खेलकुद

टाइगर कप पहिलो खेलमा आयोजक र पुलिस भिड्दै

तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९ पोखरा रंगशालामा आइतबारदेखि सुरु हुँदै छ । प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । आइतबार दिउँसो १ बजे प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गर्ने तय छ । प्रतियोगिताका खेल भने उद्घाटनअघि नै सुरु हुने टाइगर ग्रुप अफ पोखराकाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । आइतबार ३ खेल हुनेछन् । पहिलो खेल… पुरा पढौ

सफल म्याराथनको तयारी सुरु

फागुन ६ गते आयोजना हुने १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु भएको छ । नेपाली अग्रज खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले यो प्रतियोगिता आयोजना गर्दै आएको छ । मञ्चले मंगलबार पत्रकार सम्मेलन गरी म्याराथनको तयारी सुरु भएको जनाएको हो । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले पहिलो पटक चिप्सको प्रयोग हुने जानकारी दिए । अध्यक्ष पराजुलीका अनुसार खुला म्याराथन र महिला हाफ म्याराथनतर्फ चिप्सको प्रयोग हुनेछ । उक्त… पुरा पढौ

टाइगर कपमा १० टिम

माघ ८ गतेदेखि हुने तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी सुरु भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले सोमबार पत्रकार सम्मेलन गर्दैै प्रतियोगिताको तयारी सुरु गरेको जनाएको छ । पोखरा रंगशालास्थित भलिबल टे«निङमा माघ १४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा २ विदेशी टिमसहित १० टिमको सहभागिता रहने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए । प्रतियोगितामा महिला र पुरुषतर्फ ५–५… पुरा पढौ

कास्कीमा बन्यो पिकलबल संघ

कास्कीमा पिकलबल खेलको विकास एवं प्रवद्र्धन गर्न कास्की जिल्ला पिकलबल संघ गठन गरिएको छ । पोखरामा बुधबार भएको भेलाले ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । सिद्धार्थ शर्माको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा लक्ष्मण पोख्रेल, सचिव दीपेन्द्र पाहारी र कोषाध्यक्षमा दयाराम पन्त छन् । कार्यसमिति सदस्यमा धीरेन्द्र कार्की, देवी गुरुङ, प्रदीप नेपाली, गणेश लामा र रेखा थापा कार्की छन् । पिकलबल संघ गठनका लागि केन्द्रबाट तोकिएका गण्डकी विश्वविद्यालयका प्राध्यापक डा… पुरा पढौ

हिक्मत, लक्ष्मी र नयन साइकल दौड विजेता

पोखरामा भएको दोस्रो मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगितामा हिक्मत विक, लक्ष्मी मगर र नयन मानन्धर विजेता बनेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा बुधबार भएको साइकल दौडमा तीन जना फरक–फरक विधाबाट विजेता बनेका हुन् । ४० वर्षमुनिको पुरुषतर्फ हिक्मत प्रथम हुँदा सन्दिप सुन्दौली द्वितीय र सुमित गुरुङ तृतीय भए । हिक्मतले निर्धारित ५० किलोमिटर दुरी ३ घण्टा १२ मिनेट, सन्दिपले ३ घण्टा २८ मिनेट ३४ सेकेण्ड र… पुरा पढौ

आहा राराको पुरस्कार बढ्यो, १० टिमको टुंगो

पोखरा, ५ पुससहारा क्लब पोखराले आहा रारा पोखरा गोल्डकपको पुरस्कार बढाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २२ औं संस्करण पुस १२ देखि २३ गतेसम्म हुँदै छ । प्रथम पुरस्कारमा २ लाख थप गरी १२ लाख बनाइएको छ । द्वितीय पुरस्कारमा १ लाख थप गरी ६ लाख कायम गरिएको छ । २०५८ मा भएको क्याराभान गोल्ड कप गणना गर्दै २२ औं… पुरा पढौ

आहा राराका लागि उपसमिति र मूल आयोजक समिति

२२ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ को विभिन्न उपसमिति गठन गरिएको छ । आयोजक सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ को अध्यक्षतामा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको हो । प्रतियोगिता संयोजक वरिष्ठ उपाध्यक्ष केशवराज बराल चयन भए भने मूल आयोजक समिति सदस्य सचिवमा क्लब महासचिव रामजीप्रसाद अधिकारी छन् । अर्थ संकलन समिति संयोजकमा सुनील गुरुङ, प्रचारप्रसारमा दीपेन्द्र श्रेष्ठ, स्वयंसेवक परिचालन संयोजकमा प्रकाश… पुरा पढौ

पोखरा म्याराथन तयारी सुरु

पोखरा, ३० कत्तिकनेपाली अग्रज खेलाडीको छाता संस्था ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ । आगामी फागुन ६ गते शनिबार हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु भएको मञ्चले जनाएको हो । १७ औं संस्करणमा पोखरा म्याराथनको पुरस्कारमा समेत वृद्धि गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनाएका छन् । म्याराथन विजेताले अब ५ लाख नगद पाउनेछन् । गत वर्ष ४… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद: साइक्लिङ प्रतियोगितामा विभागिय खेलाडीको वर्चस्व

पोखरा, २ असोज । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भएको साइक्लिङ प्रतियोगिताको सबै विधा आज (बुधबार) सम्पन्न भएको छ । साइक्लिङका ४ विधामा पुरुष र महिला गरि ८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा विभागिय खेलाडीले वर्चस्व राखेका छन् । जसअन्तरगत नेपाल आर्मीले ४ स्वर्ण, एपिएफले २ स्वर्ण, बागमती र गण्डकीले १–१ स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । त्यस्तै रजत पदकतर्फ… पुरा पढौ

उसुमा सेनालाई ३ स्वर्ण, सान्सौमा १६ जना फाइनलमा

थाउलु पुरुष ताइची छ्वान अलराउन्डका स्वर्ण विजेता नेपाली सेनाका हरिप्रसाद गोले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत उसु खेलमा थाउलोतर्फ विभागीय टिम नेपाली सेनाले ३ स्वर्ण जितेको छ । पुरुष छाङ छ्वानमा आर्मीका विजयी सिंजालीले स्वर्ण पदक जितेका हुन् । यस्तै, बागमती प्रदेशका विपन थापाले रजत र सुदूर पश्चिमका आयुष चौधरीले कास्य पदक जितेका छन् । बुधबार बिहान भएको पुरुष चायची छ्वान अलराउन्डमा सेनाका हरिप्रसाद गोलेले स्वर्ण जिते । उनको स्कोर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं