ताजा समाचार

वैशाख २९ गते २०७६

गण्डकी प्रदेशलाई तेस्रो पाथीभरा पुरुष भलिबल उपाधि

तेस्रो पाथीभरा पुरुष भलिबल प्रतियोगिता गण्डकी प्रदेशले उपाधी चुमेको छ ।

ईलाममा जारी प्रथम ईलाम आमन्त्रित खुल्ला पुरुष नकअउट भलिबलको उपाधि गण्डकी प्रदेशले विजेको हो ।

गण्डकी प्रदेशले ईन्डियान खेलाडी सम्मिलित विमान ट्रेडस बिर्तामोडलाइ २५-१७, २५-१३ र २५-२१ ले सोझो ३ सेटमा पराजित गरेको थियो ।

विजेता गण्डकी प्रदेशले १ लाख ५० हजारको पुरस्कार हात पारेको छ । गण्डकी प्रदेशको भलिवल टिममा सन्जु बिक्रम शह टिम (कप्तान), राजन दर्लमी मगर, रबि सेन्चुरी, सुजन चोखल, रुपिन्द्र गैह्रे, हरि पाण्डे, कमल सुनर, काजी केसी र युवराज भण्डारी थिए ।