नवौ राष्ट्रिय खेलकुदमा स्याङ्जामा कम्तिमा एक खेल खेलाउने

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिब कोइरालाले नवौ राष्ट्रिय खेलकुदमा स्याङ्जामा कम्तिमा एक खेल खेलाउने बताउनुभयो ।

प्रथम विबेक खाणँ स्मृति सेभेन ए साईड अन्तर क्लब पुरुष फुटबलको समापन तथा पुरस्कार बितरणमा कोइरालाले आफु आफ्नो गृह जिल्लामा प्याराग्लाइडिङ बाहेक थप एक खेल खेलाउन छलफलमा रहको बताउनुभयो ।

कुनै पनि प्रतियोगिताले खेलकुदको बिकासमा टेवा पुग्ने बताउद्यै कोइरालाले खेलकुदमा सबैको चासो हुनुपर्ने बताउनुभयो ।

देशकै पदमा आसिन भएपनि आफु हुर्केको ठाउँमा सहयोग गर्र्न मन लाग्ने बताउदै कोइरालाले डिपीआर बनाएर लिएर आएमा आर्थिक सहयोग जुटाउन पहल गर्ने बताउनुभयो ।

हेलु लामाचौर युवा क्लबले भिरकोट १ लामाचौरमा आयोजना गरेको सेभेन ए साईड अन्तर क्लब पुरुष फुटबलमा उपाधि रामबाच्छा ब्वाइज वालिङले जितेको हो ।

स्मार्ट युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै रामबाच्छाले उपाधि सहित ३० हजार नगद, कप, मेडल जितेको हो । उपबिजेतका बनेको स्मार्टले २० हजारमा चित्त बुझाएको हो ।
खेलको २८ औ मिनेटमा सफल थापाले गरेको गोल निर्णायक गोल बनेको हो । चैत २८ गतेबाट शुरु भएको प्रतियोगितामा १८ क्लबको सहिभागिता रहेको थियो ।

प्रतियोगितामा म्यान अफ दि सिरिज अयोजक टिमका इश्वर खाणँ, बेष्ट फरवार्ड रामबाच्छाका जनम गुरुङ, बेष्ट किपर रामबाच्टाका रुपेश हमाल, बेष्ट डिफेन्डर स्मार्टका सन्देश क्षेत्री भएका थिए ।

प्रतियोगितामा बिजेता तथा उपबिजेतालाई पुरस्कार राखेपा उपाध्यक्ष कोइरालाले गर्नु भएको थियो ।

प्रतियोगिता समापनमा कोइरालाले क्लबलार्य जर्सी, जुत्ता, फुटबल र नेट सहयोग समेत गर्नु भएको थियो ।