पोखरा रंगशालामाभएको वाइवाइ यु–१९ गण्डकी प्रदेश छनोट क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा कास्की विजयीभएको छ । शनिबार पोखरा रंगशालामा भएको खेलमा कास्कीले तनहुँमाथि ५४ रनको जित निकालेको हो ।
टस जितेर ब्याटिङगरेको कास्कीले पूरा ४० ओभर खेल्दै ९ विकेट क्षतिमा १ सय ६४ रन बनाएको थियो । प्रत्युत्तरमातनहुँले २९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय १० रनमात्रै बनाउन सक्यो ।
कास्कीको ब्याटिङमा अर्जुन कुमालले ४९ र अभिषेक थापाले ४० रन बनाए ।
तनहुँका बलर विनोद नेपालीले २२ रन खर्चिएर ४ विकेट लिएकाथिए । कास्कीका बलर सुवास भण्डारीले कसिलो बलिङगर्दै १९ रन खर्चिएर महत्पूर्ण ५ विकेट लिएपछि तनहुँको पारी १ सय १० रनमा समेटिएको हो ।
तनहुँको तर्फबाट विनोद नेपालीले १८ रन जोडे । खेलमाकास्कीका सुवास भण्डारी म्यानअफ द म्याचभए । प्रतियोगिताभर कुल १०विकेट लिएकाउनी सर्वोत्कृष्ट बलरसहितम्यानअफ द सिरिज पनिचुनिए । त्यस्तै, प्रतियोगिता भर १ सय ३७ रन बनाएका स्याङ्जाकामिलन क्षेत्रीउत्कृष्ट ब्याट्स्म्यान भए ।
विजयी खेलाडीलाई समापन समारोहमापोखरा महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रजु, ग्रान्ड हिमालयक्रिकेट एकेडेमीअध्यक्ष सुदीपशर्मा लगायतले पुरस्कार वितरण गरे । आयोजकप्रदेश क्रिकेट संघ गण्डकीअध्यक्ष देवेन्द्र प्रजुले कार्यक्रम सफलपार्न सहयोग गर्ने सहयोगी, अफिसियल, खेलाडी सबैलाई धन्यवाद ज्ञापन गरे ।
आयोजक संघका सचिव सुमन कार्कीले कार्यक्रम सञ्चालन गरेकाथिए । सोही समारोहमागतवर्ष प्रधानमन्त्रीकपक्रिकेट प्रतियोगितामाउत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु सुवास भण्डारी, अर्जुन कुमाल, अभिषेक थापा, समीर कँडेल र विशाल भण्डारीलाई वाइनकिङको तर्फबाट नगदसहित सम्मानगरिएको थियो ।




