खेलकुद

डेभिजफल क्लबको फुटबल एकेडेमी सुरु

डेविडफल क्लब पोखरा १७ सञ्चालन गर्ने डेभिजफल फुटबल ट्रेनिड़ एकेडेमीको उद्घाटन भएको छ । टोल स्तरदेखि नै फुटबल खेलको विकास गर्ने उदेश्यका साथ सञ्चालित एकेडेमी पोखरा वडा नम्बर १७ का अध्यक्ष तिर्थराज अधिकारीले उद्घाटन गरे । उनले क्लबले गरेको कामको सराहनीय र प्रसंसायोग्य भएको बताए । उनले क्लबलाई आवश्यक सहयोग गर्न वडा र आफू तयार रहेको बताए । कार्यक्रममा एन्फा कास्कीका अध्यक्ष मिलन गुरूड़, छोरेपाटन माविका अध्यक्ष झपिन्द्रराज रेग्मी, गुप्तेशवर… पुरा पढौ

हिलपोईन्टलाई हिमाअज कप

एसटी क्रियशन म्यानेजमेन्ट र एपी इन्टरटेन्मेन्टद्वारा आयोजित प्रथम कलेज स्तरीय ‘हिमाअज कप २०१९’ फुटसल प्रतियोगिताको उपाधि हिलपोईन्ट बोर्डिङ स्कुलले जितेको छ । पोखराको भाटभटेनीस्थित स्काई स्पोर्टस्मा भएको फाईनल खेलमा पोखरा कलेज अफ म्यानेजमेन्टलाई १-० गोल अन्तरले पराजित गर्दै हिलपोईन्टले उपाधि जितेको हो । हिलपोईन्ट बोर्डिङ स्कुलले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० हजार प्राप्त ग¥यो भने उपबिजेता टिम पिसिएमले ट्रफी, मेडल तथा प्रमाणपत्रको साथमा नगद रु १० हजारमा… पुरा पढौ

नेपाललाई भारत र पाकिस्तानसँग खेल्ने मौका

एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले सन् २०२० को क्यालेन्डर सार्वजनिक गरेको छ। क्यालेन्डरअनुसार नेपालका लागि इमर्जिङ टिम्स कप र टी–२० एसिया कप खेल्ने अवसर छ। एसिसीका अनुसार मार्चमा थाइल्यान्डमा पुरुषको पूर्वी क्षेत्रीय टी–२० प्रतियोगिता हुनेछ। जहाँ नेपालसहित भुटान, चीन, म्यानमार, हङकङ, म्यानमार, सिंगापुर र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। यस्तै जुनमा नेपाली महिला क्रिकेट टिमले एसिया कप छनोट खेल्नेछ। छनोटमा पूर्वी र पश्चिम क्षेत्रबाट ४–४ टिम सहभ़ागी हुनेछन्। छनोटबाट २ टिम सेप्टेम्बर… पुरा पढौ

पेक बास्केटवल उपाधि पिएनलाई

प्रथम पोखरा इञ्जिनियरिङ कलेज अन्तर कलेज बास्केटवल प्रतियोगिता २०७६ को उपाधि पृथ्वीनारायण क्याम्पस बिबिएसले जितेको छ । प्रतियोगिता पोखरा इञ्जिनियरिङ कलेजस्थित स्वतन्त्र विद्यार्थी परिषदले पहिलो पटक आयोजना गरेको हो । प्रतियोगितामा पृथ्वीनारायण क्याम्पस बिबिएसले आयोजक पोखरा इञ्जिनियरिङ कलेजलाई ६५–४७ स्कोरले पराजित गर्दै उपाधिसहित ३० हजार नगद प्राप्त गर्यो । १५ कलेज सहभागी प्रतियोगिताको उपविजेता पोखरा इञ्जिनियरिङ कलेजले १५ हजार नगद, ट्रफी, मेडल प्रमाणसहित पुरस्कृत भयो । साउन २८ गतेबाट शुरु… पुरा पढौ

मेस्सी, रोनाल्डो र भानडिज्क उत्कृष्टको अन्तिम सूचीमा

युरोपियन फुटबल महासंघ (युईएफए) ले उत्कृष्ट बर्ष पुरुष खेलाडीमा अन्तिम तीन जनाको नाम सार्वजनिक गरेको छ । गत सिजन गरेको प्रर्दशनका आधारमा युईएफएले अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । अन्तिम तीनमा स्पेनिस महारथि बार्सिलोनाका स्टार लियोनल मेस्सी, इटालियन क्लब युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो र च्यापियन्स लिग विजेता इङ्लिस क्लब लिभरपुलका स्टार भर्जिल भानडिज्क परेका छन् । उत्कृष्टको होडबाट लिभरपुलका साडियो माने र मोहमद सलाह भने बाहिरिएका छन् ।… पुरा पढौ

क्रिकेट बलले लाग्दा अम्पायरको मृत्यु

क्रिकेट खेलको दौरान क्रिकेट बलले टाउकोमा लाग्दा भेट्रान क्रिकेट अम्पायरको मृत्यु भएको छ। विलियम्स वेल्सको हेन्डेल्टन क्रिकेट क्लबका सेक्रेटरी थिए र पेम्ब्रोकसायर काउन्टी डिभिजन-२ खेलमा अम्पायरको भूमिकामा थिए जुन क्रममा उनलाई बलले लागेको थियो। ८० वर्षको उमेरमा विलियम्सको निधन भएको हो। बलले लागेपछि उनलाई एअर एम्बुलेन्स मार्फत वेल्सको कार्डिफ हस्पिटलमा लगिएको थियो। उनलाई त्यहाँ कोमामा राखिएको थियो। अगस्ट १ मा उनलाई उक्त हस्पिटलबाट अर्को हस्पिटलमा सारिएको थिए जहाँ २ हफ्ता… पुरा पढौ

अफगानिस्तानमाथि नेपाल हावी, दुवै खेलमा विजयी

नेपाली राष्ट्रिय भलिबल टोली अफगानिस्तानविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि विजयी भएको छ । लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा बिहिबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा हरायो । यसअघि नेपालले बुधबार भएको खेलमा पनि ३–२ सेटकै जित निकालेको थियो । सुरुवाती दुई सेट लगातार गुमाएको नेपालले उत्कृष्ट पुनरागमन गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो सेट अफगानिस्तानले २५–२२ ले जित्यो । दोस्रो सेटमा पनि अफगानिस्तालले २५–१५ को जित निकाल्यो ।… पुरा पढौ

क्यारेवियन प्रिमियर लिग : सन्दिप लामिछानेको टिममा को–को छन् स्टार क्रिकेटर ?

नेपालका चर्चित लेग स्पिनर सन्दिप लामिछानेले यो संस्करणमा क्यारेवियन प्रिमियर लिग (सिपिएल) मा बर्बाडस् ट्राइडेन्ट्समा आवद्ध भएका छन् । यो सिजनमा सन्दिपलाई वर्वाडस्ले पाचौं राउण्डमा अनुवन्ध गरेको हो । उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर अर्थात ८० लाख नेपाली रुपैयाँ प्राप्त गर्नेछन् । यो सिजनमा वर्वाडस् टिममा सन्दिप लामिछानेसहित एलेक्स हेल्स, जेसन होल्डर, असिफ अली, वाहव रियाज, जोशन चाल्स, साई होप, एल्श्रे नर्स, इमाद वासिन, जोनाथर्न कार्टर,… पुरा पढौ

लिभरपुललाई सुपर कपको उपाधि

सुपर कप फुटबलको उपाधि लिभपुलले जितेको छ । बुधबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्द्व चेल्सीलाई टाइब्रेकरमा हराउँदै लिभरपुलले उपाधि जितेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । लिभरपुलका लागि दुवै गोल सादियो मानेले गरे । चेल्सीका लागि ओलिभर जिरु र जोर्दिन्होले गोल गरेका थिए ।  त्यसपछि भएको टाइब्रेकरमा लिभरपुल ५–४ गोल अन्तरले विजयी भएको हो ।  टाइब्रेकरमा लिभरपुलका गोलकिपर एड्रियनले टमी अब्राहमको पेनाल्टी रोकेपछि च्याम्पियन्स… पुरा पढौ

अफगानिस्तानविरुद्ध नेपालको रोमाञ्चक जित

अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण भलिबल खेलमा नेपालले रोमाञ्चक जित हात पारेको छ । लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा स्तब्ध बनाएको हो । भदौं २ गतेबाट सुरु हुने पाँचौं एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारीका लागि नेपाल भलिबल संघले मैत्रीपूर्ण खेल खेलाएको हो । पहिलो सेट २२–२५ गुमाएको नेपालले दोस्रो सेटपछि उत्कृष्ट पुनरागमन गर्यो । नेपालले दोस्रो र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं