पोखरा म्याराथन च्याम्पियनलाई ४ लाख

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशिमा शत्प्रतिशत वृद्धि गरेको छ भने सुजल डेरीको उत्पादन सफल दूधले मुख्य प्रायोजनका लागि निरन्तरता दिने दिएको छ ।

मञ्चद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमार्पmत खुल्ला ४२.१९५ किमी म्याराथनतर्फ प्रथम पुरस्कार चार लाख नगद पु¥याइएको घोषणा गरिएको हो । यो पुरस्कार राशि गत वर्षको भन्दा दोब्बर हो । आगामी फागुन १९ गते पोखरामा आयोजना हुने १६औँ संस्करणको पोखरा म्याराथनतर्फ हुने सबै २१ किमी महिला हाफ म्याराथनबाहेक महिला पुरुष १० किमी र छात्रछात्रा पाँच किमी, ह्विल चियर तथा दृष्टिविहीन दौडतर्फ गत वर्षको तुलनामा पाँच÷पाँच हजार रुपैयाँ राशिमा वृद्धि गरिएको हो ।

नेपालको म्याराथन इतिहासमा नै पोखरा म्याराथनमा पुरस्कार चार लाख पु¥याइएको दाबी गर्दै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले ४२.१९५ किमीतर्फको दोस्रो पुरस्कार दुई लाख, तेस्रो हुनेले एक लाख र सान्त्वनातर्फ ३० हजार रुपैयाँ प्राप्त गर्ने जानकारी दिए ।

सबै विद्यातर्फ गरी कूल २८ जना पुरस्कृत हुनेछन् । पुरस्कार राशि वृद्धि गरिएको बताउँदै उहाँले भन्नुभयो, “गत वर्ष पुरस्कार राशि कूल आठ लाख रहेकामा यो वर्ष सबै विद्यागत रूपमा बढाउँदा १२ लाख ३० हजार पु¥याएका छौँ ।”

पुरस्कार राशिमा वृद्धिले दक्षिण एसियाली देशका धावकसँगै अन्य अन्तर्राष्ट्रिय धावकहरूलाई आकर्षण गर्न सहयोग पुग्ने धारणा अघि सार्दै मञ्चका अध्यक्ष पराजुलीले भने, “म्याराथनको माध्यमबाट पोखरालाई विश्वमा परिचित गराउन सफल हुने विश्वास लिएका छाँै ।”

आगामी तीन वर्षमा पोखरा म्याराथनलाई म्याराथनहरूको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’मा दर्ता गराउने योजनासँगै प्रथम पुरस्कार राशि १० लाख पु¥याउने लक्ष्यका साथ अघि बढेको बताउँदै उहाँले अभियान पूरा गर्न सङ्घ, प्रदेश, स्थानीय सरकार र प्रायोजक सङ्घसंस्थाहरू र सरोकारवालाहरूको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

पोखराको प्रतिष्ठित घराना लक्ष्मी ग्रुप अन्तर्गतको उद्योग सुजल डेरीको मुख्य उत्पादन सफल दूधले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई मुख्य प्रायोजनको भूमिकालाई निरन्तरता दिएको छ । विगत ६ वर्षदेखि निरन्तर रूपमा पोखरा म्याराथनसँग सहकार्य गर्दै आएको सफल दूधले आगामी तीन वर्षका लागि मुख्य प्रायोजकका रूपमा सम्झौता गरेको छ । उद्योगका निर्देशक सुनिल श्रेष्ठ र मञ्चका अध्यक्ष पराजुलीले सम्झौतापत्र आदानप्रदान गरे ।

सो अवसरमा उद्योगका निर्देशक श्रेष्ठले पोखरा म्याराथनसँग सम्झौता गर्न पाउनु सुखद रहेको बताउँदै पोखरालाई म्याराथनको माध्यमबाट विश्वमा परिचित गराउँदै खेलकुद पर्यटनको राजधानीका रूपमा स्थापित गर्न उद्योगले सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङले पोखरालाई मात्रै नभई गण्डकीलाई दौडको प्रदेशको रूपमा स्थापित गर्न परिषदले आफ्ना कार्यक्रमहरू तय गरेको जानकारी दिए ।

मेजर दिलबहादुर गुरुङको संयोजकत्वमा खड्गबहादुर रानाभाट, अशोक पालिखे, योगेन्द्रबहादुर बस्नेत, जयराम हमाल, जगनबहादुर गुरुङ, खेमबहादुर गुरुङ, मञ्जुलमान श्रेष्ठ, शम्भु कार्की, तिलक केसी, महेश गुरुङ, गणेशबहादुर भट्टराई, नारायण कार्की, प्राडा वीरेन्द्रसिंह गुरुङ र खेमबहादुर गुरुङ रहनुभएको १४ सदस्यीय सल्लाहकार समितिको पनि घोषणा गरिएको थियो ।