स्पोर्ट्स अवार्डको सम्मान आज, पत्रकार अवार्ड सागरलाई
सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गतको वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिने भएको छ । पत्रकार छनोट समितिको सिफारिसलाई मञ्चको कार्यसमितिको २५ औं बैठकले अनुमोदन गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी महासचिव राजाराम पौडेलले जनाए । समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका उनी हाल एपीवान टेलिभिजन गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । क्लिक गण्डकी डट कम र उज्यालो अनलाइनमा समेत कार्यरत तिमिल्सिनाले पोखरा एफएम, एभिन्युज टेलिभिजन,…
पुरा पढौ
सुमन देवकोटाको नेतृत्वमा गण्डकी ट्रायथोलन संघ गठन
नेपाल ट्रायथोलन सङ्घ गण्डकी प्रदेश समितिको अध्यक्षमा सुमन देवकोटा सर्वसम्मत चयन भएका छन् । पोखरामा आज भएको भेलाले देवकोटाको अध्यक्षतामा नौ सदस्सीय समिति गठन गर्दै पहिलो पटक नेपाल ट्रायथोलन सङ्घको प्रदेश समिति गठन गरेको हो । अध्यक्षमा चयन देवकोटा यसअघि संघको कास्की अध्यक्ष थिए । उनी कास्की जिल्ला खेलकुद विकास समितिको पूर्वअध्यक्ष समेत हुुन् । नवनिर्वाचित अध्यक्ष देवकोटाले गण्डकीमा ट्रायथोलन खेलको विकास, विस्तार र नयाँ खेलाडी उत्पादनमा संघले काम गर्ने…
पुरा पढौ
विश्वकप छनोटमा पुगेको क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख
आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन् । आज शुक्रबार बिहान वालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली टिमका सबै सदस्यलाई सम्मान गरेका हुन् । नेपालले बिहीबार घरेलु मैदानमा यूएईलाई ९ रनले पराजित गर्दै क्रिकेट विश्वकप लिग टु को तेस्रो स्थानमा रहेर विश्वकप क्वालिफायरमा स्थान पक्का गरेको थियो । प्रधानमन्त्रीले भने ‘मलाई अत्यन्त…
पुरा पढौ
सिर्जना कप छात्रामा शान्त र छात्रमा ब्रम्हरुपालाई उपाधि
पाँचौं सृजना कपको उपाधि छात्रातर्फ शान्त मावि र छात्रतर्फ ब्रम्हरुपा माविले जितेका छन् । पोखरा रंगशालामा शुक्रबार भएको फाइनलमा कन्या माविलाई सोझो सेटमा पराजित गर्दै शान्तले उपाधि रक्षा गरेको हो । पोखरा १८ भकुण्डेस्थित शान्त गत वर्षको पनि विजेता हो । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलमा कन्यालाई २५–२०, २५–१७ र २५–१६ सेटमा पराजित गर्दै शान्तले उपाधिसहित १ लाख रुपैयाँ जितेको छ । छात्रतर्फ राष्ट्रिय माविलाई ३–२ सेटमा पराजित गर्दै पोखराको राजाकोचौतारा स्थित…
पुरा पढौ
केन्याली धावकले दोहो¥याए म्याराथनमा जित
सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोसेइलीले जितेका छन् । पोखरामा आज सम्पन्न म्याराथन (४२.१९५) किमी दौडस्टेफनले दुई घण्टा २० मिनेट सात सेकेन्डमा पूरा गरी उपाधि जित्नुभएको हो । उनी १६ औँ संस्करणको समेत विजेता बने । अघिल्लो पटक निर्धारित दूरी स्टेफनले दुई घण्टा १९ मिनेट ४३ सेकेन्डमा पार गरेका थिए । उपाधिसँगै उनले रू पाँच लाख पुरस्कारपाए । उपाधि विजेता स्टफेनले पोखरा अत्यन्त सुन्दर सहर भएको भन्दै…
पुरा पढौ
१६ देशका २९ विदेशीसहित २ सयभन्दा बढी धावक
नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते शनिबार हुने १७ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । नेपाली अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार हुने सो प्रतियोगिताको तयारी पूरा भएको मञ्चले पोखरामा पत्रकार सम्मेलन गरि जनाएको हो । आगमी शनिबार पोखरा रंगशालामा बिहान ६ बजेबाट हुने कार्यक्रममा सहभागिताका लागि विभिन्न विद्यामा हालसम्म झण्डै ८ हजार जनाले नाम दर्ता गराएको मञ्चले जनाएको छ ।…
पुरा पढौ
पिएनमा अनेरास्ववियुको सेभेन ए साइड फुुटबल
अनेरास्ववियू कास्की जिल्ला कमिटीले आयोजना गरेको फुटबल प्रत्योगिता अखिल कप २०७९ अनेरास्ववियू केन्द्रिय अध्यक्ष सुदेश पराजुलीले उद्घाटन गरेका छन् । अखिल रचनात्मक र सिर्जनात्मक आन्दोलनको पर्याय पनि भएको र यसले शैक्षिक विकृति, विसंगतिका विरुद्ध निरन्तर आन्दोलन गर्दै आएको र यो जिम्मेवारी अब नया बिद्यार्थी साथिहरुले लिनुपर्ने उनले बताए । एमाले अध्यक्ष केपी ओलीप्रति कटाक्ष गर्दै पराजुलीले ओलीलेका हानेका छक्का अनेरास्ववियूले क्याच आउट गर्ने चेतावनी दिए । उनले स्ववियु निर्वाचनमा पृथ्वीनारायण…
पुरा पढौ
गण्डकी स्पोर्ट्स क्लबको अध्यक्षमा उमेश
गण्डकी स्पोर्ट्स क्लबको हालै भएको साधारणसभाले उमेश सिकेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा दीपकराज मुल्मी, सचिव कपिलदेव गौतम, सहसचिव सन्तोष बानियाँ, कोषाध्यक्षमा सचिन गुरुङ र सहकोषाध्यक्षमा सुमन ताम्राकार छन् । सदस्यमा जयप्रकाश थापा, कृष्णबहादुर थापा, राजु कायस्थ, मिलन पुन, इनोज रञ्जित, द्रव्यजंग राणा, चेतनाथ चालिसे, अनिरुद्र उदास, दमनजंग राणा, सुरेश बजिमय, मनोजकुमार गुरुङ, गोविन्द प्रधान, गुमबहादुर थापा(इमान), सुन्दरकुमार थापा र राजकुमार गुरुङ छन् । ०५५ बाट खेलकुदका…
पुरा पढौ
सातौं पोखरा स्पोर्ट्स अवार्ड वैशाख २२ गते
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०७९ आगामी वैशाख २२ गते शुक्रबार हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार बसेको १९ बैठकबाट अवार्डको मिति तय भएको हो । बैठकले मिति तोकेर तयारी सुरु गर्ने निर्णय गरेको मञ्चका महासचिव राजाराम पौडेलले बताए । मञ्चले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले स्थापना गर्न लागेको अक्षयकोषमा…
पुरा पढौ
एपिएफ टाइगर कप भलिबल च्याम्पियन
सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को महिलातर्फको उपाधि जितेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पन्छाउँदै एपिएफले उपाधि जितेको हो । पहिलो सेट २५–२० ले जितेको एपिएफले दोस्रो सेट भने आर्मीले २५–२२ ले जित्यो । तेस्रो सेटमा २५–८ ले खेल आफ्नो पक्षमा पारेको एपिएफले…
पुरा पढौ