ताजा समाचार

श्रावण १२ गते २०७६

अपडेट : नेपालको सातौं विकेट पतन

 आईसीसी टि–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले छैठौं विकेट गुमाएको छ ।

घरेलु टोली सिंगापुरले दिएको १ सय ९२ रनको लक्ष्य पच्छाएको नेपालले पाँचौं विकेटमा विनोद भण्डारीलाई ९ रनमा गुमाउँदा छैठौं विकेटका रुपमा करण केसी खाता नै नखोली आउट भए ।

त्यसअघि रोहित कुमार पौडेल ५ रनमा आउट हुँदा शरद भेषावकर ७ रनमा, कप्तान खड्का १२ रन तथा ज्ञानेन्द्र मल्ल ३९ रनमा आउट भएका थिए ।