ताजा समाचार

जेठ २ गते २०७६

खेलकूद सामाग्री हस्तान्तरण

हिमालय क्लव पोखरा १६ बाटुलेचौरलाई नेपाल भारत मैत्री युवा सोसाइटीले बिहीबार क्लवलाई खेलकुद सामाग्री प्रदान गरेको छ ।

फूटबल, भलिबल, ह्याण्डबल, स्कोर बोर्ड, टि–सर्ट, भलिवल नेट सोसाइटीका सल्लाहकार युवा राजनितिकर्मी गुरु बरालले क्लबका अध्यक्ष मोहनबहादुर थापालाई हस्तान्तरण गरेका हुन् ।

खेल मैत्री समाज निर्माणमा हाम्रो अभियान भन्ने मूल नाराका साथमा आफूले खेलकुद सामाग्री वितरण गरी युवाहरुलाई खेलकुद तर्फ लाग्न अभिप्रेरणा जाइराखेको र यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहने युवा नेता गुरु बरालले बताएका थिए ।