ताजा समाचार

वैशाख २० गते २०७६

टि-२० वरियतामा नेपाल तीन स्थानमाथि उक्लियो

आइसिसी वरियतामा नेपालको सुधार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी ट्वान्टी क्रिकेटको वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ।

आइसिसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले दुई राष्ट्रलाई पछि पार्दै ११ औंँ स्थानमा उक्लिएको हो। नेपालले आयरल्याण्ड र जिम्बाबेलाई पछि पार्दै ११औँ स्थानमा उक्लिन सफल भयो। यसअघि नेपाल १४औँ स्थानमा थियो।

टी ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान छ भने दोस्रो स्थानमा दक्षिण अफ्रिका, तेस्रोमा इङ्ग्ल्याण्ड, चौँथोमा अष्ट्रेलिया र पाँचौँ स्थानमा भारत रहेको छ।

नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको टी ट्वान्टी सिरिजमा २–१ को जित निकालेको थियो। त्यस्तै नेपाल एक दिवसीय वरियतामा भने १४औँ स्थानमा छ।