खेलकुद

सागमा सिनियर टिमले खेल्न पाउलान् ?

दक्षिण एसियाली खेलकुद (साग) को क्रिकेटमा नेपालको राष्ट्रिय टोलीले खेल्ने सम्भावना बढेको छ । नेपाल ओलम्पिक कमिटीले टेष्ट मान्यताप्राप्त देशले तीन सिनियरसहित यू–२३ टोली खेलाउने र अरु देशलाई उमेर हद लागू नहुने प्रस्ताव गरेको छ । ‘यसमा कुनै कमेन्ट आएको छैन । यसको अर्थ सहमति जस्तै हो’ कमिटीका कार्यकारी सचिव सुशन श्रेष्ठले भने, ‘दक्षिण एसियाली ओलम्पिक कमिटीले निर्णय गर्न भने बाँकी छ ।’ दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठक आयोजक राष्ट्रको… पुरा पढौ

अन्ततः सोमपालले नै लिए क्याच, जिताए म्याच

क्यानडामा भइरहेको ग्लोबल टी–२० क्रिकेटमा नेपाली राष्ट्रिय टिमका खेलाडी सोमपाल कामी रहेको टिम वेनिपेग होक्स फाइनलमा प्रवेश गरेको छ ।  दोस्रो क्वालिफायर खेलमा शनिबार राति ब्रामटन वुल्भलाई ७ विकेटले पराजित गर्दै होक्स फाइनलमा पुगेको हो । होक्सले अब उपाधिका लागि भ्यानकुभर नाईट्ससंग प्रतिस्पर्धा गर्नेछ । नेपाली राष्ट्रिय टिमका अर्का खेलाडी सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेशनल्सलाई इलिमिनेटरमा हराएर सोमपालको होक्स क्वालिफायरमा पुगेको थियो ।  खेलको अवस्था निकै रोमाञ्चक खेलमा अन्तिम बलमा… पुरा पढौ

सोमपाल कामीले खोल्न किन पाएनन् ?

ग्लोबल टि-२० क्यानडा प्रतियोगिता अन्तर्गत विन्नीपेग हक्स र ब्राम्पटन वुल्भ्स बीचको दोश्रो क्वालीफायर खेलमा नेपाली खेलाडी सोमपाल कामिले अन्तिम-११ मा नाम लेखाउन पुनः असफल भएका छन्। नेपाली समय ११:४५ बजे राति सुरु हुने खेलमा विजयी हुने टिम भोलि हुने भानकुभर नाइट्ससंग फाइनल खेल्न छनौट हुनेछ। खेलमा ब्राम्पटनले टस जितेर ब्याटिंग रोजेको छ। भानकुभरले पहिलो क्वालीफायरमा ब्राम्पटनलाई ७७ रनले ( डीएल मेथड ) पराजित गरेको थियो। ब्राम्पटनको अन्तिम-११ मा युएई क्रिकेटर… पुरा पढौ

जिम्न्याष्टिक संघ कास्कीको अध्यक्षमा योगेन्द्र

कास्की जिल्ला जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र गुरुङ चयन भएका छन् । नेपाल जिम्न्याष्टिक संघका केन्द्रीय सदस्य प्रविन उप्रेतीको उपस्थितिमा शुक्रवार भएको भेलाले गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्वत चयन गरेको हो । संघको उपाध्यक्ष राजु कायस्थ, सचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा थमनबहादुर थापा, सहसचिवमा राजु केसी, सहकोषाध्यक्षमा सोमबहादुर शाही छन् । यसैगरी सदस्यमा एनशोभा गुरुङ विनोद गुरुङ, रविन्द्र तझ्या, अर्जुन गुरुङ, जितबहादुर गुरुङ, शंकर विश्वकर्मा र माधव गुरुङ छन् । अध्यक्ष… पुरा पढौ

कुवेतले नेपाललाई खेल मैदान दिन मानेन, अब सबै खेल नेपालमै

२०२२ विश्वकप फुटबल छनोटको दोस्रो चरणको प्रतियोगितामा नेपालले घरेलु मैदान (होम ग्राउण्ड) मा खेल्नुपर्ने सबै खेल नेपालमा नै खेल्ने भएको छ । अन्तर्राष्ट्रिय स्तरको खेलमैदान तयार नभएकाले यसअघि कुवेतसँग नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि कुवेतमै गर्न प्रस्ताव गरेको थियो । तर कुवेतले नमानेपछि नेपालमा नै गर्न लागिएको हो । विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपालले कुवेत, चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियासँग खेल्नुपर्नेछ । पुनर्निर्माण भइरहेको दशरथ रंगशाला समयमा तयार… पुरा पढौ

आफ्नो रंगशाला नबनेपछि कुवेतमा खेल्दै नेपाल

कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको एशिया दोस्रो चरण छनोटअन्तर्गत नेपालले कुवेतविरुद्धको पहिलो खेल उसैको मैदानमा खेल्ने निश्चित भएको छ । कुवेतविरुद्धको नेपालको होम खेल कुवेतमा नै खेलाउनका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गरेको प्रस्ताव कुवेत फुटबल सङ्घले स्वीकृति दिएपछि नेपालले पहिलो खेल कुवेतमा खेल्ने पक्का भएको एन्फाले जनाएको छ । नेपाल र कुवेतबीचको होम खेल आगामी भदौ १९ गते हुनेछ । नेपालको एकमात्र अन्तरराष्ट्रियस्तरको… पुरा पढौ

सन्दिपको टिमलाई हरायो सोमपालको टिमले

क्यानाडामा भइरहेको ग्लोबल टी–२० क्रिकेट अन्तर्गत पहिलो इलिमिनेटर खेलमा नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएर पनि टिमलाई जिताउन सकेनन् ।  अर्का नेपाली राष्ट्रिय टिमका खेलाडी सोमपाल कामीको टिम विन्निपेग होक्सविरुद्वको खेलमा टोरन्टो नेसनल्सका सन्दीपले दुई विकेट लिएर पनि २ रनको हार बेहोर्न पुग्यो ।  खेलमा पहिला ब्याटिङ गरेको सन्दीपको टिमले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा २३८ रन बनाएको थियो । हेन्रिच क्लासेनले ४९ बलमा नटआउट १०६… पुरा पढौ

नेपाली स्पिनर सन्दिप लामिछाने चम्किएपछि….

ग्लोबल टि-२० लिग अन्तर्गत इलिमीनेटर खेलमा विन्नीपेग बिरुद्ध खेल्ने क्रममा नेपाली स्पिनर सन्दिप लामिछानेले राम्रो प्रदर्शन गरेका छन्। सोमपाल कामिलाई भने टिमले अन्तिम-११ मा मौका दिएन। जारी खेलमा पहिले ब्याटिंग गर्दै टोरोन्टोले २० ओभरमा ५ विकेट गुमाएर २३८ रन बनाएको थियो। हेनरिच क्लासेनले ४९ बलमा ११ चौका र ५ छक्का मदतले अविजित १०६ रन बनाएका थिए भने रोडरिगो थोमसले ७३ रन ( ४० बलमा ७ चौका र ५ छक्का )… पुरा पढौ

फुटबल मैदान बनाउन घाँस कलकत्ता, सिन्थेटिक ट्रयाक जर्मन र स्टिल स्ट्रक्चर फ्रान्सबाट

पोखरा रंगशालाभित्रको फुटबल मैदानको घाँस अक्टोबर र प्यारापिटका सिट नोभेम्बरको पहिलोसातासम्ममा आईपुग्ने छ । डिसेम्बर १ देखि १० सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पोखरामा निर्माणाधिन फुटबल मैदानमा महिला साग फुटबल प्रतियोगिता शुरु हुने छ । महिला फुटबल बाहेक अन्य सात खेल पोखरामा खेलाईने छ । ‘मैदानलाई आवश्यक पर्ने घाँसको चपरीलाई ‘स्प्रीङरोल’ गरेर कलकत्ताबाट ल्याउँछौंं ।’ निर्माणाधिन कम्पनी भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल… पुरा पढौ

सन्दिप-सोमपाल भिडन्त हुँदै, को बलिया होलान् ?

क्यानाडामा भैरहेको ग्लोबल टि-२० प्रतियोगितामा सन्दिप लामिछानेको टोली टोरन्टो नेशनल्स प्लेअफमा प्रवेश गरेको छ। टोरन्टोले मोन्ट्रियल टाईगर्सलाई ३५ पराजित गर्दै आफ्नो स्थान पक्का बनाएको हो। सन्दिपको औषत प्रदर्शन जारी रहेको छ। उनले यो प्रतियोगितामा खासै उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन्। मोन्ट्रियल बिरुद्ध उनले तीन ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट लिएका थिए। टस हारेर पहिले ब्याटिङ गरेको टोरन्टोले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं