फागुन १८ गते २०७६

ताजा समाचार

खेलकुद

गाउँ चिनाउने र पाहुना बोलाउने काइदा : घोडा दौड

कास्कीको पर्यटकीय गाउँ घान्दु्रकमा फागु् पूर्णिमाको अवसरमा तेस्रो संस्करणको घोडा दौड प्रतियोगिता हुने भएको छ । घोडा खच्चड व्यवस्थापन तथा कल्याणकारी समितिले आगामी २६ गते अन्नपूर्ण गाउँपालिका ११ मा विविध सांस्कृतिक कार्यक्रमसँगै घोडा दौड प्रतियोगिता आयोजना गरिने आइतबार घान्दु्रकमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । समिति अध्यक्ष राजबहादुर गुरुङले मौलिक संस्कृति तथा चाड संरक्षणसँगै पर्यटन प्रबद्र्धनमा सघाउ प¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘नेपाल सरकारको भ्रमण वर्ष… पुरा पढौ

सहाना प्रधान स्मृति महिला हक्की, प्रदेश नं ५ सेमिफाइनल नजिक

नेपाल आर्मीले प्रदेश नं १ लाई फराकिलो गोल अन्तरले पराजित गर्दै पोखरामा आयोजित सहाना प्रधान स्मृति प्रदेशस्तरीय महिला राष्ट्रिय हक्की प्रतियोतिगाको सेमिफाईनल ढुक्क बनायो । प्रतियोगिताकै सर्वाधिक गोल हिर्काउने क्रममा सीतामाया बलले ह्याट्रिक पुरा गर्दा आर्मीले प्रदेश नं १ लाई १०–० गोलले पराजित गर्यो । खेल पूर्ण रुपमा एक पक्षीय देखिएको थियो । चौथो मिनेटमा गोल हिर्काएको आर्मीले पहिलो हाफ अघि नै ६ गोलको अग्रता लिएको थियो । बाँकी चार गोल… पुरा पढौ

कुशल मल्ल क्याच आउट

एसीसी इस्टर्न रिजन पुरुष टि–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा नेपालले अहिले हङकङसँग प्रतिष्पर्धा गर्दैछ । थाइल्यान्डको बैंककमा भइरहेको खेलमा हङकङले दिएको १५५ रनको लक्ष्य पछ्याइरहेको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिले विकेटको रुपमा कुशल मल्ललाई गुमाएको हो । कुशल १९ रन बनाएर आउट भएका हुन् । उनलाई मोहमद अर्सदले क्याच आउट गराएका हुन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर… पुरा पढौ

नेपाललाई १५५ रनको लक्ष्य, जित्नैपर्ने दबाबमा नेपाल

सीसी इस्टर्न रिजन पुरुष टि–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा हङकङले नेपाललाई १५५ रनको लक्ष्य प्रस्तुत गरेको छ । थाइल्यान्ड क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५४ रन बनायो । हङकङका लागि निजाकत खानले २९ बलमा ४८, शाहिद वासिफले २३ बलमा २६, मोहम्मद हरसदले २२ बलमा २७ रन र मोहम्मद खानले २० बलमा २९ रन बनाए । बलिङतर्फ नेपालका लागि सुसान… पुरा पढौ

हक्कीमा गण्डकी प्रदेश आर्मीसँग पराजित

पोखरामा शनिबारदेखि सहाना प्रधान स्मृति महिला प्रदेशस्तरीय राष्ट्रिय महिला हक्की प्रतियोगिता शुरु भएको छ । शनिबार पोखरा रंगशाालास्थित आर्चरी खेलमैदानमा आयोजित उदघाटन खेलमा गण्डकी प्रदेशलाई ३–० गोलले पराजित गर्दै विभागीय क्लब आर्मीले सुखद शुरुवात गर्यो । खेलको ७ औं मिनेटमा आर्मीका लागि अन्जना चन्दले पहिलो गोल गरिन् । आर्मीले दोस्रो गोल गर्ने क्रममा १४ औं मिनेतमा सम्भव बनायो । दोस्रो गोल सीताकुमारी चौधरीले गोल गर्दै अग्रता दोब्बर बनाउँदा चन्दले व्यक्तिगत… पुरा पढौ

क्रिकेट रंगशालालाई सहकारीको सहयोग

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा बनाउँदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्नका लागि पोखराको कलश बचत तथा ऋण सहकारीले सहयोग गरेको छ । निर्माणाधीन रंगशालामै पुगेको सहकारीको टोलीले रंगशाला निर्माण समिति सदस्य कुमार कट्टेललाई ७५ हजार नगद हस्तान्तरण गरेको हो । सहकारीका अध्यक्ष दुर्गाप्रसाद सुवेदीले सहकारीको सामाजिक उत्तरदायित्व अन्र्तगत रकम प्रदान गरिएको बताए । उनले कलाकार धुर्मुस तथा सुन्तलीले थालेको विकासको अभियानमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे… पुरा पढौ

कोरियन पाइलट चोय र नेपाली टिम वल्र्ड च्याम्पियन

प्याराग्लाईडिङ वल्र्डकप–एशियन टुरको उपाधि कोरियन खेलाडी च्याम्पियन बन्दा टिम तर्फ नेपालीले उपाधि आफनो नाममा लेखाएको छ । तेस्रो दिनको शनिबारको टास्क पुरा गर्दै कोरियन खेलाडी(पाईलट) जङमन चोयले व्यक्तिगत तर्फ २२२० स्कोरसहित वल्र्ड च्याम्पियन बने । उनले तेस्रो दिको टास्क पुरा गर्दा पहिलो दिन २४५ अंक जोडे । दोस्रो दिन ९९२ अंक र तेस्रो दिन ९८३ अंक जोड्दै उपाधि जित्न सफल भए । अन्तिम दिनको टास्क ४७ दशमलव ८ किलोमिटरको थियो… पुरा पढौ

नेपाल मलेसियासंग पराजित

एसीसी टी–२० इस्टर्न रिजन २०२० को च्याम्पियन बन्ने लक्ष्यका साथ थाइल्याण्ड पुगेको नेपालले पहिलो खेलमै हार व्यहोरेको छ । मलेसियासँग नेपालले ११ वर्षपछि हार व्यहारेको हो । सन् २००९ को एसीसी टी–२० कपमा ६ विकेटको हार व्यहोरेको नेपालले त्यसयता भएका पाँच वटै भेटमा जित हात पारेको थियो । तर यो पटक मलेसियाले बाजी मा¥यो । शनिबार बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले नेपाललाई २२ रनले हराएको हो । बलिङ ठिकठाक गरेको… पुरा पढौ

पोखरा रंगशालाभित्र ग्रिन पटिङ, वसन्तले जिते गल्फ मन्थ्ली मेडल

पोखरा रंगशालाभित्र गल्फ एकेडेमी स्थापना गरिने भएको छ । कास्की जिल्ला गल्फ संघले रंगशालाभित्रको सेतीनदी किनारको क्षेत्रमा एकेडेमीका लागि पटिङ ग्रिन निर्माण गर्ने तयारी गरेको छ । त्यसको लागि आवश्यक अध्ययनसँगै लागत इष्टिमेट गरिने नेपाल गल्फ संघका केन्द्रीय सदस्य तथा कास्की जिल्ला गल्फ संघका सल्लाहकार भुवन गुरुङले बताए । रंगशालाभित्रको उपयोग विहीन जग्गामा गल्फ एकेडेमी निर्माण गर्ने योजना छ । ‘ गल्फ ड्राइभिङ रेन्ज र ३ पटिङ ग्रिन बनाउने योजना… पुरा पढौ

शनिबारदेखि पोखरामा सहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिता

आगामी वर्षको फागुन २० देखि २७ गतेसम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुदैं छ । नवौं राष्ट्रिय खेलकुदको लागि आवश्यक भौतिक पुर्वाधारसँगै खेल मैदान निर्माण कार्य चलिरहेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै पोखरामा पहिलो पटक महिला राष्ट्रिय हक्की प्रतियोगिता आयोजना दुईदिनपछि हुदैं छ । प्रतियोगिताका फागुन १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने छ । सहाना प्रधान स्मृति प्रदेशस्तरीय राष्ट्रिय महिला हक्की शनिबारदेखि पोखरामा शुरु हुदैं छ ।… पुरा पढौ