खेलकुद

नेपाल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान नजिक, मलेसियाविरुद्ध क्लिनस्वीप गर्न मैदानमा

नेपालले अहिले मलेसियासंग दोस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको छ । मलेसियाको किन्रारा ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।  पहिलो खेलमा शनिबार ७ विकेटको जित निकालेको नेपालले यो खेल जितेर सिरिजमा क्लिनस्वीप गर्न चाहन्छ ।  ओपनिङमा कप्तान पारस खड्का र पवन सर्राफ आएका छन् । खड्का र सर्राफबीच उत्कृष्ट साझेदारीभइरहेको छ ।  नेपालले दोस्रो खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । प्रदिप ऐरी र बसन्त रेग्मीको… पुरा पढौ

सेरेनालाई पछार्दै सिमोनाले जितिन् विम्बल्डन टेनिसको उपाधि

विम्बल्डन टेनिसको उपाधि रोमानियन खेलाडी सिमोना हालेपले जितेकी छिन् । शनिबार राति भएको फाइनलमा अमेरिकन रेकर्डहोल्डर सेरेना विलियम्सलाई पराजित गर्दै पूर्व विश्व नम्बर एक सिमोनाले उपाधि जितेकी हुन् ।  पहिलो विम्बल्डनको उपाधि जितेकी सिमोनाले सेरेनालाई ६–२ र ६–२ को सेटमा पराजित गरिन् । सेरेनाविरुद्ध जित निकाल्न हालेपले ५६ मिनेटको समय निकालिन् । सिमोनाले विम्बल्डन टेनिसको उपाधि जित्ने पहिलो रोमानियन खेलाडीको रेकर्डसमेत बनाएकी छिन् ।  सिमोनाले दोस्रो ग्राण्डस्लाम उपाधि जितेकी छिन्… पुरा पढौ

विश्वकप जित्ने टिमले कति पाउनेछ पुरस्कार ?

२०१९ एकदिवसीय विश्वकपको उपाधिको लागि आयोजक इंग्ल्याण्ड र न्युजिल्याण्ड आइतबर प्रतिस्पर्धा गर्दैछन्। इंग्ल्याण्डले सेमीफाइनलमा गत संस्करणको विजेता अस्ट्रेलियालाई तथा न्युजिल्याण्डले भारतलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।  इंग्ल्याण्ड र न्युजिल्याण्डले हालसम्म विश्वकपको उपाधि चुम्न सकेको छैन तसर्थ यो पटक विश्व क्रिकेटले नयाँ विश्वकप विजेता टिम पाउनेछ। विश्वकप जित्नु आफैमा ठुलो कुरा रहेको छ जसलाई इतिहासले याद गर्ने गर्छ। अर्कोतर्फ विश्वकप जित्दा टिमले सुन्दर ट्रफी पाउनेछ भने त्योसंगै निकै ठुलो नगद पुरस्कार… पुरा पढौ

नेपाल-मलेसिया पहिलो टि-२० अन्तर्राष्ट्रिय खेल आइतबार, यस्तो छ पछिल्लो ४ खेलमा नतिजा

यसै वर्ष जनवरी/फेब्रुवरीमा युएईसंग खेलेको टि-२० अन्तर्राष्ट्रिय सिरिज खेलेको झन्डै ६ महिना पछि नेपालले बल्ल अर्को टि-२० सिरिज खेल्न लागेको छ। नेपालले र मलेसियाले हालसम्म टि-२० अन्तर्राष्ट्रिय खेलेको छैन। दुवै देशले २३ जुलाई देखि सिंगापुरमा आयोजना हुने टि-२० विश्वकप ( एसिया फाइनल ) खेल्दैछ। त्यस अघि तयारी स्वरूप २ वटा टि-२० अन्तर्रास्ट्रिय आयोजना गर्न लागिएको हो। मलेसियासंग १३ र १४ जुलाईमा २ वटा टि-२० अन्तर्राष्ट्रिय खेलेपछि नेपाली टिम जुलाई २० तारिकमा… पुरा पढौ

बेल्जियममा पनि डेभिजफल क्लब

डेभिजफल क्लव पोखरा १७ का पुर्व कोषाध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा डेभिजफल क्लव बेल्जियम गठन भएको छ । क्लवले अन्तराष्टिय स्तरमा क्लव विस्तार गर्ने क्रममा वेल्जीयममा पनि शाखा विस्तार गरेको हो । वेल्जीयममा रहेर व्यवसाय गर्दै आएका श्रेष्ठको अध्यक्षतामा आज पोखरामा एक कार्यक्रमका विच डेभिजफल क्लवका अध्यक्ष पुष्प बरालले शाखा विस्तारको औपचारीक घोषणा गरिएको हो । देशहरुमा व्यापार व्यवसायका क्रममा छरिएर रहेका आफना पुर्व सदस्यहरु तथा नेपालको खेल क्षेत्रलाइ माया गर्ने… पुरा पढौ

कास्की राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन

लगातार ११ औं राष्ट्रपति रनिङशिल्डको उपाधि कास्की जिल्लाले उचालेको छ । कास्कीले १९ स्वर्णसहित उपाधिमाथि आफनो आधिपत्यलाई कायमै राख्यो । कास्कीले एथलेटिक्स तर्फ १२ स्वर्ण, ७ रजत र २ कास्य पदक जित्दै टिम च्याम्पियन बनेको हो । नवलपुरले ५ स्वर्ण, बाग्लुङले ४ स्वर्ण, गोरखाले ३ स्वर्ण र म्याग्दीले २ स्वर्ण पदक जितेको छ । कास्कीले महिला भलिबल तर्फ पनि स्वर्ण जितेको थियो । कास्कीले उसु तर्फ दुई स्वर्ण ,एक रजत… पुरा पढौ

कति रुयैयाँमा बिक्यो क्रिकेट म्याचमा प्रयोग भएको बल र टस सिक्का ?

जारी विश्वकपमा भारत र पाकिस्तानबीचको खेलमा प्रयोग भएको बल सर्वाधिक महँगो रकममा बिकेको छ। सो म्याचमा प्रयोग भएको बल करिब डेढ लाख भारतीय रूपैयाँ बिकेको हो। खेल भारतले डकवर्थ-वेविसको आधारमा ८९ रनले जितेको थियो। आईसिसी विश्वकप-२०१९ सँग सम्बन्धित सामानहरूको लिलामी बिक्री गरिरहेको आधिकारिक वेबसाइट आफिसियलमेमोराबिला डटकमका अनुसार सो बललाई सर्वाधिक बिक्रीमूल्यमा बेच्न राखिएको थियो र २१५० अमेरिकी डलरमा सो बल बिकेको उसको दाबी छ। यसैगरी सो म्याचमा प्रयोग भएको टस… पुरा पढौ

कस्ले जित्ला विश्वकप ?

आइतबार लन्डनस्थित लार्ड्समा हुने फाइनलमा न्युजिल्यान्ड र इंग्ल्यान्ड मध्ये जुन टिम विजयी भए पनि विश्वकपले नयाँ च्याम्पियन पाउनेछ। विश्वकपको जन्मदाता इंग्ल्यान्डले यसअघि तीन पटक फाइनलमा स्थान बनाएपनि उपाधि जित्न सकेको थिएन। इंग्ल्यान्ड सन् १९७९ को फाइनलमा वेस्ट इन्डिजसँग हारेको थियो। यस्तै १९८७ र १९९२ को फाइनलमा स्थान बनाए पनि इंग्ल्यान्ड उपविजेतामै सीमित बन्यो। इंग्ल्यान्डलाई १९८७ मा अस्ट्रेलिया र १९९२ मा पाकिस्तानले हराए। न्युजिल्यान्डले सन् २०११ को विश्वकपसम्म फाइनलमा स्थान बनाउन… पुरा पढौ

पोखरा फुटबल स्टेडियम निर्माण कार्तिक १५ भित्र सक्न निर्देशन

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले पोखराको फुटबल स्टेडियम निर्माण आगामी कार्तिक १५ गतेसम्म सकेर हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । उनले शुक्रबार निर्माणाधिन प्यारापिटसहितको फुटबल मैदान निरिक्षण गर्दै निर्माण कम्पनीलाई राष्ट्रिय गौरवको योजनालाई ढिला नगरी कार्तिक १५ सम्ममा तयार पार्न निर्देशन दिए । ‘कार्तिक १५ गतेसम्मको मिति दिन्छु । त्यो दिनसम्म काम सम्पन्न गर्नुहोस । यो राष्ट्रिय गौरवको योजना हो त्यसैले ढिला गर्नुहुदैन् ।’ सदस्य सचिव… पुरा पढौ

२७ वर्ष पछि इंग्ल्याण्ड विश्वकपको फाइनलमा, अस्ट्रेलियाको इतिहासमै पहिलो हार

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटको ठुलो अन्तरले पराजित गर्दै आयोजक इंग्ल्याण्ड १३ औं एकदिवसीय विश्वकपको फाइनल प्रवेश गरेको छ। यस अघिनै न्युजिल्याण्ड भारतलाई १८ रनले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ। इंग्ल्याण्ड र न्युजिल्याण्ड बीच फाइनल खेल लर्ड्स मैदानमा जुलाई १४ तारिक आइतबार ३:१५ बजे ( नेपाल ) खेलिनेछ। लगातार तेश्रो पटक विश्वकप फाइनलमा आयोजक टिमले स्थान बनाएको हो। सन् २०११ मा भारत, २०१५ मा न्युजिल्याण्ड र अस्ट्रेलियाले फाइनलमा स्थान… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं