ताजा समाचार

श्रावण १९ गते २०७६

वाह सन्दीप लामिछाने ! सलाम : युवराज

 कुनै त्यस्तो कप्तान हुँदैन होला जसले कुनै बलरबाट पहिलो ओभरमा २४ रन खाएपछि दोस्रो ओभर बलिङ गर्न देला । 

तर भारतीय खेलाडी युवराज सिंहले त्यो अवसर दिएका छन् नेपाली राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई । 

क्यानडामा भइरहेको ग्लोबल टी–२० क्रिकेटमा शनिबार राति टोरन्टो नेसनल्सका कप्तान युवराजले सन्दीपद्धारा पहिलो ओभर खराव खेले पनि दोस्रो ओभर दिएर रिस्क लिएका छन् । 

तर सन्दीपले ठूलै चुनौती लिएर दोस्रो ओभरमा ३ रन मात्र दिएर ब्राम्टन वुल्भसका कप्तान कोलिन मुन्रोलाई आउट गरे । 

सन्दीपले ४ ओभर बलिङ गर्दै ४४ रन दिएर १ विकेट लिए । 

जारी सिजनमा यो सन्दीपको पहिलो खेल हो । उनी सिंगापुरमा भएको विश्वकप टी–२० एसिया फाइनलको छनोट खेलेर सिधै सोमपाल कामीसंगै क्यानडा गएका थिए । 

सन्दीपले गत वर्षको सिजन पनि खेलेका थिए ।