ताजा समाचार

वैशाख २० गते २०७६

घोडा दौडमा आर्मीका घिसिङले रचे नयाँ किर्तिमान

नेपाल आर्मीका जगदिश घिसिङले पोखरा शुक्रबार आयोजित घोडा दौड प्रतियोगितामा नयाँ राष्ट्रिय किर्तिमानसँगै स्वर्ण पदक जितेका छन् ।

पोखराको फेवाताल किनार बाराहीघाट खेल मैदानमा आयोजित पोखरामा सम्पन्न पाँचौ सस्करणको इक्विस्ट्रियनको हाइजम्प इभेन्टमा ५ फिट ९ इन्चको जम्प गर्दै नयाँ किर्तिमान बनाउँदै उपाधि जितेका हुन् ।

त्यो किर्तिमानी यस भन्दा अघि रामहरी खड्काको नाममा ५ फिट ५ इन्च उचाईको जम्प गर्दै राखेका थिए । घिसिङले सम्मोहन नामको घोडासंग किर्तिमान राखेका हुन् ।

नेपाल इक्विस्ट्रियन संघको आयोजना र नेपाल राष्ट्रिय खेलकुद परिषद तथा नेपाली सेनाको संयोजनमा आयोजित विभिन्न तीन विधामा प्रतिस्पर्धा गराईएको थियो । स्वर्ण पदक बिजेता घिसिङले यसका लागि नेपाली सेनाकै जमदार राजेन्द्र थापा र करण चौधरीसङ अन्तिम प्रतिष्पर्धा गरेका थिए ।

अन्तिम स्पर्धामा उक्त इभेन्टमा रजत पदक विजेता राजेन्द्र ५ फिट ७ इन्च र काश्य पदक विजेता करण भने पुरानै रेकर्ड ५ फिट ५ इन्चमा रोकिन पुगे । विजेताले प्रमाणपत्रका साथमा क्रमश नगद २०, १५ र १० हजार समेत प्राप्त गरेका छन ।

प्रतियोगिता अन्तर्गत नै सोजोन इभेन्ट तर्फ नेपाली सेनाका ओमप्रकाश यादव स्वर्ण पदक जिते । उनले सोजोन इभेन्टको बाधा दुरी पार गर्न जम्मा १ मिनेटमा टुग्याएका थिए । नेपाली सेनाकै जगदिश घिमिरेले १ मिनेट १३ सेकेण्डमा पार गर्दै रजत र नेपाली सेनाकै मेघबिक्रम खडकाले काश्य पदक जिते । उनीहरुले क्रमश नगद २०, १५ र १० हजारका साथमा प्रमाणपत्र समेत प्राप्त गरे ।

टेण्ट पेगिङ्ग तर्फको इभेन्टमा नेपाली सेनाका प्राविधिक सुबेदार गोबिन्दबहादुर खडकाले स्वर्ण पदक जितेका छन भने नेपाली सेनाकै ओम प्रकाश यादबले रजत र लिलाराम खडकाले काश्य पदक जिते । उनीहरुले क्रमश नगद २०, १५ र १० हजारका साथमा प्रमाणपत्र समेत प्राप्त गरे । स्थानीय घोडा दौड ‘पोनी रेस’ तर्फ राज अधिकारीले स्वर्ण पदक जिते । साथमा उनले नगद १५ हजार प्राप्त गरे भने नविन पुनले काश्य जित्दै नगद १० हजार र रोहित गौतम काश्य पदक जित्दै नगद ५ हजार प्राप्त गरे ।

महिला तर्फ समेत प्रदर्शनी खेल भएको थियो । पोखरामा महिला घोड्चढी प्रदर्शनी पहिलो पटक गरिएको आयोजकले जनाएको छ । महिला प्रदर्शनी सिक्स बारमा भएको इभेन्टमा कबिता थापा, याम कुमारी राना र सरिता श्रेष्ठले सहभागिता जनाएका थिए ।

kheladinews.com