खेलकुद

२७ वर्ष पछि इंग्ल्याण्ड विश्वकपको फाइनलमा, अस्ट्रेलियाको इतिहासमै पहिलो हार

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटको ठुलो अन्तरले पराजित गर्दै आयोजक इंग्ल्याण्ड १३ औं एकदिवसीय विश्वकपको फाइनल प्रवेश गरेको छ। यस अघिनै न्युजिल्याण्ड भारतलाई १८ रनले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ। इंग्ल्याण्ड र न्युजिल्याण्ड बीच फाइनल खेल लर्ड्स मैदानमा जुलाई १४ तारिक आइतबार ३:१५ बजे ( नेपाल ) खेलिनेछ। लगातार तेश्रो पटक विश्वकप फाइनलमा आयोजक टिमले स्थान बनाएको हो। सन् २०११ मा भारत, २०१५ मा न्युजिल्याण्ड र अस्ट्रेलियाले फाइनलमा स्थान… पुरा पढौ

उपल्लो मुस्ताङमा सेभेन ए साईड फुटबल

उपल्लो मुस्ताङको २५ औ राजा स्वर्गीय झिग्मे दोर्जे डान्दुल विष्टको स्मृतिमा उपल्लो मुस्ताङको चराङ गाउमा प्रथम लो ग्याल्पो झिग्मे स्मृती कप सेभेन ए साइड फुटवल तथा भलिवल प्रतियोगिता २०७६ शुरु भएको छ । मुस्ताङे राजाको स्मरणसँगै सम्पूर्ण युवाहरुलाई खेलको माध्यामबाट एकीकृत बनाउने उद्देश्यले उपल्लो मुस्ताङको लो घेकर युवा क्लवले उक्त कपको आयोजना गरेको हो । आगामी साउन १ गते सम्म सञ्चालन हुने प्रथम लो ग्याल्पो झिग्मे स्मृती कपको उद्घाटन गर्दै… पुरा पढौ

अष्ट्रेलिया-इंग्ल्यान्ड भिडन्त कस्तो होला ?

विश्वकप सुरु हुनुअघि आयोजक इंग्ल्यान्ड र भारतलाई प्रतियोगिताको दाबेदार टिम मानिएको थियो। दुवैले प्रतियोगिताको सुरुवात अपेक्षाअनुरुप गरे। लिग चरणमा शीर्ष भएको भारत सेमिफाइनलबाट बाहिरिसकेको छ। भारतलाई बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले पराजित गरेको थियो।  इंग्ल्यान्ड भने सुरुवाती ५ खेलपछि धर्माराएको थियो। अन्तिम २ खेल जितेर नकआउट चरणमा पुगेको इंग्ल्यान्डले सेमिफाइनलमा पुरानो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग बिहीबार बर्मिङघममा खेल्दैछ। लिग चरणको खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डमाथि सानदार जित निकालेको थियो। लर्ड्समा भएको खेलमा अस्ट्रेलिया ६४… पुरा पढौ

धोनीको चौतफी आलोचनाः न्यूजिल्याण्डका कप्तानले सोधे, ‘धोनीले नागरिकता फेर्लान् ?’

न्यूजिल्याण्डका कप्तान केन विलियम्सले भारतका पूर्व क्रिकेट कप्तान एवं विकेट किपर महेन्द्र सिंह धोनीको बचाउ गरेका छन् । भारत विश्वकपको रेसबाट बाहिरिएपछि सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध धोनीको खेलको चौतफी आलोचना भइरहेको छ । न्यूजिल्याण्डले बुधबार म्यान्चेस्टरको ओल्ड ट्रेफर्ड मैदानमा सेमिफाइनलको रोमाञ्चक खेलमा भारतलाई १८ रनले हराएर लगातार दोस्रोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो । न्यूजिल्याण्डको २४० रनको लक्ष्यलाई पछि पार्नका लागि बुधबार जब भारतीय खेलाडी बलिङ गर्न थाले तब पाँच रनमा नै… पुरा पढौ

भारत विश्वकपबाट आउट, न्युजिल्यान्ड फाइनलमा

न्युजिल्यान्ड आइसिसी क्रिकेट विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्यान्ड उपाधि नजिक पुगेको हो। म्यानचेस्टरमा भएको खेलमा न्युजिल्यान्डले दिएको २४० रनको लक्ष्य पछ्याएको भारत ३ बल बाँकी छदा २२१ रनमा अलआउट भयो।  भारतका लागि रविन्द्र जडेजाले ७७ रन जोडे। उनले ५९ ४ चौका र ४ छक्का हिर्काए। उनले महेन्द्रसिंह धोनीसँग सातौं विकेटका लागि ११६ रनको साझेदारी गरे। जडेजा ४८ ओभरको… पुरा पढौ

सेरेनालाई जरिवाना किन ?

पूर्व विश्व नम्बर एक अमेरिकन टेनिस खेलाडी सेरेना विलियम्स बढी सन्की हुँदै गएकी छिन् ।  विम्बल्डन टेनिस खेलका क्रममा दुर्व्यवहार गरेकी सेरेनालाई विम्बल्डनले उनलाई जरिवाना गरेको छ । उनलाई ८ हजार पाउन्ड जरिवाना तिर्नुपर्ने भएको छ । प्रतियोगिता सुरु हुनुअघिको अभ्यासको क्रममा टेनिस कोर्ट बिगारेको भन्दै विम्बल्डनले सेरेनालाई जरिवाना गरिएको हो ।  सेरेनाले टेनिस र्याकेटले हिर्काएर कोर्ट बिगारेकी थिइन् । २३ पटककी ग्राण्डस्लाम च्याम्पियन सेरेना प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेकी छिन् । सेरेनाले… पुरा पढौ

मेस्सीले अब तोड्न सक्लान् यी रेकर्डहरु ?

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आफ्नो पुस्ताकै सर्वकालीन महान खेलाडीमा गनिन्छन् । बार्सिलोनाबाटै फुटबल करियर सुरु गरेका मेस्सी बार्सिलोनाका लागि सदाबहार उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । मेस्सी अहिले बार्सिलोनाको एक मुख्य खेलाडीका रुपमा छन् । पाँच पटकका बालोन डि’ओर विजेता मेस्सी ला लिगाका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । मेस्सीले विश्व फुटबलमा बार्सिलोनाका लागि प्रायः सबै खाले उपाधि जिताइसकेका छन् । ३२ वर्षीय मेस्सीले उमेर ढल्किँदै गएपनि उनको क्षमतामा भने झन… पुरा पढौ

अपडेट : भारत फाइनलमा पुग्दै, न्यूजिल्याण्ड ४६.१ ओभरबाट अगाडि खेल्ने

इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत र न्यूजिल्याण्डबीचको वर्षाले गर्दा मंगलबार रोकिएको पहिलो सेमिफाइनल खेल बुधबार हुँदैछ ।  म्यानचेस्टरमा पूरा हुनुपर्ने खेल वर्षाले पूरा हुन नसकेका कारण रिजर्भ डेमा बुधबार हुन लागेको हो । वर्षाले खेल रोकिनुअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ४६.१ ओभरमा ५ विकेटको नोक्सानीमा २११ रन बनाएको छ । कप्तान केन विलियम्सन ६७ रनमा आउट भएका छन् । रोस टेलर ६७ र टम लाथम ३… पुरा पढौ

भारत–न्यूजिल्याण्डको खेल रिजर्भ डे मै हुने, यस्तो छ प्रक्रिया

इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत मंगलबारको भारत र न्यूजिल्याण्डबीचको पहिलो सेमिफाइनल खेल वर्षाले गर्दा रोकिएको छ । म्यानचेस्टरमा पूरा हुनुपर्ने खेल बीचमै रोकिएको हो । वर्षाले खेल रोकिनुअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ४६.१ ओभरमा ५ विकेटको नोक्सानीमा २११ रन बनाएको छ । रोस टेलर ६७ रनमा नटआउट छन् भने कप्तान केन विलियम्सन ६७ रनमा आउट भए । जस्प्रित बुम्राह, भुवनेश्वर कुमार, हार्दिक पाण्डेया, रबिन्द्र जडेजा र… पुरा पढौ

भारतले उत्कृष्ट बलिङ्ग गर्दा न्युजिल्याण्ड दबाबमा, वर्षा बन्यो बाधा

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमीफाइनलमा भारत र न्युजिल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्।  लिग चरणमा भारत पहिलो स्थानमा र न्युजिल्याण्ड चौथो स्थानमा रहँदै सेमीफाइनलमा स्थान बनाएको थियो। ओल्ड ट्रयाफोर्ड , म्यानचेस्टरमा टस जितेर ब्याटिंग गरेको न्युजिल्याण्डले ४६.१ ओभरमा ५ विकेट गुमाएर २११ रन बनाएको छ। भारि वर्षाको कारण खेल रोकिएको छ। अत्यन्त सुस्त सुरुवात गरेको न्युजिल्याण्डका ओपनर मार्टिन गुप्टिललाई १ रन मात्र बनाउदा जस्प्रित बुम्राहले चौथो ओभरमा क्याच आउट… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं