मनाङ र पन्जाब बराबरीमा


एएफसी कप फुटबलअन्तर्गत् समूह चरणको चौथो खेलमा नेपालको लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लबले भारतको मिनेर्वा पन्जाब फुटबल क्लबसित बराबरीको खेल खेलेको छ ।

बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेल १–१ को बराबरीमा सकिएको हो ।

खेलको ३९औं मिनेटमा थोइबा सिंहले गोल गर्दै पन्जाबलाई अग्रता दिलाएका थिए । ८१औं मिनेटमा मनाङका साहिद अजिजले हेडमार्फत् गोल फर्काएका थिए ।

मनाङले खेल अवधिभर फितलो प्रदर्शन गरेको थियो ।खेलको ४५औं मिनेटमा दोहोरो पहेंलोकार्ड खाँदै पन्जाबका प्रतीक जोशी मैदानबाट बाहिरिएपनि १० जनामा सीमित टिमलाई मनाङले दबाबमा राख्न सकेन ।

यो खेलपछि समूह ‘ई’मा रहेको मनाङ २ अंकसहित पुछारमा छ भने पन्जाब ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ । भारतकै चेन्नाइन एफसी ७ अंकका साथ शीर्ष स्थानमा रहँदा बंगलादेशको अबहानी लिमिटेड ४ अंकसहित तेस्रो स्थानमा छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं