वैशाख १८ गते २०७६

ताजा समाचार

वैशाख १८ गते २०७६

यसरी तयारी हुदैछ पोखरा स्पोर्टस् अवार्डको लागी



नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने चौथो पोखरा स्पोर्टस् अवार्डको मिति तय भएको छ ।

मञ्चको बुधबार सम्पन्न पाँचौ बैठकले यही जेठ २४ गते शुक्रबार पोखरा सभागृहमा अवार्ड गर्ने निर्णय गरेको हो ।

सोको तयारीका लागि अध्यक्ष एकराज गिरी मूल आयोजक संयोजक रहने गरी विभिन्न १२ वटा उपसमिति समिति गठन गरिएको छ ।

सल्लाहकार उपसमिति संयोजकमा रामकृष्ण ज्ञवाली, आर्थिक व्यवस्थापनमा शशीकुमार पौडेल, प्रचारप्रसारमा विजय नेपाल, सांस्कृतिकमा सुशील नेपाली, खाजा÷खानामा रोशन अधिकारी, मञ्च तथा हल व्यवस्थापनमा मन क्षत्री, फोटोग्राफी÷भिडियोग्राफीमा उमेश पुन, स्वयंसेवकमा अर्जुन गिरी, प्रमाणपत्र तथा ट्रफी व्यवस्थापनमा रञ्जन अधिकारी, चिठीपत्र तथा व्यानर व्यवस्थापनमा राजाराम पौडेल, अतिथि सत्कारमा कविता घर्तीमगर र वैदेशिक समन्वयमा केशव पाठक संयोजक चयन भए । उपसमिति संयोजकले अन्य सदस्य थप गरी मञ्चको बैठकमा जानकारी दिनुपर्ने छ ।

सल्लाहकार उपसमितिमा भने मञ्चका सल्लाहकार तथा पत्रकारसम्बद्ध विभिन्न संघसंगठनका अध्यक्ष स्वतः सदस्य रहनेछन् भने मञ्चका सबै ५१ सदस्य मूल आयोजक समिति सदस्य रहनेछन् ।

यस्तै, बैठकले मञ्चका साधारण सदस्य दुर्गाप्रसाद पौडेल नेपाल लाइफ फोटोपत्रकारिता अवार्ड–२०७५ अन्तर्गत गण्डकी प्रदेश फोटोपत्रकारिता अवार्डबाट पुरस्कृत भएकोमा बधाई ज्ञापन गरेको छ । ‘समृद्धिका लागि खेलकुद’ नाराका साथ हुने सो अवार्डमा विभिन्न सात विधामा अवार्ड वितरण गरिनेछ ।