्लवले जनाएको छ । उक्त पुरस्कारको राषि २० हजार ५ सय ५५ रहेको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । क्लवका… पुरा पढौ

पोखरा फुटबल रंगशालामा फ्लड लाइट

पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष ५ करोड बजेट विनियोजन गरेर काम सुरु गर्ने भएको हो । रङ्गशालाको काम तीन वर्षअघिदेखि सुरु भएकामा हाल अन्तिम चरणमा पुगेको छ । १ अर्ब २८ करोड लागतमा निर्माण सुरु भइरहेको रङ्गशालामा सुरुआतमा ‘फ्लड लाइट’ र ‘स्कोर बोर्ड’ राख्ने योजना थिएन । अन्तर्राष्ट्रियस्तरका फुटबल… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्ड भर्चुअलबाटै

पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६÷०७७’ भर्चुअलमार्फत हुने भएको छ । अघिल्लो वर्षदेखि विश्वभर फैलिएको कोरोना भाइरस प्रभावका कारण अवार्ड समारोह स्थगित हुँदै आएको थियो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार बसेको २५ औं कार्यसमिति बैठकले अवार्डको पछिल्लो मिति तय गरेको हो । जसअनुसार असार १८ गते अवार्ड समारोह हुनेछ । सो दिन (जुलाई २ ) खेलकुद पत्रकारको लागि विशेष दिन ‘विश्व खेलकुद पत्रकार दिवस’ समेत हो ।जिल्ला प्रशासन कार्यालय… पुरा पढौ

पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा गोदार

दीपकबहादुर गोदार पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष बनेका छन् । साढे २ दशकदेखि खेलकुद क्षेत्रमा क्रियाशील गोदारलाई बुधबार अध्यक्षमा मनोनयन गरिएको हो । उनको कार्यकाल तीन वर्षको हुनेछ । क्योकुशिन कराँतेबाट खेलकुद करियर शुरु गरेको गोदार अहिले मुआथाई किक बक्सिङका नेपालका प्रमुख प्रशिक्षक हुन् । उनकै प्रशिक्षकत्वमा नेपाली खेलाडीले मकाउ, थाईल्याण्ड, कोरिया,टर्की लगायतका देशमा अन्तराष्ट्रिय प्रतिस्पर्धाको एरिनामा उत्रिसकेका छन् । उनले आफैंले पोखरा रंगशालाभित्र कराँते तथा मुआथाईको प्रशिक्षक गराउँदै… पुरा पढौ

प्रो–३५ वुमन्स क्रिकेट सिरिज- पोखरा क्रिकेट क्लबको १–० को अग्रता

पोखरा क्रिकेट क्लबले अल्फ त्रिकेट एकेडेमीलाई २२ रनले पराजित गर्दै दुई खेलको श्रृखंला १–० ले अग्रता लिएको छ । मैत्रीपूर्ण सिरिजको दोस्रो खेल शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा हुने छ । पोखरा क्रिकेट क्लबको आयोजना तथा वाईनकिङको मुख्य प्रायोजनमा आयोजित प्रो–३५ वुमन्स क्रिकेट प्रतियोगितामा घरेलु टोलीले टस जित्दै व्याटिङमा उत्रिएको थियो । ३० ओभरको खेलमा पोखरा क्रिकेट क्लबले १७० रन बनाउने क्रममा सात विकेट गुमायो । कविता कुँवरले अर्धशतकीय पारी… पुरा पढौ

मौजामा हाइ अल्टिच्युड खेल मैदान

अहिले ठूला ठूला रंगशाला सहर केन्द्रित छन् । अबको केही वर्षपछि सहरी कोलाहलबाट मुक्त ठाउँमा मात्र खेलकुद हुन सक्ने र दर्शक पनि आकर्षित हुने देखिन्छ । यही विश्वासका साथ पोखरा महानगरपालिकाले १ हजार ६ सय ५० मिटरमा फुटबल मैदानबनाउन थालेको छ । मैदान शनिबार पोखरा महानगरका मेयर मानबहादुर जिसी र गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले संयुक्त रुपमा शिलान्यास गरे। सेमी हाइ अल्टिच्युड खेल मैदानका रुपमा निर्माण गर्न लागिएको यो मैदानकाछुट्टै… पुरा पढौ

१० किमी दौड पुरुषतर्फ तीर्थ र महिलातर्फ फूलमतीलाई उपाधि

पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिबार सम्पन्न पुरुष तथा महिला दौडको उपाधि तिर्थ पुन र महिलातर्फ शसस्त्र प्रहरी बल एपिएफ क्लवकी फूलमती रानाले जितेका छन । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको उक्त दौड अन्तर्गत पुरुषतर्फ भारतिय सेनामा कार्यरत तिर्थ पुनले ३३ मिनेट ३३.०८ सेकेण्डमा दौड पुरा गर्दै उपाधि सहित नगद १५ हजार, मेडल र प्रमाणपत्र हात पारेका छन । त्यसै गरी पुरुष तर्फ नै नेपाली… पुरा पढौ

सृजना कप भलिबलमा शान्ता मावि च्याम्पियन

तेश्रो सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगितामा शान्ता माविले दोहोरो उपाधि जितेको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा पोखरामा सम्पन्न तेश्रो सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगिताको छात्र तथा छात्रा दुबैतर्फको उपाधि शान्ता मावि भकुण्डेले जितेको हो । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार भएको फाइनल खेलमा छात्रतर्फ कालिका मावि र छात्रातर्फ अमरसिंह माविलाई हराउँदै शान्ता माविले दोहोरो उपाधिसहित नगद… पुरा पढौ

ला ग्राण्डी कलेजमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न

पोखराको सिमलचौरमा अवस्थित ला ग्राण्डी ईन्टरनेशनल कलेजमा वि.सि.ए., वि.वि.ए.तथा वि.पि.एच. कार्यक्रमहरुका विभिन्न सेमेष्टरहरुमा अध्ययनरत विद्यार्थीहरु बीच वार्षिक खेलकुद कार्यक्रम आयोजना भएको छ । उक्त कार्यक्रम यहि चैत्र ४ गते बुधबार बाट ७ गते शनिबार सम्म सञ्चालन भएको थियो । कलेजका प्रिन्सिपल ई. किरण केसीले रेफ्रिलाई बल हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा छात्रा तथा छात्र तर्फ फुटसल, भलिबल, बास्केटवल, ब्याडमिण्टन, टेवलटेनिस र चेस खेलहरु संलग्न थिए । कार्यक्रमको पहिलो… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई सहयोग

पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६/०७७ को मिति नजिकिँदै गर्दा सहयोगीदाता पनि बढ्दै गएका छन् । यसैक्रममा पोखरा लेकसाइडमा सञ्चालित माई होटलले प्रायोजन गरेको छ । होटलका प्रबन्ध निर्देशक तोरणबहादुर बानियाँले उत्कृष्ट उदियमान खेलाडीलाई प्रदान गरिने ३५ हजार रुपैयाँ प्रायोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरी र बानियाँबीच मंगलबार सो सम्बन्धमा सहमति भएको छ ।गण्डकी प्रदेशकै गौरव पोखरा स्पोर्टस् अवार्डमा यसपालि विभिन्न ७… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं