ताजा समाचार

वैशाख १९ गते २०७६

सरकारले क्रिकेट खेलाडीलाई जनही ५ लाख दियो

सरकारले पहिलो पटक एकदिवसीय सिरिज जित्ने नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही ५ लाख दिएको छ ।

फागुनमा भएको यूएईविरुद्धको तीन एकदिवसीय र टी-२० सिरिज जितेका नेपाली क्रिकेट टिमलाई सरकारले उक्त रकम दिएको हो ।

बिहीबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री जगत विश्वकर्मा, राखेप सदस्य सचिव केशव विष्ट लगायतले खेलाडीहरुलाई चेक हस्तान्तरण गरेका हुन् ।