खेलकुद

टी–२० बरियतामा नेपाल यथास्थानमा

एजेन्सी-नेपाल आईसीसी टी–२० बरियतामा यथा स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शनिबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल यथा स्थानमा रहँदै ११ औं स्थानमा रहेको हो । नेपालले हालै मलेसियासँग खेलेको दुईवटा टी–२० सिरिजमा क्लिन स्विप र सिंगापुरमा सम्पन्न आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गतक एसियाली छनोट खेलेपनि वरियतामा सुधार गर्न सकेन । नयाँ वरियताअनुसार नेपालले १४ खेलबाट दुई सय एक अक पाएको छ । एसोसिएट देशमा भने नेपाल… पुरा पढौ

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा बने ‘डान’

विश्व तेक्वान्दो महासंघले युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई शनिबार मानार्थ सातौं डान प्रदान गरेको छ । महासंघको नीति तथा कार्यक्रम अनुसार महिला हिंसाबाट पीडित बालिकाहरु र कैदी जीवन बिताइरहेका अभिभावकहरुका बालवालिकालाई लक्षित गरी नेपाल तेक्वान्दो संघले सञ्चालन गरेको एक वर्षे तेक्वान्दो विशेष तालिमको उद्घाटन अवसरमा महासंघका अध्यक्ष चोङ वो चोइले मन्त्री विश्वकर्मालाई उक्त डान प्रदान गरेका हुन् ।  सोही अवसरमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई पनि… पुरा पढौ

प्रदीपलाई पोखरा ओपन टेनिस उपाधि

पोखरा खुल्ला टेनिस प्रतियोगिताको उपाधि प्रदीप खड्काले जितेका छन् । खड्काले पोखरा रंगशाला टेनिस कोर्टमा शनिबार भएको फाईनलमा अनिल शाहीलाई 3–६, ६–०, ६–४ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । ख्डकाले सेमिफाईनलमा नविन मगरलाई पराजित गर्दै फाईनल प्रवेश गर्दा अनिलले भने सौगात खड्कालाई पराजित गरेका थिए । पोखरामा मासिक रुपमा विभिन्न प्रायोजनमा टेनिस प्रतियोगिता हुदैं आएको छ । प्रतियोगितालाई टेनिसका अग्रज खेलाडी समीर शेचरनले प्रायोजन गरेका थिए । प्रतियोगितामा… पुरा पढौ

पोखरामा महिला फुटबलसँगै साग महिला क्रिकेट पनि

पोखरामा साग महिला क्रिकेट प्रतियोगिता गर्ने प्रारम्भिक तयारी गरिएको छ । कीर्तिपुर र मुलपानी क्रिकेट मैदानको निरिक्षणपछि राष्ट्रिय खेलुकद परिषदले महिला क्रिकेट प्रतियोगिता पोखरा रंगशालामा आयोजना गर्ने सम्भावना बढेको हो । पोखरामा आयोजना गर्ने सम्भावना बढेपछि आवश्यक पुर्वाधार समेत मैदान मर्मत सम्भारको गृहकार्य शुरु गरिएको छ । क्रिकेटका मुख्य प्रशिक्षक जगत टमटाले मैदान निरिक्षण गर्दै प्रारम्भिक चरणमा गर्न सकिने कामको मात्रै शुरु गर्नुपर्ने बताए । ‘चरणबद्ध काम गर्नुपर्छ । सागको… पुरा पढौ

१७ औं आहारारा गोल्डकपको आयव्यय सार्वजनिक, आम्दानी कति ?

सहारा क्लब पोखराले १७ औं संस्करणको आहारारा गोल्डकप फुटवल प्रतियोगिताबाट डेढ लाख रुपैयाँ मात्र आम्दानी गर्न सफल भएको छ । क्लबले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगिताबाट ७० लाख ७८ हजार कूल आम्दानी र ६९ लाख २९ हजार रुपैयाँ जम्मा खर्च भइ १ लाख ४९ हजार रुपैयाँ मुनाफा गर्न सफल भएको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । १७ औं आहारारा गोल्डकप गत फागुन ९… पुरा पढौ

मेस्सीमाथि प्रतिबन्ध, ३ महिना खेल्न नपाउने !

अर्जेन्टिना फुटबल टिमका क्याप्टेन लियोनल मेस्सीलाई ३ महिना अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । कोपा अमेरिका फुटबलबारे उनले गरेको टिप्पणीलाई लिएर दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय कोनमेबोलले उनीमाथि प्रतिबन्ध लगाएको हो । गएको महिना ब्राजिलममा भएको कोपा अमेरिका फुटबल प्रतियोगिताका क्रममा मेसीले यसलाई ‘भ्रष्ट’ भनेका थिए । साथै उनले कोपा अमेरिकाको उपाधि ब्राजिलका लागि निश्चित भएको टिप्पणीसमेत गर्न भ्याएका थिए । मेस्सीका लागि यही अभिव्यक्ति महँगो सावित… पुरा पढौ

प्रादेशिक क्रिकेट संघमा देवेन्द्र प्रजू

गण्डकी प्रादेशिक क्रिकेट संघमा देवेन्द्र प्रजू अध्यक्षमा सर्वसम्मत भएका छन् । उनी लामो समय कास्की जिल्ला क्रिकेट संघको अध्यक्ष समेत रहेका थिए । उपाध्यक्षमा दिपक पोखरेल(स्याङजा), सचिवमा सुमनराज कार्की(तनहुँ), कोषाध्यक्षमा प्रकाश पौडेल (नवलपुर) रहेका छन् । यसैगरी सदस्यमा दिवाकर थापा (स्याङजा) अर्जुनकुमार श्रेष्ठ (तनहुँ) विमलमान गुभाजू(कास्की) र ईन्द्र सिग्देल (नवलपुर), ऋषिराम गौतम(कास्की), सन्जयकान्त सिग्देल(कास्की), सुमन पण्डित(नवलपुर), अतिशकुमार खड्क (तनहँु) र अजुर्नकुमार थापा (स्याङजा) रहेका छन् । शुक्रबार पोखरामा आयोजित प्रादेशिक… पुरा पढौ

तेक्वान्दो खेलाडी मलेसिया प्रस्थान

मित्र राष्ट्र मलेसियाको क्वालालम्पुरमा आयोजना हुने मलेसिया अन्तराष्ट्रिय ओपन तेक्वान्दो च्याम्पियनमा सहभागी हुन ११ सदस्यिय टोली बिहिबार त्यस तर्फ प्रस्थान गरेका छन् । पेमा सिद्धि लामाको नेतृत्वमा मलेसिया जाने टोलीमा खेलाडी तर्फ आयुष ढुङ्गेल (३८ केजी), श्री कृष्ण खड्का (८० केजी), सुमन कुमार लामा (८० केजी माथी), रिमा खत्री (३६ केजी), हेमकला जिरेल (४२ केजी), चन्दु शाही (४६ केजी) रहेका छन् । यस्तै टिम प्रशिक्षकमा गणेश कुमार पाण्डे, ब्यवस्थापकमा केशव… पुरा पढौ

सोमपाल कामीको टिम पराजित, के गरे कामीले ?

क्यानाडामा भइरहेको ग्लोबल टी–२० क्रिकेट लिगमा नेपाली राष्ट्रिय टिमका खेलाडी सोमपाल कामी सम्मिलित रहेको विनिपेग होक्स पराजित भएको छ ।  बिहीबार राति भएको खेलमा होक्स टोली ब्राम्पटन वुल्भ्ससंग ७ विकेटले पराजित भएको हो ।  खेलमा पहिले ब्याटिङ गरेको होक्स १८.५ ओभरमा ११६ रनमा अलआउट भयो । साइमान अनवरले ३१ रन तथा पुछारका ब्याट्सम्यान कलिम सानाले २७ रन बनाए ।  त्यस्तै सन्नि सोयलले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर… पुरा पढौ

नेपालले अब खेल्ने ४ ठूला प्रतियोगिता कुन कुन हुन् ?

सिंगापुरमा आयोजित आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) मा तेश्रो स्थान हाँसिल गरेपछि अस्ट्रेलियामा आयोजना हुने २०२० टि-२० विश्वकपको दौडबाट बाहिरिएको नेपाली क्रिकेट टिमले अबको दिनमा थप चुनौती सामना गर्नेछ। अब नेपालको अगि सन् २०२२ मा भारतमा आयोजना हुने विश्वकप छनौट हुने चुनौती अघि रहेको छ। आईसीसीले आयोजना गर्ने विश्वकप लिग-२ मा नेपाली टिम आगामी समय व्यस्त रहनेछ। त्यो संगै एसियाली टेस्ट राष्ट्रहरु सहभागी हुने टि-२० एसिया कपमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं