खेलकुद

पदक विजेता ४१ खेलाडीलाई महानगरको सम्मान

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा सहभागी भई पदक विजेता पोखरा महानगरवासी खेलाडी सहित प्रशिक्षकलाई नगदसहित सम्मान गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी लगायतले ४१ पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेका हुन् । पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काका अनुसार हालसम्म प्रतियोगीताका विभिन्न इभेन्टहरूमा सहभागी पोखरा महानगरवासी खेलाडीले… पुरा पढौ

आइटिएफमा आर्मी र बागमतीलाई स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइटिएफ तेक्वान्दोमा त्रिभुवन आर्मी र बागमती प्रदेशले थप स्वर्ण हात पारेका छन् ।पुरुष टिम प्याट्रनमा आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो ।पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेशले रजत र महिलातर्फ आर्मीले रजत पदक जितेको छ । यसअघि एकल प्याट्रनमा आर्मीले तीन र बागमतीले दुई स्वर्ण हाँसिल गरेको थियो । प्रतियोगितको पहिलो दिन शनिबार भएका प्रतिस्पर्धामा पनि आर्मीले तीन स्वर्णसहित बर्चश्व कायम गरेको… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः प्याराग्लाइडिङ दुर्घटना हुँदा आर्मीका खेलाडी निशिमको निधन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापाको निधन भएको छ । आइतबार उडानको केही समय पछि नै उनी दुर्घटनामा परेका हुन् । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाबाट सहभागी २८ वर्षिय निशिम पोखरा सराङकोटबाट उडान भरेका थिए । प्रतियोगिता अन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रिको खेल जारी रहेको थियो । “उडान लगतै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो,” एक प्रत्यक्षदर्शीले भने–“उनी सोझै पोखरा १८ सराङकोटस्थित एक निर्माणाधिन भवनमा… पुरा पढौ

क्रस कन्ट्री साइक्लिङमा बागमती र एपिएफलाई एक/ एक स्वर्ण

पोखरा, ३० असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आइतबार भएको साइक्लिङको क्रस कन्ट्री विधामा महिलातर्फ बागमती प्रदेशले र पुरुषतर्फ एपिएफले एक/एक स्वर्ण पदक जितेका छन् । पोखराको रानीबनमा भएको महिला क्रस कन्ट्री विधातर्फको फाइनल खेलमा १५ किलोमिटरको दुरी १ घण्टा ९ मिनेट ४८ सेकेण्डमा पुरा गर्दै बागमती प्रदेशकी लक्ष्मी मगरले स्वर्ण पदक जित्न सफल भएकी छिन् । त्यस्तै उक्त दुरी १ घण्टा १२ मिनेट ३९ सेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी… पुरा पढौ

खोखोमा लुम्बिनी हाबी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको खोखो प्रतियोगितामा लुम्बिनी प्रदेश हाबी भएको छ । राउन्ड रोबिन लिग आधारमा भइरहेको समूह चरणको खेलमा महिला पुरुष दुवैमा लुम्बिनीले सिंगल इनिङमै जित निकालेको हो । पुरुषतर्फ लुम्बिनी प्रदेशले पहिलो इनिङ्समै कर्णाली प्रदेशमाथि २६–६ को फराकिलो अन्तर निकालेपछि सोझै जित निकाल्यो । महिलातर्फ पनि कर्णाली प्रदेशमाथि नै लुम्बिनीले ३०–२ को फराकिलो अन्तरको जित निकाल्यो । चार इनिङ्समा हुने खोखो खेलमा प्रत्येक इनिङ्समा ९ मिनेटको समय… पुरा पढौ

साईक्लिङ डाउनहिलमा आर्मीकी निष्मा र आर्मीकै राजेशलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला साईक्लिङ डाउनहिल प्रतिस्पर्धामा नेपाल आर्मीकी निष्मा श्रेष्ठ २ मिनेट २३.५८ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितिन । पोखराको रानीबनमा आयोजित साईक्लिङको डाउनहिलमा नेपाल आर्मीकै उषा खनाल दोस्रोस्थानमा रहिन् । उनले दुई मिनेट ३७.४५ सेकेण्डमा पुरा गर्दै रजत पदक प्राप्त गरिन् । गण्डकी प्रदेशकी जमूना थापाले २ मिनेट ४०.०९ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितिन् । यसैगरी पुरुष तर्फको डाउनहिल प्रतिस्पर्धामा नेपाल आर्मीका राजेश मगरले… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा बागमतीलाई पहिलो स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आयोजित फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशकी शिक्षा नापितले जितेका छन् । उनले व्यक्तिगत सेबर तर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । उनी पोखरामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी समेत बनेकी छन् । नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा तेस्रो स्थान रहँदै कास्य पदकमा चित्त बुझाए । प्रतियोगिता ईपी, फोयल र सेबर इभेण्टमा व्यक्तिगत र टिम इभेण्टमा प्रतिस्पर्धामा गर्ने… पुरा पढौ

वर्षाले खेल रोकिएपछि लामाचौर फुटबलमा पुरस्कार बाँडियो

२४ औं संस्करणको लामाचौर तीज महोत्सव २०७९ अन्तरगत लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको फाइनल खेल स्थगित भएको छ । बिहीबार बिहान १० बजे नेपाल पुलिस क्लब र गण्डकी प्रदेश टिमबीच हुने भनिएको फाइनल निरन्तर वर्षाका कारण आयोजक नवआदर्श सामुदायिक विकास समाजले स्थगित गर्ने निर्णय गरेको हो । भदौ ११ देखि सुरु भई भदौ १४ गते सम्पन्न गर्ने कार्यतालिका रहेकोमा निरन्तर वर्षाले ईन्द्रराज्य लक्ष्मी मावि लामाचौरको भलिबल कोर्टमा आयोजित प्रतियोगिता… पुरा पढौ

लामाचौर राष्ट्रिय भलिबल जारी

२४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगत लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बुधबार भएको फाइनलमा न्यु डायमण्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै साविक विजेता पुलिसले उपाधि सहित १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गरेको छ । उपविजेता न्यु डायमण्डले १ लाख १११ पायो । फाइनलमा पुलिसले २५–१५, २५–१४ र २५–८ ले जित आफ्नो पक्षमा पारेको हो । तेस्रो स्थानको लागि भएको… पुरा पढौ

राष्ट्रिय भलिबल प्रतियोगिता जारी, एपिएफको विजयी सुरुवात

१२ भदौ , आईतबार । २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगत लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता जारी छ । आइतबार पुरुष राष्ट्रिय भलिबलमा सशस्त्र प्रहरी बल एपिएफले बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३–१ सेटले पराजित गरेको छ । पहिलो सेटमा २०–२५ मा पराजित भएकोमा एपिएफले उत्कृष्ट पुनरागमन गर्दै पछिल्ला सेट आफ्नो पक्षमा पारेको हो । एपिएफले २५–१९, २५–२२ र २५–१९ मा मणिमुकुन्दलाई हराएको हो । आईतबार नै त्रिभुवन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं