खेलकुद

ला ग्राण्डी कलेजमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न

पोखराको सिमलचौरमा अवस्थित ला ग्राण्डी ईन्टरनेशनल कलेजमा वि.सि.ए., वि.वि.ए.तथा वि.पि.एच. कार्यक्रमहरुका विभिन्न सेमेष्टरहरुमा अध्ययनरत विद्यार्थीहरु बीच वार्षिक खेलकुद कार्यक्रम आयोजना भएको छ । उक्त कार्यक्रम यहि चैत्र ४ गते बुधबार बाट ७ गते शनिबार सम्म सञ्चालन भएको थियो । कलेजका प्रिन्सिपल ई. किरण केसीले रेफ्रिलाई बल हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा छात्रा तथा छात्र तर्फ फुटसल, भलिबल, बास्केटवल, ब्याडमिण्टन, टेवलटेनिस र चेस खेलहरु संलग्न थिए । कार्यक्रमको पहिलो… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई सहयोग

पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६/०७७ को मिति नजिकिँदै गर्दा सहयोगीदाता पनि बढ्दै गएका छन् । यसैक्रममा पोखरा लेकसाइडमा सञ्चालित माई होटलले प्रायोजन गरेको छ । होटलका प्रबन्ध निर्देशक तोरणबहादुर बानियाँले उत्कृष्ट उदियमान खेलाडीलाई प्रदान गरिने ३५ हजार रुपैयाँ प्रायोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरी र बानियाँबीच मंगलबार सो सम्बन्धमा सहमति भएको छ ।गण्डकी प्रदेशकै गौरव पोखरा स्पोर्टस् अवार्डमा यसपालि विभिन्न ७… पुरा पढौ

यसपालिको आहा रारा गोल्ड कपमा ८ टिम

मोफसलकै प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १९ औं संस्करणमा ८ टिम सहभागी हुने भएका छन् ।१ विदेशी र ७ नेपाली क्लब चैत २१ देखि २८ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । प्रतियोगितामा मनाङ मस्र्याङदी, नेपाल पुलिस, थ्री स्टार, एपिएफ, संकटा, सहारा, मछिन्द्र, अफ्रिकन रुट एसोएसन क्यामरुन सहभागी हुने सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । गत संस्करणमा पुलिसलाई… पुरा पढौ

जित र जेनिसलाई ब्याडमिन्टन उपाधि

प्रथम विमल शेरचन स्मृति नेपाल थकाली पुरुष डबल्स् खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि बागलुङको वुर्तिवाङ क्षेत्रबाट सहभागी जितबहादुर शेरचन र जेनिस शेरचनको जोडीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा जितबहादुर र जेनीसले थासाङ युथ क्लब काठमाडौंको टिममा सहभागी बलबहादुर शेरचन र गोकुल शेरचनको जोडीलाई सोझो सेटमा पराजित गर्र्दै उपाधि जितेको हो । थकाली सेवा समिति पोखरा थासाङ युवा परिवारको थकाली युथ ब्याडमिन्टन ग्रुपको आयोजनामा शुक्रबार पोखरामा भएको प्रतियोगितामा पोखराको घरेलु… पुरा पढौ

पोखरा सुपर जनरल टी–२० क्रिकेटको सेमिफाइनमा

आयोजक टिम पोखरा सुपर जनरल अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समुह ‘क’ को अन्तिम खेलमा बालुवाटर क्रिकेट क्लव काठमाण्डौलाई ४ विकेटले पराजित गर्दै पोखराले अन्तिम चारमा स्थान सुरक्षित पारेको हो । के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा जित निकाल्दै ४ अंक सहित समुहमा दोश्रो स्थानमा रहेर पोखरा सेमिफाइनलमा पुगेको हो । खेलमा टस जितर व्याटिङ गरेको… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डको पुरस्कार बढ्यो

पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशिमा वृद्धि भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्न लागेको पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६/७७ मा विभिन्न विधामा वितरण गरिने पुरस्कारको राशिमा वृद्धि गरिएको हो । मञ्चले २०७८ वैशाख २० मा पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी विभिन्न ७ विधामा अवार्ड प्रदान गर्नेछ । तीमध्ये लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल… पुरा पढौ

मुख्यमन्त्री कप भलिबलमा १० टीम

पोखरामा फागुन ४ गते मंगलबारदेखि गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप भलिबल प्रतियोगिता शुरु हुने भएको छ । फागुन ८ गतेसम्म पोखरा रङ्गशालाभित्रको भलिबल टेक्निकल सेन्टरमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक कास्की जिल्ला भलिबल संघले आईतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । भलिबल खेलको माध्यमबाट गण्डकी प्रदेशलाई ‘खेलकूदको हब’का रुपमा विकास गर्ने लक्ष्यसहित शुरु हुने प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाले सहभागिता जनाउने संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए… पुरा पढौ

सेनाका राजन रोकायालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथन उपाधि

नेपाली सेनाका राजन रोकायाले १५औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जित्न सफल भएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आज पोखरामा सम्पन्न म्याराथनमा रोकायाले दुई घण्टा २८ मिनेट ५६ सेकेण्डमा निर्धारित ४२ किमी दूरी पूरा गरी उपाधिसहित नगद रु दुई लाख तथा ट्रफी पुरस्कार प्राप्त गरे । यसैगरी द्वितीय र तृतीय स्थानको उपाधिसमेत सेनाका धावकहरूले जिते । सेनाका ज्ञानप्रसाद भट्टराईले दुई घण्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा… पुरा पढौ

भेट्रान्स टेनिसमा एकलतर्फ विकास, डबल्सतर्फ नवीनको जोडीलाई उपाधि

पोखरा सडक महोत्सवको पूर्वाद्र्धमा रेवान पोखराद्वारा आयोजित भेट्रान्स टेनिस प्रतियोगितामा एकलतर्फको उपाधी विकास गुरुङ्गले तथा डबल्सतर्फको उपाधी नविन जोडीले जितेका छन् । मंगलबार लेकसाइडको गुरुङ्ग भिलेज टेनिस कोर्टमा सम्पन्न फाइनल खेलमा विकासले कर्ण तामाङ्गलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गरे । डबल्सतर्फ नवीन श्रेष्ठ र नविन चालिसेको जोडीले विकास गुरुङ्ग र सूर्य भुजेलको जोडीमाथि ३–६, ६–३ र सुपरटाइमा १०–८ को कठिन नतिजा निकाल्दै उपाधी आफ्नों पोल्टामा पारेको हो ।… पुरा पढौ

अरण्यज्योति फराकिलो रनले पराजित

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित क्लबस्तरीय क्रिकेट प्रतियोगितामा माछापुच्छ«े क्रिकेट क्लबसँग अरण्यज्योति क्रिकेट क्लब पराजित भएको छ । माछापुच्छ«ेको जितसँगै समूह एमा दुई जित निकाल्दै फाईनलमा प्रवेश गरेको छ । माछापुच्छ«े क्रिकेटले पहिले व्याटिङ गर्दै २७६ रनको योगफल तयार पार्यो । विशाल लक्ष्य प्रस्तुत गर्ने क्रममा अभिषेक थापाले शतकीय पारी खेले । उनले अरण्यज्योतिसँग दोस्रो खेल खेल्ने क्रममा ११० रनको महत्वपूर्ण योगदान दिए । उनले १२ चौका १ छक्का… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं