२० औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ भव्य र सभ्य रूपमा सञ्चालन गर्नका सहारा क्लब अध्यक्ष हरिराम गुरुङ ‘सुरज’को अध्यक्षतामा ५ सय १ सदस्यीइ मुल आयोजक कमिटी गठन भएको छ ।
प्रतियोगिता माघ ६ गतेदेखि १५ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगिता संयोजक क्लबका वरिष्ठ उपाध्यक्ष केशवराज बरालले बताए । मुल आयोजक कमिटी सदस्य सचिवमा क्लबका महासचिव रामजीप्रसाद अधिकारी चयन भएका छन् । खेलकुदसँग सम्बन्धित संघ, संस्थाका प्रतिनिधि र व्यक्तित्वरहेको १ सय १ सदस्यीय सल्लाहकार समिति पनि बनाइएको छ ।




