खेलकुद

कास्कीबाट प्याराग्लाइडिङ खेलाडी छानिए

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीबाट प्याराग्लाइडिङ खेलाडी छनोट भएका छन् । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीले खेलाडी छनोट गरेको जनाएको हो । संघका अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य वसन्तराज दवाडीका अनुसार नवौं राष्ट्रिय प्रतियोगिता प्रदेश स्तरीयका लागि २ छुट्टाछुट्टै इभेन्टका लागि खेलाडी छनोट गरिएको छ । जिल्ला खेलकुद विकास समिति कोषाध्यक्ष कञ्चन थापाले प्याराग्लाइडिङमा २ वैकल्पिक सहित महिला र पुरुष गरी १५ जनाको अन्तिम नामावली प्राप्त भएको… पुरा पढौ

लामाचौर तीज महोत्सवअन्तर्गत राष्ट्रिय भलिबल सुरु

११ भदौ , शनिबार । लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत शनिबारदेखि लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ । पहिलो दिनको खेलमा नेपाल पुलिस विजयी हुँदा अर्को खेल स्थगित भयो । नव आदर्श सामुदायिक विकास समाजले हरितालिका तीजको अवसरमा भदौ १२ देखि १४ सम्म आयोजना गरेको २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ को पूर्वसन्ध्यामा भलिबल प्रतियोगिता सुरु भएको हो । चार दिनसम्म चल्ने प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस… पुरा पढौ

लामाचौर तीज महोत्सवमा शनिबारदेखि भलिबल

पोखराको लामाचौरमा शनिबारदेखि लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुँदैछ । नव आदर्श सामुदायिक विकास समाजले हरितालिका तीजको अवसरमा आयोजना गर्ने २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ मा भलिबल प्रतियोगिता गर्न लागेको हो । विगतमा महिला भलिबलमात्र हुँदै आएकोमा यसपालि पुरुष भलिबल पनि थपिएको हो । लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्राङ्गणमा भदौ ११ देखि १४ गतेसम्म भलिबल प्रतियोगिताका खेलहरु हुने प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए । लामाचौर महोत्सवको… पुरा पढौ

नवौं खेलकुद: अझै खेल पूर्वाधारकै चिन्ता

कृष्ण दवाडीकास्की, ४ भदौ२०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौँ आयोजनाको जिम्मेवारी पायो । गण्डकीको टोलीलाई २ वर्षपछि नवौँ आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरियो । गण्डकीमा २०७७ को फागुन अन्तिम सातालाई तय भएको राष्ट्रिय खेलकुद यसबीचमा कोरोनाका कारण पटक पटक प्रभावित बन्यो । पछिल्लो पटक आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म प्रतियोगिताको मिति तय गरेर तयारीका काम अघि बढाइएको छ । तर पनि… पुरा पढौ

भदौ २० भित्र प्रदेश छनोट गरेर बन्द प्रशिक्षण–गण्डकी खेलकुद परिषद

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी खेलकुद परिषदले ७ गतेदेखि १२ गतेभित्रमा जिल्ला छनोट गरिसक्न निर्देशन गरेको छ । जिल्ला छनोट भएका खेलाडीलाई परिषदले १५ गतेदेखि १९ गतेभित्रमा छनोट गर्ने छ । केही खेललाई परिषदले विशेष प्रशिक्षणमा राखेपछि प्रदेश छनोट गर्ने टुग्याउने छ । जिल्ला छनोटको लागि जिल्ला खेलकुद मार्फत विभिन्न संघहरुलाई खेलाडी फर्म दर्ताको लागि पठाईसकिएको छ । दर्ता भएको फर्मकै आधारमा खेलाडीहरु जिल्ला छनोटमा सहभागिता जनाउन पाउने छन्… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद नवलपुरमा पनि हुनुपर्छ- खेलकुदकर्मी

असोजको अन्तिम साता नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको संघारमा गण्डकी प्रदेश छ । प्रदेशका सबै जिल्लामा खेल खेलाउने योजना छ । यद्यपी राष्ट्रिय खेलकुद परिषदले ठोस निर्णय गरेको छैन् । खेल व्यवस्थापन उपसमिति भने खेल मैदान हेर्न दौडधुपमा छ । कुन खेल कहाँ खेलाउने भन्ने निर्णय नहुदाँ त्यस अनुसारको तयारी समेत गर्न सकिएको छैन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको खेल मैदान व्यवस्थापन उपसमितिसँग जिल्ला खेलकुद विकास समिति नवलपुरले आयोजना… पुरा पढौ

पिसिएममा शिक्षक-कर्मचारी फुटसल

पोखरा कलेज अफ म्यानेजमेन्टमा कार्यरत शिक्षक तथा कर्मचारीबीच फुटसल प्रतियोगिता भएको छ । पोखरा फुटसल अरिना गैह्रापाटनमा भएको प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीको उपाधि राजकिरण छत्कुली, सर्वाधिक गोलकर्ताको उपाधि निकेश कर्मचार्य र सर्वात्कृष्ट गोलरक्षकको उपाधि सरोज कुँवरले जिते । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई कलेजका प्राचार्य लिना नेगी श्रेष्ठ र निर्देशक प्राञ्जल कायस्थले मेडल र पुरस्कार प्रदान गरे । प्राचार्य श्रेष्ठले कलेजले यस्ता कार्यक्रम विगतदेखि गर्दै आएको र… पुरा पढौ

पोखरामा खुल्यो अन्तर्राष्ट्रिय स्तरको फनपार्क

सहरी क्षेत्रभित्रै शान्त र मनोरम ठाउँ, सबै उमेरकालाई मनोरञ्जन, विरलै सम्भव हुन्छ । आयु इन्टरटेनमेन्ट प्रालिले पोखरा १७ महतगौंडा, सीतापाइलामा यस्तै फरक काम थालेको छ । चर्चित ढुंगेसाँघु मेला लाग्ने ठाउँनजिकै शनिबारबाट फस्टेल ड्रिमपार्क सञ्चालनमा आएको हो । ६५ रोपनीमा नेपालकै ठूलो र सुविधासम्पन्न फनपार्क बनेको छ । प्रालिका अध्यक्ष कदम केसीले बच्चादेखि वृद्धसम्म सबैलाई १ दिनभरि मनोरञ्जन दिन सक्ने फनपार्क अनौपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिए । ड्रिमपार्क पोखराकै… पुरा पढौ

हिमाल र उषा बने पोखरा राष्ट्रिय साइक्लिङ च्याम्पियन

पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा पुरुषतर्फ हिमाल टमाटा र महिलातर्फ उषा खनाल विजयी भएका छन् ।पोखरा महानगर खेलकुद विकास समितिको आयोजना, साइकल सिटी पोखरा र साइक्लिङ संघ कास्कीको सहआयोजनामा पोखरामा शनिबार भएको ४५ किलोमिटरको प्रतियोगितामा नेपाल आर्मीका टमाटा र गोरखाकी उषा प्रथम भएका हुन् । २ घण्टा ३४ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार गर्दै टमाटा पुरुषतर्फ र सोही दुरी ३ घण्टा ८ मिनेट ४० सेकेण्डमा पार गर्दै महिलातर्फ उषा प्रथम… पुरा पढौ

परीक्षणमै सीमित भयो सहस्रधारा ‘क्यानोनिङ’

बागलुङ, २४ जेठदुई पटकको सफल परीक्षणले सहस्रधारा झरनामा साहसिक खेल छाँगावरोहण (क्यानोनिङ) व्यावसायिक बन्नेमा यहाँका धेरैलाई आशा जगाएको थियो । विसं २०७४ फागुनमा गरिएको परीक्षण सफल भएपछि विसं २०७६ असारमा त खेलकै रूपमा ‘क्यानोनिङ’ आयोजना गरियो । २० जनाले शुल्क तिरेरै छाँगावरोहण गरे । गलकोट नगरपालिका–३ स्थित झरनामा भएको छाँगावरोहण जिल्लाकै पहिलो भएकाले निकै प्रचारसमेत गरियो । छाँगावरोहण गरेको हेर्न दर्शक पनि ओइरिए । स्थानीले बाजागाजा र नाचगानसहित खेल सुरु… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं