ताजा समाचार

वैशाख २८ गते २०७६

खेल क्षेत्रमा छुट्टिएको बजेट सदुपयोग हुन सकेन

गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङले खेल क्षेत्रमा राज्यको बजेटको ठूलो हिस्सा ओगट्ने भए पनि त्यसको सहि सदुपयोग हुन नसकेको बताएका छन ।

भूतपूर्ब खेलाडी मंच नेपालको १० औं वार्षिक साधारण सभामा बोल्दै मन्त्रि गुरुङले यस्तो बताएका हुन् ।

खेल क्षेत्रको बिकासका लागि अन्य देशको सहयोग पनि जारी रहेको बताउँदै मन्त्रि गुरुङले बजेटलाई सहि ठाउँमा प्रयोग गर्नु पर्ने कुरामा समेत जोड दिए । मन्त्रि गुरुङले एक प्रसङमा खेलकुद बिकासका लागि ठोस योजना नबनेको भए पनि, प्रदेश सरकार यसका लागि सबैको साथ र सहयोग तथा सल्लाहले नै उपयूक्त योजनाका साथ अगाडी बढने बताए ।

सो अबसरमा मन्त्रि गुरुङले गत चैतमा सम्पन्न यूथ एशियन गेम्समा ३००० मिटर दौडमा नेपालका लागि स्वर्ण पदक बिजेता अजित कुमार यादवलाई मंचका तर्फ बाट नगद १० हजार सहित सम्मान गरेका छन । सोही कार्यक्रममा शिक्षाविद जोर्ज जोनलाई पनि खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै मंचले सम्मान गरेको छ भने पोखराको खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै स्व.अजित कुमार शेरचनलाई मरोणोपरान्त सम्मान गरिएको छ ।

सोही कार्यक्रममा परिषद सदस्य गुरुङले धावक अजितलाई मदन भण्डारी स्पोर्टस् एकेडमीका तर्फ बाट नगद १० हजार प्रदान गरेका छन । यसै विच मंचले आगामी संस्करणको १४ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको पुरुस्कारको राशीमा वृद्धी गर्ने जनाएको छ ।

प्रदेश सरकार र पोखरा महानगरको सल्लाहामा पोखरा म्याराथनको प्रथमलाई नगद ५ लाख, दोश्रोलाई २ र तेश्रो हुनेलाई १ लाख पुर्याइने मंचका अध्यक्ष तेज गुरुङले प्रस्ताव गरेका छन । त्यसै गरि मंचले ओलम्पिक डेका अबसरमा मे २३ मा पोखरामा परम्परागत खेल ठेलो प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।