ताजा समाचार

जेठ १ गते २०७६

ग्रीजम्यानले किन छाडे एथलेटिको म्याड्रिड ?

फ्रान्सका स्टार फुटबलर एन्टोनी ग्रीजम्यानले यस सिजनपछि एथलेटिको म्याड्रिड छोड्ने घोषणा गरेका छन् ।

ग्रीजम्यानले एक भिडियो संदेश जारी गर्दै आगामी शनिबार हुने एथलेटिकोको लेभान्तेविरुद्धको खेल एथलेटिकोबाट आफ्नो अन्तिम खेल हुने घोषणा गरेका हुन् ।

गत सिजनमा क्लबमा ५ बर्षका लागि आफ्नो सम्झौता नवीकरण गरेका २८ बर्षिय ग्रीजम्यानले क्लब छोड्ने घोषणा गरेका हुन् ।

ग्रीजम्यानको एथलेटिको म्याड्रिड छोड्ने घोषणा सँगै उनको बार्सिलोना जाने चर्चा शुरु भएको छ । बार्सिलोना र ग्रीजम्यान दुवैले पुष्टि भने गरेका छैनन् ।