पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपिएफले जितेको छ। मंगलबार भएको फाइनल खेलमा एपिएफले आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै लगातार पाँचौ पटक च्याम्पियान बनेको हो। एपिएफले आर्मीलाई २५–१४, २९–९ र २५–१५ को सोझो सेटमा पराजित गर्यो।
शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा तथा बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी जापान(कन्साई निरोल्यक पेन्ट) ले मुख्य प्रायोजकमा संचालित प्रतियोगिताको तेश्रो स्थान होङगान्जी न्युडायमण्डले जितेको छ। न्युडायमण्डले नेपाल पुलिसलाई २५–२२,२५–१८ र २५–२२ को सोझो सेटमा हराएको थियो।
विजेताले २ लाख पायो भने उपविजेताले १ लाखमै चित्त बुझायो। दरवारमार्ग स्थित द रिगल ईकले प्रथम हुने एपीएफ टिमका सदस्यलाई करिब ५ लाख बराबरको १५ थान सुट पिस उपलब्ध गराएको छ।
त्यस्तै सुलक्स सेन्टरकाबाट ४० हजार बराबरको २ थान टि सट घडी प्रतियोगिताकी उत्कृष्ट खेलाडी सरस्वती चौधरी तथा शेरवहादुर खड्का स्पेशल अवार्डबाट पुरस्कृत आर्मीकी निरुता ढगुन्नालाई प्रदान गरेका थिए। साथै उत्कृष्ट खेलाडी चौधरी, स्पेशल अवार्ड बिजेता खेलाडीद्धयलाई रामेछाप उमाकुन्ड प्रिती निवासी सम्वरबहादुर तामाङले जनहि नगद १५ हजार प्रदान गरेका थिए।
उत्कृष्ट स्पाइकरमा न्युडायमण्डकी प्रतिभा माली, उत्कृष्ट ब्लकरमा एपिएपकी हिरा केसी, उत्कृष्ट सेटरमा एपिएफकै विनिता बुढाथोकी, उत्कृष्ट डिफेन्समा एपिएफकी मनिषा तामाङ, उत्कृष्ट सर्भरमा आर्मीकी सोफिया पुन चुनिए।




