ताजा समाचार

खेलकुद

बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल, जित्नैपर्ने दबाब

एसीसी यू–१९ एसिया कप क्रिकेटमा आइतबार (आज) को खेलमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्दैछ । श्रीलंकामा जारी यू–१९ एसिया कप क्रिकेट बंगलादेशले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । श्रीलंकाको राजधानी कोलम्बोस्थित पी सारा ओभलमा जारी खेलमा नेपाललाई सेमिफाइनलको सम्भावना जिवित राख्न जित्नैपर्ने दबाब छ । आजको खेलमा हारेको अवस्थामा नेपाल प्रतियोगिताबाटै बाहिरिने छ । यसअघि पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो ।  पुरा पढौ

रोनाल्डोको गोलमा पोर्चुगलको आकर्षक जित

युरो कप छनोट फुटबलमा पोर्चुगलले सर्वियामाथि फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पोर्चुगल ४–२ गोल अन्तरले विजयी भयो ।  पहिलो जित निकालेको पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोले महत्वपूर्ण गोल गरे । पोर्चुगलका लागि ४२ औं मिनेटमा विलियम कार्वाल्हो, ५८ औं मिनेटमा गोनकलो गेदेस, ८० औं मिनेटमा  रोनाल्डो र खेल सकिन चार मिनेट बाँकी छँदा बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई फराकिलो जित दिलाए । यसअघि ६८ औंं मिनेटमा मिलिनकोभिक… पुरा पढौ

नेपाल-बंगलादेश भिडन्त आज, जित्नै पर्ने दवावमा नेपाल

एसीसी अन्डर-१९ एसिया कप अन्तर्गत नेपालले दोश्रो खेलमा आज आइतबार बंगलादेशको सामना गर्दैछ। पहिलो खेलमा आयोजक राष्ट्र श्रीलंकासंग पराजित भएपछि नेपाली टिमलाई सेमीफाइनल पुग्ने सम्भावना जीवित राख्नको लागि बंगलादेशलाई पराजित गर्नुपर्नेछ। बंगलादेशलाई पराजित गरेको खण्डमा अन्तिम खेलमा युएईलाई नेपालले पराजित गरे नेपाल सेमीफाईनल पुग्ने सम्भावना रहन्छ। श्रीलंकासंग ५ विकेटले पराजित हुने क्रममा नेपालले दिएको १५९ रनको लक्ष्य घरेलु टिमले ५ विकेट गुमाएर पुरा गर्यो। बंगलादेश बिरुद्ध आइतबारको खेल नेपाली समय… पुरा पढौ

पारस खड्काले उछिने धोनी र गेललाई

नेपालका कप्तान पारस खड्काले टी–२० क्रिकेट वरीयतामा भारतका चर्चित खेलाडी महेन्द्र सिंह धोनी र वेस्ट इन्डिजका महान क्रिकेटर क्रिस गेललाई समेतपछि पारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सार्वजनिक गरेको टी–२० वरीयतामा पारस ६८ औं स्थानमा छन् । यद्यपी पारस दुई स्थान खस्किएका छन् । धोनी ६९औं र गेल ७५औं स्थानमा छन् । अलराउन्डरतर्फ पारस २७ औं स्थानमा छन् । पारसले अलराउन्डरतर्फ राशिद खान, रोहित शर्मा, हार्दिक पाण्ड्या, क्रिस गेल… पुरा पढौ

साफ यू-१८ टोलीको घोषणा, को-को परे ?

असोज ३ देखि १२ गतेसम्म नेपालमा आयोजना हुने तेस्रो साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोस्रो चरणमा २५ खेलाडी छनोट गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले शुक्रबार प्रारम्भिक तयारीमा रहेका ३० खेलाडीबाट २५ खेलाडी छनोट गरेका हुन् । यही खेलाडीबाट अन्तिम २३ सदस्यीय टोलीको घोषणा गरिने एन्फाले जनाएको छ । च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा माल्दिभ्स र… पुरा पढौ

नेपाल श्रीलंकासँग ५ विकेटले पराजित

एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल श्रीलंकासँग ५ विकेटले पराजित भएको छ ।   शुक्रबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग डीएल म्याथडको आधारमा ५ विकेटले पराजित भएको हो ।  वर्षाको कारण ४२ ओभरमा झारिएको खेलमा नेपालले दिएको १६० रनको  लक्ष्य श्रीलंकाले ३३ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटाएको थियो ।  श्रीलंकाको जितमा कमिल मिश्राले ५५ रन बटुले । यस्तै… पुरा पढौ

नेपालद्वारा श्रीलंकासामु १ सय ६० रनको लक्ष्य प्रस्तुत

अन्डर १९ एसिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंका सामु १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले वर्षाले प्रभावित भएपछि ४२ ओभरमा छोट्याइएको खेलमा ९ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको हो । नेपालका लागि ओपनर रित गौतमले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ८६ बलमा चार चौका हिर्काए । कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाउँदै तेस्रो विकेटका लागि… पुरा पढौ

नेपाल-जिम्बाबे-सिंगापुरबीच त्रिकोणात्मक सिरिज हुँदै

ओमानमा आयोजना हुने ५ देश सम्मिलित टि-२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु अघि नेपालले टेस्ट राष्ट्र जिम्बाबे र सिंगापुर सम्मिलित त्रिकोणात्मक सिरिज खेल्ने सम्भावना रहेको छ। नेपालले अक्टोबर ५ देखि १० सम्म ओमानमा खेल्ने प्रतियोगिता पक्का भइसकेको छ। उक्त प्रतियोगितामा आयोजक ओमान सहित, नेपाल , हंगकंग, आयरल्याण्ड र नेदरल्याण्ड सहभागी हुनेछन्। अक्टोबर ११ देखि युएईमा आयोजना हुने टि-२० विश्वकपको तयारीको लागि ओमानले प्रतियोगिता आयोजना गरेको हो। नेपाललाई पछि पार्दै टि-२० विश्वकप छनौट… पुरा पढौ

वर्षाले प्रभावित खेल सुरु, ४२ ओभरमा घटाइयो

 यू–१९ एसिया कप क्रिकेटमा नेपाल र घरेलु टोली श्रीलंकाबीचको खेल ४२ ओभरमा खेलाइने भएको छ । खेल सुरु भएको केही समयमा वर्षा भएपछि प्रभावित खेल ४२ ओभरमा खेलाइने भएको हो ।  समूह बी अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकाविरुद्ध ब्याटिङ गर्दैछ । वर्षाअघि नेपालले ९ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा ४३ रन बनाएको थियो । नेपालका लागि ओपनर पवन सराफ ४ रनमा आउट हुँदा आसिफ शेख ७ रनमा… पुरा पढौ

नेपालको खराब प्रदर्शन, वर्षाले खेल प्रभावित

यू–१९ एसिया कप क्रिकेटको जारी खेल वर्षाका कारण प्रभावित भएको छ । श्रीलंका विरुद्धको खेलमा ताजा अवस्थामा नेपालले खराब शुरुवात गरेको छ । नेपालले ९ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ४३ रन बनाएको छ । ओपनिङ व्याटेसम्यान पावन सराफ र अशिफ सेख आउट भएका छन् । सराफ १३ वलमा ४ रन र सेख १२ बलमा ७ रनमात्र जोडेर आउट भएका हुन् । अहिले रोहित गौतम र अर्का ओपनिङ व्याट्स म्यान… पुरा पढौ