नेपाली राष्ट्रिय क्रिकेट टिमको विदाई

मलेसीयासंग २ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार मलेसिया प्रस्थान गरेको छ।

नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्यसचिव रमेश सिलवालले विदाई गर्नु भयो। टिम १ बजे त्रिभुवन विमानस्थबाट मलेसिया प्रस्थान गरेको छ।

नेपालले असार २८ र २९ गते  ( जुलाई १३ र १४ )  दुई मैत्रिपूर्ण खेल खेल्ने छ । मलेसियासँगको दुई मैत्रिपूर्ण खेल पछि नेपाली टोली उतैबाट जुलाई २० तारिकमा सिंगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

मलेसियासंग १३ र १४ जुलाईमा टि-२० अन्तर्राष्ट्रिय खेलेपछि नेपाल टि-२० विश्वकप छनौट एसिया फाइनल खेल्न सिंगापुर प्रस्थान गर्नेछ। नेपाल सहित आयोजक सिंगापुर, कतार, कुवेत, मलेसिया सहभागी रहेका छन्।

नेपालले २३ जुलाईमा कतारसंग इन्डीयन एसोसिएसन मैदानमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै २४ जुलाईमा मलेसियासंग, २७ जुलाईमा कुवेतसंग र २८ जुलाईमा सिंगापुरसंग खेल्ने तालिका रहेको छ। प्रतियोगिताको सबै खेल इन्डियन एसोसिएसन मैदानमा खेल्नेछ।

टि-२० विश्वकप २०२० कसरि छनौट हुन्छ नेपाल ?

टि-२० विश्वकप एसिया फाइनल प्रतियोगिताको शिर्ष स्थानमा पर्न सके नेपाल ग्लोबल क्वालीफायर खेल्न छनौट हुनेछ। ग्लोबल क्वालिफायर युएईमा अक्टोबर ११ देखि ३ नोभेम्बरसम्म आयोजना हुनेछ।

Nepal Cricket Team
NEPAL CRICKET TEAM

ग्लोबल क्वालिफायरमा नेपाल यदी छनौट भएको खण्डमा नेपालले विश्वका अन्य क्षेत्रको छनौट प्रतियोगिताबाट आएका ६ वटा टिम सहित स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हंगकंग, ओमान, आयरल्याण्ड र आयोजक युएईसंग प्रतिस्पर्धा गर्नेछ।

कुल १४ टिम सहभागी हुने ग्लोबल क्वालिफायरबाट उत्कृस्ट हुने ६ वटा टिम २०२० अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकप खेल्न छनौट हुनेछ।