खेलकुद

काँस फुल्ने बगरमा स्काई साइक्लिङ

कालीगण्डकीको अग्लो खोँच । कतै डोरीमा झुन्डिएर कालीगण्डकीको बहाव नजिकै पुग्ने गरी झोलुङ्गे पुलबाट खसिरहेका देखिन्छन् त कतै एउटै डोरीमा झुन्डिएको एउटा टापुबाट अर्को टापुको गन्तव्य भेट्न एकल डोरीमा कुदिरहेका देखिन्छन् । पारिवारिक पिङ, एकल पिङ र अरू प्राकृतिक आकृतिमाथि बनेका कृत्रिम संरचनामा रम्नेहरूको कमी छैन । यस्तै, विभिन्न एड्भेन्चरलगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो व्यावसायिक स्काई साइक्लिङको अर्कै मज्जा… पुरा पढौ

टाइगर कप च्याम्पियनलाई ३ लाख

पर्यटकीय सहर पोखरामा दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक टाइगर ग्रुप पोखराले शनिबार पोखरा रंगशालामा पत्रकार सम्मेलन गरी सो जानकारी दिइएको हा । यही पुस २६ देखि आगामी माघ १ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा आयोजना गरिएको प्रतियोगिताको सहभागी टोली आउन सुरु भएको र तयारी अन्तिम चरणमा पुगेको सो अवसरमा जानकारी गराइयो । प्रतियोगिताले नेपालको राष्ट्रिय खेल… पुरा पढौ

सुजन पुन बने आर्चरी च्याम्पियन

म्याग्दीका सुजन पुन गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिताको च्याम्पियन बनेका छन् । उनी म्याग्दीकै उमेश तिलिजालाई फाइनल सेट प्वाइन्ट ६–२ अंकले पराजित गर्दै च्याम्पियन बनेका हुन् । उनले नगद २५ हजार पुरस्कार प्राप्त गर्दा उमेशले भने नगद २० हजारमा चित्त बुझाए । पुन पहिलो दिनको ¥याङकिङ राउन्डमा २७७ अंक हान्दै नकाउट चरण प्रवेश गरेका थिए । नकाउट चरणमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै अन्ततः च्याम्पियन बन्न सफल भए । कास्की… पुरा पढौ

मर्दि हिमालमा समर स्की महोत्सव हुने

पछिल्लो समय लोकप्रिय गन्तव्यको रुपमा विकसित हुँदै गईरहेको मर्दि हिमालमा समर स्की महोत्सव हुने भएको छ । दीगो हिमालयन कोष नामक सँस्थाको आयोजनामा मर्दि हिमालको आधार शिविरमा महोत्सव हुने भएको हो । आयोजक सँस्थाका सदस्य प्रभात अधिकारीका अनुसार यही फेब्रुवरी १० देखि १८ (माघ २७ देखि फागुन ३) सम्म स्की महोत्सव गर्न लागिएको हो ।नेपालमा स्की पर्यटनको विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको अधिकारीले बताए । यो महोत्सवलाई ग्रेट हिमालयन… पुरा पढौ

वडा नं. १६ वडास्तरीय ब्याडमिन्टन च्याम्पियन

पुरुष एकल र पुरुष डबल्स तर्फ स्वर्ण तथा रजत पदक जितेपछि महानगर वडास्तरीय व्याडमिन्टन च्याम्पियन पोखरा महानगरपालिका वडा नं १६ बनेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको महानगर वडास्तरीय व्याडमिन्टनमा पुरुष एकल, पुरुष डबल्स तर्फ स्वर्ण पदक जित्दै वडा नं १६ च्याम्पियन बनेको हो । पोखरा रंशगालास्थित व्याडमिन्टन कभर्ड हलमा मंगलबार भएको फाईनल प्रतिस्पर्धामा पुरुष एकल तर्फ विशाल खड्का(१६)ले आफनै वडाका ईशान खड्का(१६)लाई प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै… पुरा पढौ

आहा राराका लागि मुल आयोजक कमिटी

२० औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ भव्य र सभ्य रूपमा सञ्चालन गर्नका सहारा क्लब अध्यक्ष हरिराम गुरुङ ‘सुरज’को अध्यक्षतामा ५ सय १ सदस्यीइ मुल आयोजक कमिटी गठन भएको छ । प्रतियोगिता माघ ६ गतेदेखि १५ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगिता संयोजक क्लबका वरिष्ठ उपाध्यक्ष केशवराज बरालले बताए । मुल आयोजक कमिटी सदस्य सचिवमा क्लबका महासचिव रामजीप्रसाद अधिकारी चयन भएका छन् । खेलकुदसँग सम्बन्धित संघ, संस्थाका प्रतिनिधि र व्यक्तित्वरहेको… पुरा पढौ

शनिबार मनाङले होम ग्राउण्डमा पुलिससँग खेल्ने

मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लबको प्रतिस्पर्धा नयाँ होईन् । पोखराको मैदानमा दुवैको इतिहास गर्विलो छ । मोफसलमा आयोजित नकाउट फुटबलमा गर्विलो इतिहास बनाएका दुवै टोली आगामी पुस ३ गते एकापसमा भिड्दै छन् । दुवैको भेट कतार एयरेवज शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत हुने छ । मनाङमस्र्याङ्दीको होम ग्राउण्ड हो पोखरा रंगशाला फुटबल मैदान । त्यही होम ग्राउण्डमा मनाङले पहिलो खेल नेपाल पुलिस क्लबसँग खेल्दै छ । २०४० सालमा… पुरा पढौ

पुसमा गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव

‘गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव’ आगामी पुस १५ देखि २६ गतेसम्म गलकोट नगरपालिका–६ मजुवा फाँटमा हुने भएको छ । ‘ड्रिम टिम गलकोट’को आयोजनामा हुने महोत्सवको तयारी अगाडि बढाइएको संस्थाका अध्यक्ष रुपक पाण्डेले बताए । १२ दिनसम्म चल्ने महोत्सवमा खुला भलिबल प्रतियोगिता, गलकोट डान्स आइडल–२०७८, रत्यौली, माछा छोप्ने (हत्केला खेल्ने), दौड, ब्याडमिन्टन, टेबुलटेनिसलगायत प्रतियोगिता हुनेछन् । महोत्सवमा मौलिक कला, संस्कृतिको प्रदर्शन, रमाइलो मेला र साङ्गीतिक कार्यक्रम पनि हुने उहाँले जानकारी दिए… पुरा पढौ

यु १९ क्रिकेटका लागि गण्डकीको टोली घोषणा

गण्डकी प्रादेशिक क्रिकेट संघले काठमाडौंमा आयोजना हुने ‘वाईवाई यु–१९’ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि विष्णु पाण्डेको कप्तानीमा टोली घोषणा गरेको छ । गत कात्तिक २९ देखि मंसिर ४ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन भएको प्रादेशिक छनोट प्रतियोगिताबाट गण्डकीको टोली छनोट गरिएको हो । गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुका अनुसुार १४ नियमित र ४ वैकल्पिक खेलाडी छनोट गरिएको छ । टोलीको उपकप्तानको जिम्मेवारी सुभाष भण्डारीलाई दिइएको छ । छनोट भएका… पुरा पढौ

कास्की ५४ रनले विजयी

पोखरा रंगशालामाभएको वाइवाइ यु–१९ गण्डकी प्रदेश छनोट क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा कास्की विजयीभएको छ । शनिबार पोखरा रंगशालामा भएको खेलमा कास्कीले तनहुँमाथि ५४ रनको जित निकालेको हो । टस जितेर ब्याटिङगरेको कास्कीले पूरा ४० ओभर खेल्दै ९ विकेट क्षतिमा १ सय ६४ रन बनाएको थियो । प्रत्युत्तरमातनहुँले २९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय १० रनमात्रै बनाउन सक्यो ।कास्कीको ब्याटिङमा अर्जुन कुमालले ४९ र अभिषेक थापाले ४० रन बनाए ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं