पाकिस्तान शीर्ष चारमा पुग्यो
इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानमाथि महत्वपूर्ण जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा पाकिस्तानले विश्वकपको कान्छो सदस्य अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको हो । जितसंगै पाकिस्तानले शीर्ष चारमा रहँदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । पाकिस्तानले ८ खेलबाट ९ अंक जोडेको छ । अफगानिस्तानले अंक बटुल्न सकेको छैन । यस्तो छ खेलको अवस्था लिड्समा भएको खेलमा अफगानिस्तानले दिएको २२८ रनको लक्ष्य पाकिस्तानले ४९.४ ओभरमा…
पुरा पढौ
अष्ट्रेलियासंग पराजित भएपछि न्युजिल्याण्ड अप्ठेरोमा
इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्ड अप्ठेरोमा परेको छ । सुरुआतमा लगातार खेल जितेर अपराजित यात्रा अगाडि बढाएको भए पनि न्यूजिल्याण्ड पछिल्लो समय लगातार दुई खेल हार्दा अप्ठेरोमा परेको छ । शनिबार रातिको खेलमा न्युजिल्याण्डलाई अष्ट्रेलियाले पराजित गरेको छ । लर्ड्समा भएको खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८६ रनले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको २४४ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४३.४ ओभरमा अलआउट हुँदै १५७ रनमा रोकिन वाध्य भयो । कप्तान…
पुरा पढौ
मन्थ्ली गल्फ पुरस्कार बलराम थापालाई
पोखराको हिमालयन गल्फ कोर्षमा जून महिनाको गल्फ प्रतियोगिताको उपाधि बलराम थापाले जितेका छन् । फूल ह्याण्डक्यापको स्टेबल फोर्ड अन्तर्गत प्रतिस्पर्धामा शनिबार पोखराको छिनेडाडाँस्थित गल्फ कोर्षमा थापाले ४ अण्डर ४० को स्कोरसहित ट्रफी उचालेका हुन् । २५ जना गल्फरले प्रतिस्पर्धा गरेको खेलमा राजु थकाली उपविजेत ाबने । उनले १अण्डर ३७ को कार्ड बनाए । त्यसैगरी ग्रस तर्फको प्रतिस्पर्धामा भने बसन्त गौचनले २१ स्कोरसहित उपाधि उचाले । लङगेष्ट ड्राईभको पुरस्करा जीवराम गुरुङले…
पुरा पढौ
एसी मिलानलाई युरोपा लिग खेल्नबाट प्रतिबन्ध
इटालियन फुटबल क्लब एसी मिलान आगामी सिजनको युरोपा लिग खेल्न नपाउने भएको छ । युइएफएको कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्ट्सले खेलाडी किनबेचमा क्लबले आर्थिक नियमको उलंघन गरेको आरोप लगाउदै सो प्रतिबन्ध लगाएको हो । यस सिजनको सिरी ए मा पाँचौ स्थानमा रहेक ओएसी मिलान आउदो सिजनका लागि युरोपा लिगमा छनौट भएको थियो । कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्ट्सले एक विज्ञप्ति जारी गर्दै सन् २०१५/१६/१७ मा मिलानले आर्थिक नियम उलंघन गरेको…
पुरा पढौ
रंगशालामा फुटबल मैदान र बहुउद्देश्यीय कभर्ड हलक लागि ५/५ करोड
डिसेम्बर १–१० सम्म पोखरामा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका केही खेल खेलाईने छ । कुन कुन खेल भन्ने ठोस निर्णय भईसकेको छैन् । आर्चरी, महिला फुटबल तथा केही इण्डोर गेम पोखरामा सञ्चालन हुने सम्भावना प्रवल छ । अहिले जूनको मध्य चलिरहेको छ । सागको लागि समय अनुसार अब पाँच महिना बाँकी छ । पाँच महिनाभित्रमा आवश्यक पुर्वाधार सबै तयार पारिसक्नुपर्ने छ । पुर्वाधारको लागि राष्ट्रिय खेलकुद परिषदले आवश्यक बजेट…
पुरा पढौ
अन्ततः वेष्टइण्डिज पनि विश्वकपबाट बाहिरियो
वेष्ट इन्डिज इंगल्याण्डमा जारी विश्वकप क्रिकेटबाट बाहिरिने तेस्रो टिम बनेको छ । बिहीबार रातिको खेलमा भारतसंग १२५ रनले पराजित भएपछि वेष्ट इन्डिज विश्वकपबाट बाहिरिने तेस्रो टिम बनेको हो । यसअघि अफगानिस्तान र दक्षिण अफ्रिका बाहिरिएका थिए । ७ खेलबाट अंकविहीन अफगानिस्तान र ७ खेलबाट ३ अंकको दक्षिण अफ्रिका बाहिरिँदा ७ खेलबाट ३ अंक नै बटुलेको वेष्ट इन्डिज पनि बाहिरिएको हो । दुई खेल खेल्न बाँकी छँदै तीन वटै टिम सेमिफाइनल…
पुरा पढौ
एकदिवसीयमा नेपालको वरियता झर्यो, अब के हुन्छ ?
नेपाल एकदिवीय क्रिकेट वरियतामा एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार सार्वजनिक गरेको विश्व वरियतामा नेपाल एक स्थान तल झर्दै १५औं स्थानमा पुगेको छ । यसअघि नेपाल १४औं स्थानमा थियो । एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा भने भारत उक्लिएको छ । यसअघि शीर्ष स्थानमा रहेको इंग्ल्यान्ड दोस्रो स्थानमा र न्युजिल्यान्ड तेस्रो स्थानमा छ । अष्ट्रेलिया चौथो, दक्षिण अफ्रिका पाँचौं, पाकिस्तान छैटौं र बंगलादेश सातौं स्थानमा छ…
पुरा पढौ
अन्नपूर्ण म्याराथनका लागी बजेट विनियोजन
अन्नपूर्ण गाँउपालिकाले तेस्रो सस्करणको अन्नपूर्ण म्याराथनको लागि २० लाख रुपैयाँ बजेट छुट्टाएको छ । केही दिन अघिमात्रै सम्पन्न भएको गाँउपालिकाको सभाले अन्तराष्ट्रिय ब्राण्ड बन्ने धुनमा रहेको म्याराथनको प्रवद्र्धन गर्न २० लाख रुपैयाँ छुट्टाईएको हो । । स्थानीय अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जून ३ मा अन्नपूर्ण म्याराथन गर्दै आएका छन् । म्याराथनसँगै पर्यटकीय घान्द्रुकमा पर्यटन महोत्सव गर्दै आएको छ । महोत्सवसँगै म्याराथनको प्रवद्र्धन गर्न २० लाख रुपैयाँ छुट्टाइएको गाँउपालिका अध्यक्ष युवराज…
पुरा पढौ
पूर्व राष्ट्रिय च्याम्पियन सरादेवीले कोसंग गरिन विवाह ?
ब्याडमिन्टनकी पूर्व राष्ट्रिय च्याम्पियन सरादेवी तामाङ विवाह बन्धनमा बाधिँएकी छिन् । नेपाली सेनाकी क्याप्टन उनि बुधबार डोटीका प्रज्वल श्रेष्ठसँग विवाह गरेकी हुन् । प्रज्वल पनि ब्याडमिन्टनका ‘ए’ लेभल उतिर्ण ब्याडमिन्टन प्रशिक्षक हुन् । सराका बहिनी नङसलदेवी र भाई रत्नजित ब्याडमिन्टन खेलाडी हुन् । नङसलदेवी महिला र रत्नजित पुरुषतर्फ वरियताको शीर्षस्थानमा छन् । चोटका कारण पूर्व नम्बर एक सरा ब्याडमिन्टन कोर्टमा उत्रिएका छैनन् । उनी नेपालमै आयोजना हुने १३ औं दक्षिण…
पुरा पढौ
पाकिस्तानले न्यूजिल्याण्डविरुद्ध दोहोर्यायो इतिहास
इंगल्याण्डमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा पाकिस्तानले न्यूजिल्याण्डविरुद्ध इतिहास दोहोर्याएको छ । पाकिस्तानले न्यूजिल्याण्डलाई ६ विकेटले पराजित गर्दै ३६ वर्षदेखिको वर्चश्वलाई निरन्तरता दिएको हो । ३६ वर्षदेखि पाकिस्तानले न्यूजिल्याण्डलाई इंगल्याण्डको भूमिमा हराउँदै आएको छ । बिर्मिङघममा बुधबार राति भएको खेलमा न्यूजिल्याण्डले दिएको २३८ रनको सामान्य लक्ष्य पाकिस्तानले ४९.१ ओभर मात्र ४ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानको जितमा बाबर आजमले शतक बनाए । आजमले १२७ बलमा ११ चौकासहित नटआउट रहँदै…
पुरा पढौ