खेलकुद

घोडा दौडमा आर्मीका घिसिङले रचे नयाँ किर्तिमान

नेपाल आर्मीका जगदिश घिसिङले पोखरा शुक्रबार आयोजित घोडा दौड प्रतियोगितामा नयाँ राष्ट्रिय किर्तिमानसँगै स्वर्ण पदक जितेका छन् । पोखराको फेवाताल किनार बाराहीघाट खेल मैदानमा आयोजित पोखरामा सम्पन्न पाँचौ सस्करणको इक्विस्ट्रियनको हाइजम्प इभेन्टमा ५ फिट ९ इन्चको जम्प गर्दै नयाँ किर्तिमान बनाउँदै उपाधि जितेका हुन् । त्यो किर्तिमानी यस भन्दा अघि रामहरी खड्काको नाममा ५ फिट ५ इन्च उचाईको जम्प गर्दै राखेका थिए । घिसिङले सम्मोहन नामको घोडासंग किर्तिमान राखेका हुन्… पुरा पढौ

टि-२० वरियतामा नेपाल तीन स्थानमाथि उक्लियो

आइसिसी वरियतामा नेपालको सुधार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी ट्वान्टी क्रिकेटको वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ। आइसिसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले दुई राष्ट्रलाई पछि पार्दै ११ औंँ स्थानमा उक्लिएको हो। नेपालले आयरल्याण्ड र जिम्बाबेलाई पछि पार्दै ११औँ स्थानमा उक्लिन सफल भयो। यसअघि नेपाल १४औँ स्थानमा थियो। टी ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान छ भने दोस्रो स्थानमा दक्षिण अफ्रिका, तेस्रोमा इङ्ग्ल्याण्ड, चौँथोमा अष्ट्रेलिया र पाँचौँ स्थानमा भारत… पुरा पढौ

ओडिआई वरीयतामा नेपाल यथावत

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को ओडिआई वरीयतामा नेपाल १४औँ स्थानमा यथावत रहेको छ । आइसीसीले आज सार्वजनिक गरेको वरीयताअन्सार नेपाल यथावत रहेको हो । अघिल्लो महिना नेपालभन्दा अघि रहेको युएई जिम्बावेसँग हारेपछि नेपालले एक स्थान सुधार गरेको थियो । गत माघमा नेपालले पहिलो एकदवसीय सिरिज जित्ने क्रममा युएईलाई २–१ ले पराजित गरेपछि नेपाल पहिलो पटक एकदिवसीय वरीयतामा समावेश भएको हो । वरीयतामा समावेश १६ राष्ट्रमध्ये नेपालभन्दा पछाडि २ राष्ट्र छ… पुरा पढौ

सरकारले क्रिकेट खेलाडीलाई जनही ५ लाख दियो

सरकारले पहिलो पटक एकदिवसीय सिरिज जित्ने नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही ५ लाख दिएको छ । फागुनमा भएको यूएईविरुद्धको तीन एकदिवसीय र टी-२० सिरिज जितेका नेपाली क्रिकेट टिमलाई सरकारले उक्त रकम दिएको हो । बिहीबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री जगत विश्वकर्मा, राखेप सदस्य सचिव केशव विष्ट लगायतले खेलाडीहरुलाई चेक हस्तान्तरण गरेका हुन् । पुरा पढौ

यसरी तयारी हुदैछ पोखरा स्पोर्टस् अवार्डको लागी

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने चौथो पोखरा स्पोर्टस् अवार्डको मिति तय भएको छ । मञ्चको बुधबार सम्पन्न पाँचौ बैठकले यही जेठ २४ गते शुक्रबार पोखरा सभागृहमा अवार्ड गर्ने निर्णय गरेको हो । सोको तयारीका लागि अध्यक्ष एकराज गिरी मूल आयोजक संयोजक रहने गरी विभिन्न १२ वटा उपसमिति समिति गठन गरिएको छ । सल्लाहकार उपसमिति संयोजकमा रामकृष्ण ज्ञवाली, आर्थिक व्यवस्थापनमा शशीकुमार पौडेल, प्रचारप्रसारमा विजय नेपाल, सांस्कृतिकमा सुशील नेपाली, खाजा÷खानामा… पुरा पढौ

क्विक्स अन्तरस्कुल छात्रछात्रा राष्ट्रिय प्रतियोगितालाई चौधरी ग्रुपको साथ

अखिल नेपाल फुटबल संघ (एन्फा) को विद्यालयस्तरीय फुटबल प्रतियोगितालाई चौधरी ग्रुपले प्रायोजन गर्ने भएको छ । चौधरी ग्रुपको प्रमुख प्रायोजनपछि क्विक्स अन्तरस्कुल छात्रछात्रा राष्ट्रिय प्रतियोगिताको रूपमा आयोजना हुनेछ । जेठको दोस्रो वा तेस्रो सातादेखि हुने अन्तरस्कुल फुटबल ४ महिनासम्म चल्ने एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जनाए । एन्फामा आबद्ध ४८ र थप ४ गरी ५२ जिल्लाको सहभागिता रहने प्रतियोगितामा कुल १ हजार ५ सय विद्यालयले प्रतिस्पर्धी बन्ने छन् । जिल्लामा छनोट प्रतियोगिता भइसकेपछि प्रदेशस्तरीय हुनेछ ।… पुरा पढौ

पाँचौपटक केएनपीएपिएफले जित्यो लगातार महिला भलिबलको उपाधि

पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपिएफले जितेको छ। मंगलबार भएको फाइनल खेलमा एपिएफले आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै लगातार पाँचौ पटक च्याम्पियान बनेको हो। एपिएफले आर्मीलाई २५–१४, २९–९ र २५–१५ को सोझो सेटमा पराजित गर्यो। शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा तथा बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी जापान(कन्साई निरोल्यक पेन्ट) ले मुख्य प्रायोजकमा संचालित प्रतियोगिताको तेश्रो स्थान होङगान्जी न्युडायमण्डले जितेको छ। न्युडायमण्डले नेपाल पुलिसलाई २५–२२,२५–१८ र २५–२२ को सोझो… पुरा पढौ

चाडै फेवा र बेगनासमा वाटर स्पोर्टसको मज्जा

कास्की स्थित फेवा र बेगनास तालमा वटर स्पोर्टस् सञ्चालन गर्नको लागी ७ वटा नीजि कम्पनीहरुले चासो ब्यक्त गरेका छन् । पोखरा महानगरपालिकाले दुईवटा ताललाई वाटर स्पोर्टस सञ्चालन गर्ने कार्ययोजना अघि सारे पछि उक्त सात कम्पनीले चासो ब्यक्त गरेका हुन् । महानगरपालिकाले फेवाताल र बेगनास तालमा वाटर स्पोर्टस सञ्चालन गर्न मनसाय पत्र मागेको छ । मनसाय पत्र अनुसार फेवातालमा ६ वटा कम्पनी र बेगनासमा ३ वटा कम्पनीले चासो दिएका छन् ।… पुरा पढौ

किन जादै छन् नेपाली फुटवल क्विन साम्बा र अनिता भारत ?

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) र अनिता बस्नेत आज भारत प्रस्थान गरेका छन् । दुबै खेलाडी भारतको पञ्जावमा हुने इन्डियन वुमन्स लिग खेल्न सोमबार भारत प्रस्थान गरेका हुन् । पहिलोपटक अन्तर्राष्ट्रिय लिग खेल्ने भएपछि दुबै खेलाडीले चेन्नाईको सेतु क्लबबाट खेल्दैछन्। क्लबले सावित्रालाई ८० हजार र अनितालाई ६५ हजार रुपैयाँमा अनुबन्ध गरेको छ। सेतु क्लबबाट खेल्ने विदेशी खेलाडीमा नेपालको सावित्रा र अनिता मात्र हुन्। सेतुले यसअघिको संस्करणमा… पुरा पढौ

घर्तीमगर अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

नेपाल मार्सल आर्ट्स हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तिमगर अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । जर्मनको म्युनिखमा भएको १२औँ म्युनिख हल अफ अनरमा आयोजित ‘हाप्किडो मास्टर अफ दी इयर अवार्ड’ बाट उनि सम्मानित भएका हुन् । उक्त अवार्डमा नेपाल मार्सल आर्ट्स हाप्किडो संघका प्रमुख प्रशिक्षक तथा नेपाल उशु संघका कोषाध्यक्ष लानम लामा पनि इन्स्ट्रक्चर अफ द इयरद्वारा सम्मानित भएका छन् । मार्सल आर्ट्स विशिष्ट ओस्कारको रूपमा परिचित म्युनिख हल अफ अनर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं